मेयर एडम्सद्वारा आफूविरुद्धको मुद्दाको मिति अगाडि सार्न अदालतसमक्ष अनुरोध



प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

मेयर एडम्सद्वारा आफूविरुद्धको मुद्दाको मिति अगाडि सार्न अदालतसमक्ष अनुरोध

न्युयोर्क सिटीका मेयर एरिक आडम्सका वकिलहरूले सोमबार एक न्यायाधीशलाई आडम्सको संघीय भ्रष्टाचार मुद्दाको मिति अगाडि सार्न अनुरोध गरेका छन् । आडम्सले दोश्रो कार्यकालका लागि चुनावी अभियानमा पूर्णरूपमा सहभागी हुन सकून् भन्ने उद्देश्यले मुद्दाको मिति अगाडि सार्न अनुरोध गरिएको हो ।

एडम्सका वकिल एलेक्स स्पाइरोले अदालतलाई पहिले तय गरिएको अप्रिल २१ को सट्टा अप्रिल १ मा मुद्दा सुरु गर्न आग्रह गरेका हुन् । मिति पछाडि हुँदा आडम्स पुनःनिर्वाचन अभियानका महत्त्वपूर्ण क्षणहरूमा सहभागी हुन नसक्ने खतरा छ।

स्पाइरोले सोमबार म्यानह्याटन अदालतमा पत्र पठाएका थिए । आडम्सका वकिलहरूले यसअघि नै डेमोक्र्याटिक प्राइमरी चुनावको मतपत्र निश्चित हुनुअघि मुद्दा टुंग्याउन चाहेको बताएका थिए।

नोभेम्बर १ मा एडम्सको पछिल्लो अदालती सुनुवाइमा न्यायाधीश डेल होले द्रुत मुद्दाको चासोको कदर गरेका थिए । तापनि उनले आफू यथार्थवादी रहनुपर्ने बताएका थिए।

मेयर एडम्सद्वारा आफूविरुद्धको मुद्दाको मिति अगाडि सार्न अदालतसमक्ष अनुरोध
सेप्टेम्बरमा अदालतमा उपस्थित हुने क्रममा एरिक आडम्स । (फोटो टिमोथी ए. क्लेरी/एएफपी)

आडम्सका वकिलहरूले मुद्दामा लगाइएको एउटा संघीय घूस आरोप खारेज गर्न पनि प्रयास गरेका छन्। उनीहरूले संघीय अभियोजनकर्ताहरूले सञ्चार माध्यममा संवेदनशील जानकारी चुहाएको आरोप लगाएका छन् ।

मेयर आडम्समाथि वायर फ्रडको एक आरोप, षडयन्त्रको एक आरोप, विदेशी नागरिकबाट चन्दा मागेको दुई आरोप र घूसको एक आरोप लागेको छ।

अभियोजनकर्ताहरूले टर्कीका अधिकारीहरूबाट आडम्सले निःशुल्क तथा छुट मूल्यका हवाई टिकट र होटेलको व्यवस्था लगायतका विभिन्न फाइदाहरू पाएको आरोप लगाएका छन्, जसको मूल्य १ लाख डलरभन्दा बढी रहेको बताइएको छ।

अक्टोबरमा मारिस्ट कलेजद्वारा गरिएको सर्वेक्षणमा ६९ प्रतिशत न्युयोर्कवासीहरूले आडमसले राजीनामा दिनुपर्ने बताएका छन् । जसमा ६५ प्रतिशतले आडम्सले गैरकानूनी काम गरेको ठानेका थिए। अदालतले एडम्सको मुद्दा मिति पुनःनिर्धारणको अनुरोधमा अझै कुनै निर्णय दिएको छैन।

मेयर एडम्सद्वारा आफूविरुद्धको मुद्दाको मिति अगाडि सार्न अदालतसमक्ष अनुरोध





Source link

Leave a Comment