मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको चोरिएको बुद्धमूर्ति नेपाल फर्काउने



प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार

मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको चोरिएको बुद्धमूर्ति नेपाल फर्काउने

मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको बुद्धको मूर्ति नेपाल फर्काउने भएको छ। विश्वविद्यालयसँग उक्त मूर्ति २०१६ देखि संग्रहमा थियो, तर हालै संग्रहालयका अधिकारीहरूले यो मूर्ति नेपालबाट चोरिएको मूर्ति भएको थाहा पाएका थिए ।

विश्वविद्यालयको बोर्ड अफ रीजेन्ट्सले बिहीबार सर्वसम्मतिमा मूर्ति फिर्ता गर्ने निर्णय गरेको छ। मूर्ति २०१६ मा दानको रूपमा संग्रहालयमा प्राप्त भएको भने दाताले १९८८ मा लन्डनको एउटा पुरातात्त्विक पसलबाट किनिएको रसिद प्रदान गरेका थिए । तर मूर्ति १९७० को दशकको मध्यतिर नेपालबाट चोरिएको प्रमाण भेटिएको थियो ।

मूर्ति चोरी हुनुअघि काठमाडौंबाट ४५ मिनेट टाढा रहेको बुङ्गमतीमा रहेको चैत्यको हिस्सा रहेको थियो। चोरिएका कलाकृतिहरूबारे सचेतना जगाउने एउटा फेसबुक पेजमा ९औँ शताब्दीको यो बुद्ध मूर्तिबारे उल्लेख भएपछि यसबारे अनुसन्धान सुरु गरिएको थियो ।

गत मे महिनामा वाशिङटन, डीसीस्थित नेपाली दूतावासले अमेरिकाबाट २४ वटा कलाकृतिहरू नेपाल सरकारको पुरातत्व विभागलाई फिर्ता पठाएको थियो । नेपालबाट हराएका र चोरिएका यी कलाकृतिहरु अप्रिल १९, २०२४ मा सुसान ब्राडफोर्डबाट हवाईको माउईमा प्राप्त भएका थिए । दूतावासका द्वीतीय सचिव उत्तम घिमिरेलाई माउई हवाईमा यी कलाकृतिहरू हस्तान्तरण गरिएको थियो ।

यी कलाकृतिहरू ब्राडफोर्डको निजी संग्रहका रुपमा रहेका थिए । उनले स्वेच्छिक रूपमा ती कलाकृतिहरु नेपाल फिर्ता पठाउन दूतावासलाई सम्पर्क गरेकी थिइन् । यी अधिकांश कलाकृतिहरू १७ औं र १८ औं शताब्दीका छन् । केही कलाकृतिहरु १३ औं शताब्दीका समेत छन्। ती कलाकृतिहरू नेपाल पठाउन ब्राडफोर्ड आफैंले ढुवानी खर्च बेहोरेकी थिइन् ।

मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको चोरिएको बुद्धमूर्ति नेपाल फर्काउने

फिर्ता पठाइएका कलाकृतिहरुमा ढलोटको कालाकुवेर मूर्ति, ढलोटको विश्वरुपको मूर्ति, तामामा सुन जलपलगाएको महिषासुर मर्दिनीको मूर्ति, तामामा सुन जलपलगाएको मोक्षदाभनिएको महामन्जुश्री शक्तिको मूर्ति, ढलोट विघ्नान्तक भैरवको मूर्ति, तामा प्रज्ञापारमिताको मूर्ति, ढलोट किन्नरी (अप्सरा) को मूर्ति, तामा÷ढलोटतान्त्रिक देवता (मन्जुश्री शक्ति) मूर्ति, काठको बाराहीको मूर्ति, काठको चमुण्डाको शीर, प्रस्तर सरस्वतीको मूर्ति, प्रस्तरको मन्जुश्री शक्ति, प्रस्तरको अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, बाराही, अपारमिता र कुवेरका सानामूर्तिहरु, तामाको कालीयन्त्र, हाडको सितापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोट सिन्हमु (सिन्दुर दानी), फलामको त्रिशूल लगायत थिए ।

यी २४ वटा कलाकृतिहरूसँगै अमेरिकामा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा कुल ६३ वटा कलाकृति नेपाल पठाउन सफल भएको थियो । नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका मूर्ति र कलाकृतिहरु फिर्ता लैजाने क्रम जारी रहेको छ ।  नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु गत डिसेम्बरमा  न्युयोर्कमा आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो । जसमा दुईवटा भैरवका मुखुन्दो थिए भने एउटा उमा महेश्वरको ढुङ्गामा कुदिएको मूर्ति र र दुर्गाको मूर्ति थिए ।

मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको चोरिएको बुद्धमूर्ति नेपाल फर्काउने

१६ औं शताब्दीको भैरवको मुखुन्दो न्यूयोर्कको रुबिन म्युजियम अफ आर्टले नेपाललाई फिर्ता गरेको थियो । सामाजिक सञ्जालमा सेप्टेम्बर २०२२ मा गरिएको पोस्ट र समाचार कभरेजमा उक्त भैरवको मुखुन्दो सन् १९९० को दशकमा दोलखाबाट चोरी भएको विवरण सार्वजनिक भएको थियो । लगत्तै संग्रहालयको प्रक्रिया अनुसार रुबिन म्युजियम अफ आर्टले तुरुन्तै आफ्नो संग्रह टोली र स्वतन्त्र अनुसन्धानकर्ताहरूको टिमले यसबारे समिक्षा सुरु गरेको थियो । प्रकृयाबारे जानकारी दिन ग्यालरीहरूमा सार्वजनिक साइन पनि राखिएको थियो।

मिशिगन विश्वविद्यालयको कला संग्रहालयले नवौं शताब्दीको चोरिएको बुद्धमूर्ति नेपाल फर्काउने

रुबिन म्ययुजियमले भैरवको मुखुन्दो सन् २००५ मा प्राप्त गरेको जनाएको थियो । म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयले प्रमाण प्रदान नगर्दासम्म आफूहरुले प्राप्त गरेको समयमा उक्त मुखुन्दो नेपालबाट चोरी भएको वा गैरकानूनी रूपमा उठाएको कुनै प्रमाण नभएको म्युजियमले जनाएको थियो । रुबिनले पाउनु अगाढि उक्त मुखुन्दो कला बजारमा लेनदेन गरिएको थियो । सन् १९९६ मा सार्वजनिक लिलामीमा समेत राखिएको थियो ।





Source link

Leave a Comment