ह्यारिसको पकड राज्यमा ट्रम्पको र्याली , ह्यारिसले अमेरिकालाई नष्ट पार्न खोजीरहेको आरोप

ह्यारिसको पकड राज्यमा ट्रम्पको र्याली , ह्यारिसले अमेरिकालाई नष्ट पार्न खोजीरहेको आरोप



प्रकाशित मिति : आश्विन २६, २०८१ शनिबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रयाट्सहरुको बलियो प्रभाव रहेको क्यालिफोर्नियामा र्याली गर्नुभएको छ ।

यो र्याली संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावको प्रतिस्पर्धात्मक दौडको अन्तिम चरणमा गरिएको एक अनौठो अभियानको कदम भनिएको छ ।

नोभेम्वर ५ मा हुने चुनाव आउन २२ दिन मात्र बाँकी रहेको बेला शनिबार राति कोआचेला भ्याली नजिकै र्याली आयोजना गरिएको हो । जुन स्थान वार्षिक संगीत महोत्सवका लागि प्रख्यात छ ।

अत्यन्त प्रतिस्पर्धात्मक हुने पेन्सिलभेनिया, जर्जिया, मिशिगन, विस्कन्सिन, एरिजोना र नेभाडा जस्ता राज्यहरूमा र्याली आयोजना गर्नुपर्नेमा ट्रम्पले क्यालिफोर्नियामा गर्नुभएकाले त्यसलाई धेरैले अनौठो मानेका छन ।

क्यालिफोर्नियामा उपराष्ट्रपति कमला ह्यारिसको जीत लगभग निश्चित छ । ह्यारिस यस राज्यमा जन्मेकी र हुर्केकी उम्मेदवार हुनुहुन्छ । उहाँले क्यालिफोर्नियाको महान्यायाधिवक्ता र सान फ्रान्सिस्कोको जिल्ला अधिवक्ताको रूपमा समेत सेवा गर्नुभएको छ । त्यहाँ उहाँ धेरै लोकप्रिय पनि हुनुहुन्छ ।

२०२० को राष्ट्रपतीय चुनावमा ट्रम्प क्यालिफोर्नियामा जो बाइडेनसँग झण्डै ३० प्रतिशतले पराजित हुनु भएको थियो ।

र्यालीमा बोल्दै ट्रम्पले भन्नुभयो र्याडिकल वामपन्थी डेमोक्र्याटहरूले यो राज्य नष्ट गरेका छन् । तर हामी यसलाई बचाउने छौं र यो पहिले भन्दा राम्रो बनाउनेछौं ।
उहाँले ह्यारिसलाई संकेत गर्दै भन्नुभयो यहाँ एउटा खराब व्यक्तिले नेतृत्व गरेको थियो, त्यो कमला हो , र अब उनी हाम्रो देशलाई नष्ट गर्न चाहन्छिन् भनेर आरोप समेत ट्रम्पले लगाउनु भयो ।

क्यालिफोर्नियामा किन भ्रमण ?

ह्यारिसको पकड राज्यमा ट्रम्पको र्याली , ह्यारिसले अमेरिकालाई नष्ट पार्न खोजीरहेको आरोप

यो भ्रमणलाई व्यापक रूपमा रिपब्लिकन समर्थनलाई बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ । यो विशेष गरी क्यालिफोर्नियामा प्रतिनिधि सभाका लागि भएको छ वटा प्रमुख प्रतिस्पर्धात्मक निर्वाचनहरूको लागि आवश्यक छ ।

अमेरिकी कांग्रेसका दुबै सदन (प्रतिनिधि सभा र सिनेट) को नियन्त्रण यस चुनावमा निर्णायक हुनेछ । क्यालिफोर्नियाका केही निर्वाचन क्षेत्रहरू रिपब्लिकन र डेमोक्र्याटहरूबीच कडा प्रतिस्पर्धामा छन् ।

यी छ प्रतिस्पर्धात्मक हाउस सीटहरूको जितले रिपब्लिकनहरूलाई तल्लो सदनमा आफ्नो नियन्त्रण कायम राख्न मद्दत गर्न सक्छ । ट्रम्पको क्यालिफोर्निया यात्रा यस राज्यका थुप्रै ट्रम्प समर्थकहरूलाई एकत्रित गर्नको लागि गरिएको ठानिएको छ ।

चुनावको अन्तिम दौड

क्यालिफोर्नियाको भ्रमणपछि ट्रम्पले नेभाडामा शनिबार र एरिजोनामा आइतबार र्याली गर्नुभएको छ । यी राज्यहरू राष्ट्रपतीय चुनावको अन्तिम हप्ता सामान्यतया धेरै महत्त्वपूर्ण मानिएका छन् ।

नेभाडामा, ट्रम्पले ल्याटिनो मतदाताहरूसँग छलफल गर्नुभएको छ । किनकि ल्याटिनो पुरुषहरू डेमोक्र्याटबाट टाढा हँदै गएको संकेत देखिएको छ ।

कमला ह्यारिसले भने हालै ह्युरिकेन हेलिनबाट प्रभावित उत्तरी क्यारोलिनामा भ्रमण गर्नुभएको छ । उहाँले त्यहाँ आप्रवासी अर्थतन्त्रको योजना प्रवर्द्धन गर्नुभएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School