समाजका एजेन्डा : विदेश र बिहे

समाजका एजेन्डा : विदेश र बिहे


भनिन्छ- पर्खाइ अनिश्चितताले भरिएको हुन्छ। तर मीना निश्चितताका साथ निरजलाई कुरिरहेकी छे। सात वर्षदेखि निरजसँग प्रेम सम्बन्धमा रहेकी मिनाले उसको भविष्यको वाचामा विश्वास गरेर आफ्नो वर्तमानलाई बिर्सिदिएकी छ। बिहे गरेर सँगै अस्ट्रेलिया जाने भनेर उसले आफ्नो पढाइलाई बीचमै छाडेर जागिरको समेत प्रयास गरेकी छैन। तर पर्खाइको परिणाम अपेक्षा अनुरूप हुन सकेन। निरजले उनलाई धोका दिएर अर्कै युवतीसँग विवाह गर्ने निर्णय गरिदिन्छ। यो घटनाले मीनाको जीवनमा ठूलो भूकम्प ल्याउँछ।

फिल्म “बेहुली फ्रम मेघौली” को कथा हो यो। मीना न्यौपाने नाम गरेकी तीस वर्षीय युवतीलाई यो आघातले नयाँ दृष्टिकोण दिन्छ कि दिंदैन ? के यो धोकाले उनलाई आफ्नो गल्तीहरू बुझ्न र जीवनमा नयाँ दिशा लिन प्रेरित गर्छ ? के उनी स्वतन्त्र जीवन बिताउन तयार हुन्छिन् ? वा के उनी यो आघातबाट उठ्न सक्छिन् ?

फिल्मको कथा यिनै प्रश्नहरूको वरिपरि घुम्दै अघि बढ्छ, जसले मीनाको भावनात्मक यात्रा र उनको व्यक्तिगत उतारचढावलाई देखाउँछ। यो कथाले प्रेम, विश्वासघात र आत्म खोजको यात्रालाई प्रस्तुत गर्दछ।

फिल्मले नेपाली समाजमा विवाहको उमेर र दबाबको विषयलाई उठाएको छ। नेपाली समाजमा विवाह दुई व्यक्तिको मात्र नभई, दुई परिवार र समुदायको मिलनको रूपमा हेरिन्छ। त्यसैले, विवाहको निर्णयमा परिवार, नातेदार र समाजको समेत भूमिका महत्त्वपूर्ण हुन्छ। यस्तो परिवेशमा व्यक्तिगत छनोट र स्वतन्त्रता ओझेलमा पर्न सक्छ। त्यसैमाथि समाजले महिलाहरूका लागि विवाहको ‘उपयुक्त उमेर’ को अवधारणा बनाएको छ। २५ वर्ष नाघेपछि सुरु हुने दबाबले ३० नजिक पुग्दा तीव्र रूप लिन्छ। समाजले तोकेको ‘सही समय’ भित्र विवाह नगर्दा व्यक्ति र उसको परिवारले विभिन्न किसिमका चुनौती सामना गर्नुपर्छ।

फिल्ममा मीनाको भूमिकामा स्वस्तिमा खड्काको अभिनय प्रशंसायोग्य छ। इशिताको भूमिकामा रक्षा थापाले मिहिनेत गरेको देखिन्छ। त्यस्तै बुवाको भूमिकामा लोकेन्द्र लेखकले अब्बल काम गरेका छन्।

फिल्ममा मीनाका बुवा त्यही अवस्थामा छन्। समाजको दबाब र लोकलाजबाट बच्न उनी सास मात्रै फेरिरहेको केटो पाए पनि छोरीको बिहे गर्न तयार छन्। त्यसका लागि घरी उनी जोडी मिलाइदिने एजेन्सी पुग्छन् त घरी डिभोर्स भइसकेको अधबैंसे केटासँग बिहे गराउन राजी हुन्छन्। उनको लागि जोडीको मिलन र सम्बन्धको गुणस्तरभन्दा केवल विवाह गर्नु नै महत्त्वपूर्ण हुन्छ।

