माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

प्रकाशित मिति : पुस २९, २०८१ सोमबार

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

मगर संघ अमेरिकाको न्यूयोर्क च्याप्टरले आयोजना गरेको माघे सङ्क्रान्ति २०२५ कार्यक्रमले अमेरिकी भूमिमा नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको छ। “जहाँ रहे पनि, जहाँ बसे पनि नभुलौँ हाम्रो मातृभूमिलाई; जोगाइ राखौँ युगौँ-युग हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने उद्देश्यले आयोजित कार्यक्रममा अमेरिकामा रहेका मगर समुदायका सदस्यहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

कार्यक्रममा मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष याम पुन मगर प्रमुख अतिथिको रूपमा उपस्थित भई मगर समुदायको एकता र सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्वमा जोड दिनुभएको थियो। साथै, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, न्यूयोर्क राज्यका सांसद स्टेभन रागा, र न्यूयोर्क सिटी काउन्सिलकी सदस्य जूली वोन लगायतका विशिष्ट व्यक्तिहरूले पनि मगर समुदायको यस उल्लासपूर्ण पर्वमा शुभकामना व्यक्त गर्नुभएको थियो।

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। परम्परागत सोरठी, कौडा, सालैजो, यानीमाया, झ्याउरे, हुर्रा, र नेपाली मिक्स लोकगीतजस्ता विविध प्रस्तुतिहरूले मगर समुदायको धनी सांस्कृतिक विरासतलाई उजागर गरेका थिए। कार्यक्रममा सहभागीहरूले मौलिक पहिरनमा सजिएर आफ्नो संस्कृतिप्रतिको प्रेमलाई अभिव्यक्त गरेका थिए।

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

मगर संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि आफूहरुले कार्यक्रमको आयोजना गरेको मगर सघ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले बताउनुभयो ।  कार्यक्रमले अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय, विशेष गरी मगर समुदायको सामाजिक एकतालाई थप बलियो बनाएको बनाउनुका साथै  नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने एउटा महत्वपूर्ण अवसर पनि प्रदान गरेको  मगर संघ अमेरिकाका सचिव पूर्ण पाइजा मगरले बताउनुभयो ।

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

माघे सङ्क्रान्तिमा न्युयोर्कमा झल्कियो मगर संस्कृति, घन्कियो सोरठी र कौडा

सबै फोटो सौजन्य:  मगर संघ अमेरिकाको न्यूयोर्क च्याप्टर मार्फत अशोक पन्त

Source link

Leave a Comment