अमेरिकी विदेश मन्त्रालयले १ महिनापछि सच्यायो डिभी लोटरीबारेको सूचनाको त्रुटी

अमेरिकी विदेश मन्त्रालयले १ महिनापछि सच्यायो डिभी लोटरीबारेको सूचनाको त्रुटी



प्रकाशित मिति : कार्तिक १५, २०८१ बिहीबार

अमेरिकी विदेश मन्त्रालयले १ महिनापछि सच्यायो डिभी लोटरीबारेको सूचनाको त्रुटी

अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष २०२६ का लागि डाइभर्सिटी भिसा कार्यक्रमको संघीय रजिष्टरमा प्रकाशित सूचनामा त्रुटि सच्याउँदै नयाँ सूचना जारी गरेको छ। सुरुमा संघीय रजिष्टरको सार्वजनिक सूचना १२५५८ मा डीभी २०२६ भर्ने अवधि उल्लेख भएको मितिमा त्रुटि भएको थियो, उक्त त्रुटी सच्याउँदै यो नयाँ सूचना जारी गरिएको हो।

डिभी लोटरी २०२६ का लागि सही आवेदन अवधि अक्टोबर २, २०२४, मध्यान्ह १२ बजेदेखि नोभेम्बर ७, २०२४, मध्यान्ह १२ बजेसम्म रहेपनि यो मितिबारे संघीय रजिष्टरमा प्रकाशित सुचनामा त्रुटी गरिएको थियो । विदेश मन्त्रालय श्रोतले खसोखाससँग ष्ी त्रुटिहरूलाई स्वीकार्दै संघीय रजिष्टरको सूचनामा भएका त्रुटिहरूबारे सचेत भएको र यसलाई सच्याउन काम गरिरहेको बताएको थियो । तर, यो गल्ती सच्याउन मन्त्रालयलाई लगभग एक महिना लाग्यो।

अक्टोबर १ मा अमेरिकी विदेश मन्त्रालयले डीभी २०२६ का लागि संघीय रजिष्टरमा विस्तृत सूचना प्रकाशित गरेको थियो। तर, रजिष्ट्रेसन अवधिमा भएको गम्भीर त्रुटिले भ्रम उत्पन्न गराएको थियो । डीभी २०२६ का लागि सही रजिष्ट्रेसन अवधि बुधबार, अक्टोबर २, २०२४ देखि मङ्गलबार, नोभेम्बर ५, २०२४ सम्म भएता पनि सूचनामा गल्तीवश अक्टोबर ४, २०२३ देखि नोभेम्बर ७, २०२३ सम्मको मिति उल्लेख गरिएको थियो, जुन सम्भवतः अघिल्लो वर्षको विवरणबाट गल्तीले कपी गरिएको हो।

डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला ।

डिभी २०२६ का विजेताहरुले सन् २०२६  को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

अमेरिकी विदेश मन्त्रालयले १ महिनापछि सच्यायो डिभी लोटरीबारेको सूचनाको त्रुटी

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

अमेरिकी विदेश मन्त्रालयले १ महिनापछि सच्यायो डिभी लोटरीबारेको सूचनाको त्रुटी

डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ ।  कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School