फिल्मले नेपाली समाजमा छोरीको विवाह नहुनुलाई परिवारको सामाजिक प्रतिष्ठामा आँच आउने विषयको रूपमा लिइन्छ भन्ने कुरा स्पष्ट देखाएको छ। साथै, अविवाहित छोरी घरमा बस्नु समाजले कसरी ‘बोझ’ वा ‘लाज’ को विषय ठान्छ भन्ने देखाउन खोजेको छ।

सुमित्राको पात्रबाट फिल्मले विवाह सम्बन्धी पितृसत्तात्मक सोचलाई पनि उजागर गरेको छ। उनी भर्खरै डिभोर्स गरेर माइतीमा बस्दै आएकी छिन् तर बुवाआमालाई उनको निर्णय मन परेको छैन। उनीहरू हरेक दिन डिभोर्सको कुरा गरेर छोरीलाई आफ्नो घरबाट निस्किन भन्छन्। पितृ सत्तामा विवाहित महिलाको स्थान पतिको घरमा हुनुपर्छ भन्ने मान्यता छ। विवाह जीवनभरको बन्धन हो भन्ने परम्परागत सोच छ। डिभोर्सलाई समाजमा असफलता र कलङ्कको रूपमा हेरिन्छ। बा–आमा यस कलङ्कबाट जोगिन खोज्छन्। डिभोर्स भएकी छोरीलाई घरमा राख्न हिच्किचाउँछन्। फिल्ममा सुमित्राले डिभोर्सपछि बाआमासँग स्पष्ट कुरा गरेर आफ्नो करिअर निरन्तर लैजानु र एक्लै सङ्घर्ष गर्नुले महिलाहरूको सक्षमता/सबलतालाई स्पष्ट पार्छ।

एकातिर भ्रष्ट सहकर्मीहरूको दबाब छ भने अर्कोतिर आफ्नो सिद्धान्त र मूल्यमान्यता। छक्कापञ्जा ले एक इमानदार कर्मचारीले भोग्नुपर्ने आर्थिक अभाव र सामाजिक तिरस्कारलाई बलियो ढङ्गले प्रस्तुत गरेको छ।

फिल्मको अन्त्यले पनि सकारात्मक सन्देश दिन्छ। मीनाले समाजको दबाबलाई त्याग्छिन् र उनका बुवाले पनि छोरीको विवाहको उमेर नपुगेको भन्दै बिहे गर्ने निर्णय छोरीलाई नै सुम्पिन्छन्। यसरी फिल्मले विवाह व्यक्तिको निजी निर्णय हो भन्ने सन्देश दिन खोजेको छ।

फिल्मको कथा र पात्र चित्रणमा भने केही महत्त्वपूर्ण प्रश्नहरू उठ्छन्। मीना र निरजको सम्बन्धलाई हेर्दा, दर्शकहरूलाई यो जोडीको विवाह हुने कुरामा पूर्ण विश्वास दिलाइन्छ। मीनाको निरजका परिवारसँगको सहजता र नजिकताले यो कुरालाई झनै बलियो बनाउँछ। सायद यो रणनीति दर्शकलाई भावनात्मक रूपमा कथासँग आकर्षित गर्ने प्रयास मात्र थियो होला। तर, कथा अगाडि बढ्दै जाँदा, यसको गहिराइ र पात्रहरूको जटिलता बारे प्रश्नहरू उठ्छन्। मीनाको व्यवहार र निर्णयहरू कतिपय दर्शकलाई अपरिपक्व र अविश्वसनीय लाग्न सक्छन्। उदाहरणका लागि, निरजले मीनालाई छोड्ने तरिका र मीनाको लगातार उही व्यक्तिप्रतिको आकर्षण र निरन्तर अडान यथार्थपरक नलाग्न सक्छ। ३० वर्षीया मीनाको व्यवहार र निर्णयहरूले उनमा परिपक्वताको कमी देखाउँछ। आफूलाई धोका दिएको व्यक्तिले अर्कै केटीसँग बिहे गर्छु भनिसकेपछि पनि बारम्बार आफूलाई त्यही केटा चाहिने भन्दै उनीहरूको बिहे भड्काउन लागिपर्नुले उनमा आत्मसम्मान र स्वतन्त्रताको खोजीको अभाव खट्किन्छ।

