न्युयोर्क सिटीका मेयर आडम्सविरुद्ध आपराधिक अभियोग, राजिनामा दिन चौतर्फी दवाव

न्युयोर्क सिटीका मेयर आडम्सविरुद्ध आपराधिक अभियोग, राजिनामा दिन चौतर्फी दवाव



प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

न्युयोर्क सिटीका मेयर आडम्सविरुद्ध आपराधिक अभियोग, राजिनामा दिन चौतर्फी दवाव

न्युयोर्क सिटीका मेयर एरिक आडम्सविरुद्ध न्युयोर्कमा आपराधिक अभियोग लगाइएको छ । योसँगै उनी आपराधिक अभियोगको सामना गर्ने न्युयोर्क सिटीका पहिलो मेयर भएका छन् । मेयर आडम्सले आफूमाथिका अभियोगविरुद्ध लड्ने बताएका छन् ।

अभियोगपत्र अहिलेसम्म पनि बन्द राखिएको छ भने उनले कस्तो अभियोगहरुको सामना गर्ने सार्वजनिक गरिएको छैन । साथै उनले कहिले अधिकारीहरू समक्ष आत्मसमर्पण गर्नेछन् भन्नेबारे पनि केही बताइएको छैन । संघीय अभियोजकहरूले बिहीबार अभियोगको विवरण घोषणा गर्ने अपेक्षा गरिएको छ।

मेयर आडम्सले आफू निर्दोष रहेको दावी गरेका छन् । अभियोग संघीय एजेन्टहरूले मेयर आडम्सका मुख्य चुनावी दाताका घरमा खानतलासी गरेको र म्यानहट्टनमा सार्वजनिक कार्यक्रम पछि मेयरको इलेक्ट्रोनिक उपकरणहरू जफत गरेको एक वर्ष भन्दा कम समयमा आएको हो ।

मेयर र उनका सहयोगीहरूले आफूले अधिकारीहरूसँग समन्वय गरिरहेको बताएका छन् । एरिक आडम्स सन् २०२१ मा न्युयोर्कका ११० मेयर निर्वाचित भएका थिए । उनी राष्ट्रको सबैभन्दा ठूलो शहर न्युयोर्कको नेतृत्व गर्ने दोस्रो अश्वेत व्यक्तिको रूपमा निर्वाचित भएका थिए ।

मेयर आडम्सको भित्री सर्कल संघीय अनुसन्धानले घेरिएको छ । उक्त अनुसन्धानले। सिटीका उच्च पदस्थहरूलाई लक्षित गरेको छ। यस महिनाको सुरुमा संघीय एजेन्टहरूले आडम्सका शीर्ष सहयोगी, स्कूलका चान्सलर र प्रहरी आयुक्तलगायत धेरै शीर्ष अधिकारीहरूबाट फोनहरू जफत गरेका थिए । स्कूलका चान्सलर र प्रहरी आयुक्तले पछि राजीनामा दिएका थिए ।

अभियोगले आडम्सको मेयरको रूपमा सेवा गर्ने क्षमताको बारेमा तत्काल प्रश्नहरू खडा गरेको छ भने उनलाई पद छोड्नको लागि बढ्दो दबाब थपिएको छ । उनलाई पदबाट हटाउने अधिकार गभर्नर क्याथी होकुलसँग छ।

धेरै संघीय भ्रष्टाचार अनुसन्धानहरू आडम्स वरपरका शीर्ष व्यक्तिहरूसमक्ष पुगेको छन् । उनको प्रशासनमा केही उच्च पदाधिकारीहरू छानबिनको दायरामा आएका छन्। सघीय अनुसन्धान र अभियोगका कारण अर्को वर्ष उनको पुन निर्वाचित हुने सम्भावना र अन्य राजनीतिक नेताहरूसँग संलग्न हुने क्षमतामा शंका उत्पन्न गरेको छ ।

मेयरको लागि चुनावी दौडमा रहेका ब्रुकलिनका राज्य सिनेटर जेलनोर मायरीले एडम्सलाई राजीनामा दिन आह्वान गरेका छन् ।  मेयरका लागि चुनावी दौडमा रहेका पूर्व कम्पट्रोलर स्कट एम स्ट्रिङरले पनि एरिक आडसम्लाई राजीनामा दिन आह्वान गरेका छन् । त्यस्तै न्युयोर्क राज्यका सिनेटर जोन लिउ आडम्सलाई तुरुन्तै राजीनामा दिन आग्रह गरेका छन् ।

न्युयोर्क सिटीका मेयर आडम्सविरुद्ध आपराधिक अभियोग, राजिनामा दिन चौतर्फी दवाव

मेयर एरिक एडम्सले हालैका दिनहरूमा आफूले राजीनामा नगर्ने कुरामा जोड दिएका छन्। यदि उनले आफ्नो मन परिवर्तन गरेमा पब्लिक एड्भोकेट जुमाने विलियम्स कार्यवाहक मेयर बन्नेछन् र विशेष चुनावको लागि मिति तय गर्नेछन्।

विलियम्स ब्रुकलिनका एक प्रगतिशील डेमोक्र्याट हुन् । उनले २०१९ मा विशेष चुनाव जितेर पब्लिक एड्भोकेटका रूपमा सेवा गरेका छन्। उनी सन् २०२१ मा पूर्ण कार्यकालका लागि पुन निर्वाचित भएका थिए भने अर्को वर्ष गभर्नरको लागि उम्मेदबारी दिएपनि असफल भएका थिए ।

विलियम्स मेयर आडम्सका कडा आलोचक समेत भएका छन् । उनले मेयरको नीतिविरुद्ध आक्रमण गर्दै र शहरको जेलमा एकान्त कारावास अन्त्य गर्न दबाब दिएका थिए । विलियम्सले पनि संघीय अनुसन्धानको बीचमा मेयर आडम्सको शासन गर्ने क्षमतामा पनि शंका व्यक्त गरेका छन्।

मेयर बनेको तीन दिन भित्र विलियम्सले नयाँ मेयर छनोट गर्न विशेष चुनावको लागि मिति घोषणा गर्नुपर्नेछ । जसअनुशार ९० दिनभित्र निर्वाचन हुनसक्छ । सिटीको नयाँ र्यांक च्वाइस मतदान प्रणाली प्रयोग गरेर नै चुनाव गरिनेछ ।

यसअघि कुनै पनि पब्लिक एड्भोकेट कार्यवाहक मेयर बनेका छैनन् । केवल दुई मेयरले सन् १९५० र १९३२ मा राजीनामा दिएका थिए । दुबैले भ्रष्टाचार काण्ड पछि राजिनामा दिएका थिए । पब्लिक एड्भोकेटको कार्यालय १९९३ मा सिर्जना गरिएको थियो।

 





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School