नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”



प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”

नेपाली अमेरिकन कलाकार संघले आगामी डिसेम्बर २८, २०२४ मा न्यूयोर्कमा “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। संघले एक पत्रकार भेटघाट मार्फत कार्यक्रमको उद्देश्य, तयारी र सहभागी कलाकारहरूको बारेमा जानकारी दिएको हो।

संघका वरिष्ठ उपाध्यक्ष विमल डाँगीका अनुसार यो कार्यक्रम नेपाली कला, संस्कृति र परम्पराको मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न तथा नेपाली कलाकारहरूको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा नेपाली कला, भाषा र भेषभूषाको माध्यमबाट प्रवासी नेपाली समुदायको पहिचान र प्रवर्द्धनलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्। सहभागी कलाकारहरूमा राजेशपायल राई, राजन ठुकुरी, सिर्जना बिरही थापा, नृत्य निर्देशक शंकर बीसी, शिव बीके, बाबु थापा, र नृत्य तथा मोडल कलाकारहरू पार्वती राई र रश्मी तामाङ लगायतको नाम समावेश छ। महासचिव संगिता थापाका अनुसार कार्यक्रममा लोक दोहोरी, आधुनिक गीत संगीत र विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ।

 

नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”

थापाले यो कार्यक्रम अघिल्लो वर्षको यस्तै कार्यक्रमको निरन्तरता भएको बताउँदै नेपालबाट चर्चित कलाकारहरू ल्याएर आयोजना गर्न लागिएको जानकारी दिइन्। कार्यक्रम बेलुका  ७:३० बजे देखि राति २ बजेसम्म सञ्चालन हुनेछ। टिकट शुल्क रेगुलर प्रवेशका लागि ५० डलर र विशिष्ट प्रवेशका लागि १००  डलर तोकिएको छ।

संघले क्रिसमस २०२४ तथा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागेको हो। अध्यक्ष बसन्ती राईले कार्यक्रममा साकेला, कौडा र सालैजो नृत्य प्रदर्शन प्रमुख आकर्षण हुने बताइन्। पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष बसन्ती राई, पूर्वअध्यक्ष निसा सुनार, महासचिव संगिता थापा लगायत विभिन्न कलाकार र पत्रकारहरूको उपस्थिति थियो।

नेपाली अमेरिकन कलाकार संघ अमेरिकामा रहेका नेपाली कलाकारहरूको साझा मञ्चका रूपमा क्रियाशील छ। संघले यस प्रकारका कार्यक्रमहरूद्वारा कला र संस्कृति संरक्षणमा योगदान गर्दै आएको छ।

नेपाली अमेरिकन कलाकार संघद्वारा डिसेम्बर २८ मा न्यूयोर्कमा “रमझम साँझ २०२४”





Source link

Leave a Comment