मेरिल्याण्डमा कार दुर्घटनामा ज्यान गुमाउने नेपाली मूलकी १८ वर्षीया सुबी केसी, गोफण्डमीमा सहयोगको अपिल



प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

मेरिल्याण्डमा कार दुर्घटनामा ज्यान गुमाउने नेपाली मूलकी १८ वर्षीया सुबी केसी, गोफण्डमीमा सहयोगको अपिल

अमेरिकाको मेरिल्याण्डमा मंगलबार भएको कार दुर्घटनामा ज्यान गुमाउने टिनएजर नेपाली मूलकी १८ वर्षीया सुबी केसी रहेको पुष्टी भएको छ । प्रहरीले वाकर्सभिल नजिकैको एमडी २६ मा मंगलबार दिउँसो दुर्घटनामा एक महिलाको मृत्यु भएको बताएको थियो ।

दुर्घटना दिउँसो २ बजेर २५ मिनेटमा भएको थियो । एमडी २६ मा पश्चिमतर्फ जाँदै गरेको सुबीले चलाएको २०२४ टेस्ला मोडल वाईले अज्ञात कारणले केन्द्र रेखा पार गर्दा पिकअपलाई ठक्कर दिएपछि दुर्घटना भएको थियो । सुबीलाई दिउँसो ३ बजेपछि मृत घोषित गरिएको थियो।

बाल्टिमोर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययन गरेकी सुबीले अहिले हुड कलेज मेरील्याण्डमा प्रथम वर्षमा अध्ययन गर्दै थिइन् । भविश्यमा स्वास्थ्य सेवामा लाग्न चाहने लक्ष्य लिएकी उनको थ्यान्क्सगिभिङ छुट्टी पछि मंगलबार कलेज फर्कदै गर्दा भएको कार दुर्घटनामा मृत्यु भएको हो ।

मेरिल्याण्डमा कार दुर्घटनामा ज्यान गुमाउने नेपाली मूलकी १८ वर्षीया सुबी केसी, गोफण्डमीमा सहयोगको अपिल

छुट्टिनु अगाडि सुबीले आफ्ना आमाबाबुलाई अँगालो हालेर हिउँदको छुट्टीमा भेट्ने वाचा गरेकी थिइन् । तर त्यसको केहीबेरमा नै उनको असामयिक निधनपछि उनको परिवार अकल्पनीय शोकमा परेको छ ।

गहिरो दुःखको यस घडीमा मेरिल्याण्डका नेपाली गैर नाफामूलक संस्थाहरू सुबीको परिवारलाई सहयोग गर्न एकजुट भएका छन् । सुबीको अन्त्येष्टिका लागि सहायताका लागि गोफण्डमीमा अनुरोध गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

मेरिल्याण्डमा कार दुर्घटनामा ज्यान गुमाउने नेपाली मूलकी १८ वर्षीया सुबी केसी, गोफण्डमीमा सहयोगको अपिल

गोफण्डमीमा भनिएको छ – ‘स्वास्थ्य क्षेत्रमा करियर बनाउने सपना बोकेकी सुबीको निधनले परिवार र सिंगो नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। हामी यहाँहरुलाई सुबीको परिवारलाई सहयोग गर्न र यो कठिन समयमा ऐक्यबद्धता देखाउन आग्रह गर्दछौं। तपाईंको सानो सहयोगले पनि शोक सन्तप्त परिवारलाई ठूलो सहयोगको अनुभूति मिल्नेछ।’

काकज़ोरोस्की अन्त्येष्टि गृहमा डिसेम्बर ११ बुधबार विहान साढे ११ बजे अन्तिम श्रद्धाञ्जलीपछि एट्लान्टिक सिमेट्री सेन्टरमा अन्तिम संस्कार गरिनेछ ।

 





Source link

Leave a Comment