लोकतान्त्रिक समाजमा जनचेतनालाई अत्यन्त आवश्यक पूर्वाधारको रूपमा लिने गरिन्छ । लोकतन्त्रमा समाज पनि लोकतान्त्रिक हुनुपर्ने हुन्छ । समाजका हरेक तह र तप्काका जनताले आ–आफ्नो काम, कर्तव्य, अधिकारका विषयमा ज्ञान हुन आवश्यक ठानिन्छ । देशको संविधान, नीति, नियम, विधि, विधान न्यायालय, संवैधानिक अंगहरू तथा यिनीहरूको काम र कर्तव्यका ’boutमा समाज सुसूचित हुनुपर्छ । प्रजातान्त्रिक देशका मानिसहरूले देशको राजनीति, राजनीतिक सिद्धान्त, राजनीतिक दलहरू र यिनीहरूको योगदान तथा कार्यशैलीका ’boutमा जानकार हुन आवश्यक ठानिन्छ । यसका लागि नागरिक शिक्षाको विषयवस्तुको ज्ञान आवश्यक हुन्छ ।
नागरिक शिक्षाको विषयवस्तुले व्यक्ति तथा समाजको प्रजातान्त्रिक आचरण निर्माणमा महŒवपूर्ण भूमिका खेल्छ । नागरिक शिक्षा सामाजिकीकरण तथा लोककल्याणकारी व्यवहार निर्माणको स्रोत हो । सामूहिक भावनाको विकास एवं आप्mनो र अरूको हक, अधिकार र कर्तव्यबोध गराउन नागरिक शिक्षाको ज्ञान अनिवार्य सर्त हो । व्यक्ति एवं समाजमा सामूहिक निर्णय र नीतिअनुसार काम गर्ने क्षमता र आचरणको विकास गर्न नागरिक शिक्षाको अध्ययन आवश्यक ठानिन्छ । व्यक्तिगत स्वार्थलाइ सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने उदार भावनाको विकासमा पनि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।
अहिले नेपाली समाज राजनीतिक हल्लाको पछाडि दौडिएको देखिन्छ । राजनीतिक सिद्धान्त, विचार, क्षमता तथा दृष्टिकोणको मूल्यांकन गर्न नसक्दा राजनीतिमा जस्ता मानिसहरूको पनि प्रवेश भइरहेको छ । समाज समूहगत विभाजनमा खण्डित छ । राजनीतिक कित्तामा विभाजित छ । जनता मात्र होइन, राजनीतिक नेता तथा कार्यकर्ताहरूमा गुट, उपगुट चलाउने र आप्mनो स्वार्थ सिद्ध भएन भने पार्टी फुटाउनेसम्मको क्रम चली नै रहेको छ । मधेसवादी दलहरू हुन् कि एमाले, माओवादी, कांगे्रस वा राष्ट्रिय प्रजातन्त्र पार्टी यिनीहरूमा समूहगत गुटहरू छन् । यिनै गुटहरूका पछाडि केही जनताको झुन्ड पनि लागिरहेको छ । कार्यकर्ताहरूले नेताहरूको गणेश परिक्रमा गरेर पद र पैसाको खेलोमेलो गरिरहेको पाइन्छ ।
अहिले मुलुक संघीय गणतन्त्रात्मक राजनीतिक प्रणालीको अभ्यास अगाडि बढिरहेको छ । राज्यको पुनःसंरचनाअन्तर्गत संघीय, प्रान्तीय र स्थानीय तहका सरकारहरू छन् । देशमा एउटा केन्द्रीय सरकार, सातवटा प्रदेश सरकार तथा ७ सय ५३ वटा स्थानीय सरकार छन् । यी संरचरनाहरूको काम, कर्तव्य र अधिकारका ’boutमा समाज प्रशिक्षित हुन आवश्यक हुन्छ । यी सरकारहरूको संरचना, निर्वाचन प्रणाली, यिनीहरू आवश्यक वा अनावश्यक भन्ने’boutमा पनि जनता सुसूचित हुनुपर्छ । नागरिक शिक्षा उल्लिखित विषयवस्तुको ज्ञानको स्रोत हो । यसका साथै देशको संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र यी अंगहरूको बनोट, काम, कर्तव्य र जिम्मेवारीलगायत नागरिक शिक्षाको अध्ययन क्षेत्र हो । त्यसैले समाजमा नागरिक शिक्षाको महŒव आवश्यक ठानिन्छ ।
