अमेरिकी विदेशमन्त्रीलाई भेटेर आइगीको परिवारले भन्यो : हत्याको छानबिन होस



प्रकाशित मिति : पुस २, २०८१ मंगलबार

इजरायली सैनिकद्वारा कब्जा गरिएको वेस्ट बैंकमा मारिएकी अमेरिकी-टर्की नागरिक आयशेनुर एज्गी आइगीको परिवारले घटनाको छानबिन गर्न माग गरेका छन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई भेटेर परिवारले छानबिनको माग गरेको हो ।

२६ वर्षीया आइगीलाई सेप्टेम्बर महिनामा प्यालेस्टिनी गाउँ बेटामा भएको प्रदर्शनमा सहभागी हुँदै गर्दा टाउकोमा गोली हानी मारिएको थियो ।

इजरायलले यो घटनालाई भुलबस र उछिट्टिएको गोलीबाट भएको भन्दै छानबिन भइरहेको बताएको छ । तर, परिवारले उपलब्ध प्रमाण र प्रत्यक्षदर्शीहरूको बयानले इजरायली दावीलाई खारेज गर्ने बताएको छ ।

वासिङ्टनमा मृतकका श्रीमान् हामिद अलीले विदेशमन्त्री ब्लिङ्केनसँगको भेटपछि न्याय पाउने आशा भने कमजोर रहेको बताए । ब्लिङ्केन इजरायलप्रति अत्यधिक झुकेजस्तो देखिए अलीले बताए ।

विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले ब्लिङ्केनले परिवारप्रति गहिरो समवेदना भने व्यक्त गरेको बताए ।

यो यस्तो मृत्यु हो, जुन कहिल्यै हुनु हुँदैनथ्यो, मिलरले भने । उनले परिवारलाई इजरायलले केही दिनभित्र आफ्नो छानबिन अन्तिम चरणमा रहेको जानकारी दिएको बताए ।

मिलरले भने, हामी इजरायल सरकारसँग जवाफ माग्नेछौं। उनले कुनै पनि आपराधिक छानबिनको निर्णय न्याय मन्त्रालयको क्षेत्राधिकारमा पर्नेछ ।

अमेरिकी विदेशमन्त्रीलाई भेटेर आइगीको परिवारले भन्यो : हत्याको छानबिन होस

ब्लिङ्केन र न्यायमन्त्री मेरिक गारल्याण्ड दुबै झण्डै एक महिनापछि डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको उद्घाटनपछि पदबाट राजीनामा दिनेछन् ।

आइगी मारिएको स्थान लामो समयदेखि इजरायली बस्तीहरूको विस्तारविरुद्ध साप्ताहिक प्रदर्शनको केन्द्र रहँदै आएको छ ।

सिएटलमा हुर्किएकी आइगीले प्यालेस्टिनी गाउँलेहरूलाई समर्थन गर्न र इजरायली सैनिकहरूको प्रतिक्रियालाई डकुमेन्ट बनाउन यात्रा गरेको परिवारले बताएको छ ।

आइगीको मृत्युपछि आईडीएफले आफ्नो फौजले हिंसात्मक गतिविधिको मुख्य उक्साउने व्यक्तिलाई लक्षित गरी गोली चलाएको र आफूलाई ढुंगा प्रहारबाट जोगाउन खोजेको दावी गरेको थियो ।

यस वर्ष अन्तर्राष्ट्रिय न्यायालयले प्यालेस्टिनी भूभागमा इजरायलको कब्जा गैरकानूनी भएको ठहर गरेको छ । तर, इजरायलले यो निष्कर्ष अस्वीकार गरेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School