फिल्ममा एउटा दृश्य छ – मीनाले इशिताको विगतको कुरालाई यसरी निरजको घरमा प्रस्तुत गरिदिन्छिन् कि मानौं उनमा संवेदनशीलता नै छैन। फिल्मले मीनालाई साहसी पात्रको रूपमा चित्रण गरे पनि, उनको व्यवहार र निर्णयहरूले यो दाबीलाई कमजोर बनाउँछ। पात्रहरूको निर्माण र सिकाइको यात्रा देखाउने अवसर कथाले गुमाएको छ। फिल्मले उठाएको विषयवस्तु गम्भीर भए पनि, यसको प्रस्तुति र पात्र चित्रणले त्यो गम्भीरतालाई पूर्ण न्याय दिनसकेको छैन।

फिल्ममा मीनाको भूमिकामा स्वस्तिमा खड्काको अभिनय प्रशंसायोग्य छ। इशिताको भूमिकामा रक्षा थापाले मिहिनेत गरेको देखिन्छ। त्यस्तै बुवाको भूमिकामा लोकेन्द्र लेखकले अब्बल काम गरेका छन्। आमाको भूमिकामा रहेकी सिरु विष्ट, मामाको भूमिकामा विजय बराल, बहिनीको भूमिकामा सिम्रन खड्का र सिद्धार्थको भूमिकामा शिशिर सिवाकोटीको काम पनि सुन्दर छ। चरित्र अनुसार निश्चल बस्नेतको काम पनि सन्तोषजनक नै छ।

स्क्रिन टाइम कम भए पनि रुजा राउत, बासना तिमल्सिना, भोलाराज सापकोटा र लुनिभा तुलाधरको कामले दर्शकले उनीहरूको पात्रलाई बिर्सिन सक्दैनन्।

दर्शकको राम्रो साथ र प्रतिक्रिया पाए पनि हलहरूले कम शो दिएको भन्दै कात्तिक १ गतेबाट सबै हलहरूमा फिल्म नलगाउने टिमले जनाएको छ। हलको विकल्प भन्दै टिमले ओटीटी रिलिज गर्ने निधो गरेको छ। फिल्म असोज १७ अर्थात् घटस्थापनाको दिनबाट हलहरूमा लागेको थियो।

छक्कापञ्जा-५ को अर्को सबैभन्दा बलियो पक्ष बाबु-छोराको भावनात्मक सम्बन्धको चित्रण हो। प्रकाश घिमिरेले निभाएको बुवाको भूमिका प्रशंसनीय छ।

दशैंको अवसर पारी थुप्रै फिल्म रिलिज हुने गरेका छन्। त्यसै मध्ये एक हो छक्कापञ्जाको सिरिज। यस पटक फूलपातीको दिन अन्य दुई फिल्मसँगै छक्कापञ्जा ५ पनि प्रदर्शनमा आएको थियो। बक्स अफिसमा राम्रो कलेक्सन गर्दै छक्कापञ्जा–५ ले नेपाली चलचित्र क्षेत्रमा फेरि एक पटक आफ्नो छाप छोडेको छ। यस पटक फिल्मले भ्रष्टाचार विरुद्धको सङ्घर्ष र इमानदारीको महत्त्वलाई मुख्य विषयवस्तु बनाएको छ।

फिल्म एक इमानदार सरकारी अधिकृत पृथ्वी (दीपकराज गिरी) को वरिपरि घुम्छ, जसले आफ्नो सिद्धान्तमा अडिग रहँदा समाज र परिवारबाट भोग्नुपर्ने सङ्घर्षको चित्रण गर्दछ। फिल्मले समाजमा पैसाको महत्त्व र त्यसले मानवीय सम्बन्धहरूमा पार्ने असरलाई प्रभावकारी ढङ्गले देखाएको छ। पृथ्वीका बुवा आफू पृथ्वीनारायण शाहको सन्तान भएको दाबी गर्छन्। यतिसम्म कि पृथ्वी जयन्तीमा जन्मिएकाले आफ्नो छोराको नाम पनि पृथ्वी नै राखेका हुन्छन्। यसै विरासतको गौरवले गर्दा पृथ्वीमा बाल्यकालदेखि नै राष्ट्रप्रेम र आदर्शवादी सोच विकसित हुन्छ।

