रुसले भन्यो : उत्तर कोरियाका सैनिकहरु युक्रेनबिरुद्ध लडिरहेका छैनन्

रुसले भन्यो : उत्तर कोरियाका सैनिकहरु युक्रेनबिरुद्ध लडिरहेका छैनन्



प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

उत्तर कोरियाली सैनिकहरू युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने दक्षिण कोरियाको दाबीलाई रुसले अस्वीकार गरेको छ ।

यो अर्को झुटो समाचार जस्तो लाग्छ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी गर्नुभयो ।

युक्रेनको किएभ पोस्टले गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै डोनेट्स्क नजिकैको रुसी कब्जामा रहेको क्षेत्रमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा ६ जना उत्तर कोरियाली सैन्य अधिकारी मारिएको बताएको थियो ।

दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले सांसदहरूलाई उक्त रिपोर्ट सम्भवतः सही भएको बताउनुभयो ।

रुस र उत्तर कोरियाबीच सैन्य गठबन्धन जस्तै पारस्परिक सम्झौताहरूका कारण नियमित सेना तैनाथ गर्ने विषय अत्यन्त सम्भावनायुक्त रहेको दक्षिण कोरियाको भनाई छ ।

डोनेट्स्क क्षेत्रको युद्ध क्षेत्रमा उत्तर कोरियाका ‘थोरै सङ्ख्यामा युद्ध इन्जिनियरहरू’ रहेको युक्रेनको दुष्प्रचारविरोधी केन्द्रका प्रमुख लेफ्टिनेन्ट आन्द्रिय कोभालेन्कोले शनिबार टेलिग्राममा लेख्नुभएको थियो ।

उहाँले तिनीहरूले प्योङयाङको गोलाबारुदको प्रयोगको अनुगमन गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार रुस बढ्दो रूपमा उत्तर कोरियाली गोलबारुदमा निर्भर छ । तर ती गोलाबारुद उत्तर कोरियाली क्षेप्यास्त्रहरूभन्दा ‘निम्न गुणस्तर’ का छन् ।

रुसले भन्यो : उत्तर कोरियाका सैनिकहरु युक्रेनबिरुद्ध लडिरहेका छैनन्

उत्तर कोरियाली क्षेप्यास्त्रहरू युक्रेनमा रुसी सेनाद्वारा तैनाथ गरिएको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् । मस्को र प्योङयाङ दुवैले उक्त दाबीलाई अस्वीकार गरेका छन् ।

प्योङयाङले युक्रेनमा प्रयोग गर्न रुसलाई हजारौँ कन्टेनर हतियार पठाएको दक्षिण कोरियाले पनि दाबी गरेको छ ।

आणविक सशस्त्र उत्तर कोरियाले हालैका वर्षहरूमा सार्वजनिक रूपमा मस्कोसँग सैन्य सम्बन्ध सुदृढ बनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्नुहुँदा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School