देशमा लोकतन्त्र त आयो तर नागरिक शिक्षाको ज्ञानबाट प्रशिक्षित नभएकाले राजनीतिक जनता दलहरूबाट पटकपटक ठगिएका छन् । नेपाली समाज नेताहरूको उक्साहटमा युद्घमा होमियो । युद्धको ठक्करबाट पनि समाजको चेतनामा सुधार नभएको राजनीतिशास्त्रीहरू ठहर छ । जनता सैद्धान्तिक ज्ञानबिना नै राजनीतिक नेताविशेषको पछाडि लागेको देखिन्छ । नेपाली समाजको एउटा हिस्सा आर्थिक लोभमा जस्तालाई पनि मतदान गर्ने गरेको देखिन्छ भने अर्को हिस्सा युवा समूहको नाममा राजनीतिक लहडमा फँसेको देखिन्छ । दलहरूले समाजमा सोसियल मेडियाको प्रभाव र आकर्षक स्टन्टबाजी गरेको अवस्था छ । समाजको यो चरित्र हुनुको पछाडि जनतामा राजनीतिक दृष्टिकोणको स्तर कमजोर रहनु हो । राजनीतिक शिक्षाको गहिरो अध्ययन नहुनाले नै स्वार्थको राजनीति गर्ने नेतागणहरूले जनतालाई आ–आप्mनो पोल्टामा पार्न सफल भएका हुन् । नागरिक शिक्षा राजनीतिक क्षेत्रको अध्ययनको क्षेत्र हो ।
देश विकासमा योगदान गर्ने कर्मशील शिक्षितहरू नागरिक उत्पादन गर्न जरुरी छ । नागरिक शिक्षाको ज्ञानबाट प्रशिक्षित नभएकाले जनता राजनीतिक दलहरूबाट पटकपटक ठगिएका छन्
हरेक दलहरूमा कार्यकर्ताहरू अन्धभक्त हुँदा सामाजिक न्याय र विधिको शासनमा अवरोध आइरहेको छ । दलका नेताहरू सत्तामा पुग्दा एउटा कुरा र सत्ताबाट बाहिर पुग्दा जनतालाई आकर्षक कुरा गर्न सिपालु देखिन्छन् । नेताका भाषणमा कार्यकर्ताले जे भने पनि ताली बजाएको सुनिन्छ, देखिन्छ । यसो हुनु भनेको कार्यकर्तामा या त दास मनोवृत्ति छ या त स्वार्थले काम गरेको छ । आप्mना दलका नेताहरू जतिसुकै अक्षम, भ्रष्ट, ठग वा दृष्टिविहीन भए तापनि समर्थन गर्ने र अझै बदमासी गर्न प्रेरित गर्ने कार्यकर्ता हुनाले राजनीति बिग्रएको हो । विधिको शासन हराएको हो । ठीक र बेठीक छुट्याउन नसक्ने कार्यकर्ता र नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित समाज नहुनाले राजनीति बिग्रिँदै आयो । भ्रष्टहरूको हालीमुहालीले देश बर्बादउन्मुख बन्यो । यसर्थ नेपाली समाजमा नागरिक शिक्षाको ज्ञान आवश्यक छ ।
नेपाली समाज विभिन्न कालखण्डहरूमा राजनीतिक दलहरूबाट निर्देशित भएर युद्धको मैदानमा होमिएको इतिहास छ । २००७ सालको क्रान्तिमा नेपाली समाजको साक्षरता जम्मा २ प्रतिशत मात्र थियो । २०३६ साल, ०४६ साल हुँदै ०६२÷०६३ को राजनीतिक परिवर्तनपछाडिको अवधिमा जनताले धेरैपटक निर्वाचनमा भाग लिएका छन् । राजनीतिक आस्थाका आधारमा घर, परिवार र समाजमा बरु विभक्त छन् तर राजनीतिक दलहरूप्रतिको मोह हटाउन सकेका छैनन् । जस्तासुकै नेता भए पनि मतदान गरेर सांसद बनाएको इतिहास साक्षी छ । यसो हुनु भनेको देशको प्रगति र उन्नतिमा अवरोध आउनु हो । पछिल्लो समयमा नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र देख्दा नेपाली समाजले भुस र चामल छुट्याउन नसकेको प्रस्ट हुन्छ ।
समाजमा नागरिक शिक्षाको अभाव भएकाले जस्तासुकै मान्छेलाई नेता मानेको स्थिति छ । भ्रष्ट तथा ठगहरूलाई बारम्बार भोट दिएर जिताउने र भ्रष्टहरूको पक्षमा नारा लगाउने राजनीतिक चेतना भएका कार्यकर्ता रहेसम्म देश अगाडि बढ्न सक्दैन । जनता राजनीतिक आस्थाको आधारमा सामूहिक भेला भए तापनि मुलुकमा हुने गरेको राजनीतिक विसंगति र बेथितिहरूमा एकजुट भएर राज्यलाई खबरदारी गर्न असफल छ । समूहगत झुन्डमा विभाजित हुने र मेरा गोरुका बाह्रैटक्काको शैलीमा अराजक गतिविधि गर्ने नेताहरूले देश बनाउन सक्दैनन् । गुण र दोषका आधारमा विचारको निर्माण गर्न नसक्ने समाज रहुन्जेल राजनीतिक भाँडभैलोको अन्त्य हुने देखिँदैन ।