यस्तो संस्कार पाएका पृथ्वी पढाइमा राम्रो गर्दै सरकारी अधिकृत बन्छन्। तर उनको इमानदारिता र कर्तव्यनिष्ठता वर्तमान भ्रष्ट प्रणालीसँग ठोक्किन पुग्छ। घूस लिनु र दिनुलाई अपराध मान्ने उनले आफ्नै यस दृष्टिकोणका कारण कठिनाइ भोग्छन्। उनको इमानदारिताले उनलाई निकै चुनौतीपूर्ण परिस्थितिमा पुर्‍याउँछ। एकातिर भ्रष्ट सहकर्मीहरूको दबाब छ भने अर्कोतिर आफ्नो सिद्धान्त र मूल्यमान्यता। फिल्मले एक इमानदार कर्मचारीले भोग्नुपर्ने आर्थिक अभाव र सामाजिक तिरस्कारलाई बलियो ढङ्गले प्रस्तुत गरेको छ।

कथा अगाडि बढ्दै जाँदा विवाह एजेन्सीका सञ्चालक (केदार घिमिरे) को मध्यस्थतामा उनको विवाह रोशनी (वर्षा सिवाकोटी) सँग हुन्छ। रोशनी रेडियोमा कार्यक्रम सञ्चालन गर्ने आरजे हुन्छिन् जसको विदेश बसाइँको सपना छ, यता पृथ्वी देशभक्तिले ओतप्रोत सरकारी कर्मचारी। यी दुई विपरीत स्वभावका पात्र बीचको वैचारिक द्वन्द्वले कथामा जटिलता ल्याएको छ। घुस नखाँदा र जथाभावी सरकारी फाइलहरू पास नगरी दिंदा पृथ्वीको सरुवा भइरहन्छ। उनको रोशनीसँगको सम्बन्ध पनि यिनै कारणले बिग्रिन थाल्छ। सम्बन्धका यिनै धागाहरू बीच फिल्मको कथा बढेको छ।

फिल्मको अर्को सबैभन्दा बलियो पक्ष बाबु-छोराको भावनात्मक सम्बन्धको चित्रण हो। प्रकाश घिमिरेले निभाएको बुवाको भूमिका प्रशंसनीय छ। फिल्मले एक व्यक्तिले मात्र सिस्टम परिवर्तन गर्न सक्दैन भन्ने प्रस्ट पर्दै, सामूहिक प्रयासको आवश्यकतामाथि जोड दिएको छ। यसले गम्भीर सामाजिक मुद्दालाई हास्य-व्यंग्यको माध्यमबाट प्रस्तुत गर्दै, दर्शकलाई मनोरञ्जन दिनुका साथै सोच्न बाध्य पार्छ।

कथामा महिला पात्रको चरित्र निर्माण भने फितलो छ। रोशनीलाई एकातिर आत्मनिर्भर, निर्धक्क आफ्नो कुरा राख्न सक्ने परिपक्व देखाइएको छ भने अर्कोतिर आवेगमा आउने, जिद्दी र महत्त्वाकाङ्क्षी पनि। त्यस्तै फिल्मका गीतहरू मनोरञ्जक भए पनि सामाजिक जिम्मेवारीको दृष्टिकोणले कमजोर छन्। ‘बिहे भाको छैन’ गीतको एउटा लाइन “धन सम्पत्ति नभइकन राम्री केटी पाइँदैन” ले सम्बन्ध र सामाजिक मूल्यहरूको बारेमा रूढीवादी धारणालाई बढावा दिन्छ।

अघिल्ला सिरिज हेरी यो पटक दीपकराज गिरीले आफ्नो अभिनय सुधारेका छन्। केदार घिमिरेको स्क्रिन टाइम अन्य शृङ्खलाहरूमा कम भए पनि आफ्नो दृश्यमा उनले दर्शकलाई मनोरञ्जन दिन सफल भएका छन्। वर्षा सिवाकोटी र राजाराम पौडेलको अभिनयमा पनि मिहिनेत देख्न सकिन्छ। यो शृङ्खलासम्म आइपुग्दा दीपाश्री निरौलाले निर्देशकको रूपमा सुधार गरेको कुरामा दुईमत छैन।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School