नागरिक शिक्षाले राजनीतिक चेतनाका साथै व्यक्तिमा देशप्रतिको माया, भाषा, संस्कृति र सांस्कृतिक अभ्यासहरूमा गौरवको अनुभूति, देशको माया, सार्वभौमिकताको रक्षा, सामूहिक दायित्वबोध तथा देशभक्तिको विकास गर्न मलजल गर्छ । नागरिक शिक्षाको अध्ययनबिना व्यक्ति तथा समाज सुसूचित हुन सक्दैन । देशका संघसंस्थाहरू जनउत्तरदायी हुँदैनन् । राज्यका संयन्त्रहरू जनमैत्री हुन सक्दैनन् । समाज अनुशासित, सहिष्णु, लोकतान्त्रिक तथा कर्तव्यनिष्ठ बन्न सक्दैन । यस अर्थमा नागरिक शिक्षाको ज्ञान महत्वपूर्ण ठानिन्छ ।
हाम्रो देश लामो समयसम्म राजनीतिक खिचातानी, आपसी बेमेल, ओलोचनात्मक टीकाटिप्पणी तथा स्वार्थसिद्धिको अभ्यासमा भासिएको अवस्था छ । यस अबस्थाबाट देशलाई माथि उठाउन जरुरी छ । देशको आधार भनेको जनता हुन् । जनता सचेत तथा निःस्वार्थ नभएसम्म न सुसंस्कृत समाज निर्माण हुन्छ न त समाजमा लोककल्याणकारी अभ्यास हुन सक्छ । त्यसैले नागरिक शिक्षालाई विद्यालयतहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गरी शिक्षित पुस्तालाई नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित गर्नुपर्छ । यसैगरी, समग्र समाजलाई नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित गर्न हरेक स्थानीय तहहरूमा अभियानको रूपमा अनौपचारिक तालिमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ ।
देशको संरक्षण गर्ने, विकास गर्ने, फुलाउने, फलाउने तथा सभ्य र भव्य बनाउने जिम्मेवारी हरेक नेपालीको हो । देश निर्माण गर्ने काम सबैको देशवासीको साझा दायित्व हो । अहिले शिक्षित युवाहरू देशमा बस्न चाहँदैनन् । शैक्षिक बहाव तीव्र रूपमा बढिरहेको छ । पढेलेखेको जनशक्ति पलायन भएको छ । किन शिक्षित युवाहरूको मन देशभित्रभन्दा बढी देशबाहिर जाने योजनामा तल्लीन छ भन्ने कोणबाट राज्य तथा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । यसरी हेर्दा राज्यले अवलम्बन गरेको शिक्षाले देशलाई माया गर्ने शिक्षित जनशक्ति उत्पादन गर्न नसकेको ठहर्छ । यस कोणबाट हेर्दा शिक्षा प्रणालीमा नै नागरिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
अत्यमा, नागरिक शिक्षाले व्यक्तिलाई कर्तव्यनिष्ठ बनाउन प्रशिक्षित गर्छ । घरपरिवार, समाज र देशप्रतिको कर्तव्यबोध भएका शिक्षतहरू उत्पादन गर्न नागरिक शिक्षा प्राथमिकता दिनुपर्छ । समाजका विभिन्न तह, वर्ग र क्षमताका नागरिकहरूलाई आफ्नो काम तथा कर्तव्यबोध हुनु आजको अपरिहार्य सर्त हो । देश विकासमा योगदान गर्ने कर्मशील शिक्षितहरू उत्पादन गर्न जरुरी छ । नागरिक शिक्षाले समाजलाई राष्ट्रिय भावनामा बाँध्न भावनात्मक सम्बन्धको विकास गराउन मद्दत गर्छ । यसर्थ, नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित हुनु नेपाली समाजको अनिवार्य सर्त भएको छ ।
(Visited 11 times, 1 visits today)