यौन ‘अड्डा’ मा एक घण्टा

यौन ‘अड्डा’ मा एक घण्टा


कोहलपुरको अत्याधुनिक बसपार्कबाट दक्षिणतर्फको लाइन। जो इलाका प्रहरी कार्यालयबाट करिब दुई/तीन सय मिटरको दुरीमा होला। म त्यहाँ पुग्दा दिउँसोको समय थियो। यहाँ पुग्नुको एउटै उद्देश्य थियो, ‘यौनकर्मी महिलाको कथा संकलन।’ पतिसँग सम्बन्धविच्छेद वा कालगतिले मृत्यु भई सन्तान पालपोषणका लागि विभिन्न पेसा व्यवसायमा गर्दा असफलता प्राप्त भई अन्तिममा जीविकोपार्जन गर्न यौन व्यवसायमा लागेका महिलाको कथा संकलनका लागि यहाँ पुगेको थिएँ।

कोहलपुर पुग्नुभन्दा पहिला एकजना साथीलाई सोधेको थिएँ, ‘यस्ता महिला कहाँ भेटिन्छन् ?’ साथीले जवाफ दियो, ‘बसपार्कदेखि दक्षिणतर्फको लाइन।’ जहाँ जस्तापाताले टहरा निर्माण गरी होटेल व्यवसाय सञ्चालित छन्। यहाँका सबै पसलमा मदिरा पाइन्छ। खाजा नास्ताका लागिभन्दा यहाँ यस्तै व्यवसायका लागि प्रख्यात ठाउँ भनेर चिनिँदो रहेछ। मैले खोजेको पात्र खोज्न म दिउँसो १२ः१५ बजे उक्त स्थान पुगेको थिएँ । सडक पक्की छ। 

कोहलपुर–नेपालगन्ज सडकखण्डसँग जोडिएको ठाउँ । मुख्यसडकभन्दा भित्र भएकाले ती होटेलहरू सबै पूर्वतिर फर्किएका छन्। जहाँ मान्छेको उपस्थिति सामान्य छ । यौन प्यास मेटाउनेहरूको भने चहलपहल देखिन्छ। म बसपार्कतर्फबाट पात्र खोज्दै हिँडे। एकजना वृद्ध महिलाजस्तो देखिनेको पसलतिर आँखा सोझियो। त्यसभन्दा अगाडिका होटेलमा शंकास्पद महिला र पुरुष थिए। तर, ती महिला यौनकर्मी जस्ता देखिए पनि मैले खोजेको जस्तो पात्र होइनन् भनि अगाडि बढेको थिएँ।

म ती वृद्ध महिलाको होटेल प्रवेश गरे। त्यसभन्दा भित्र छुट्टै बस्ने व्यवस्थासहितको खानपानका लागि ठाउँ रहेछ। बाहिरबाट मैले देखेनँ। भित्र नसामा लट्ठ परेकी २५–२७ वर्ष जतिकी युवती।

दाइ कताबाट आउनुभयो ?

नेपालगन्जदेखि।

के कामले आउनु भएको कुन्नि ?

होइन, घुमघामका लागि मात्र।

त्यसो भए मलाई एउटा चुरोट भन्दिनु न 

मसँग पैसा छैन नानु

अनि किन आउनु भएको त यहाँ ?

त्यस्तो होइन। म चाउचाउ खान आको।

के तपाईंलाई यो चाउचाउ खाने ठाउँ जस्तो लाग्यो ?

हो, यो होटेल त हो।

हा हा। कस्तो दाइ। ओके, म बजार मार्केटिङमा जान लाको गएँ। यति भन्दै ती युवती ग्राहक खोज्न निस्किइन्। म बाहिरको कुर्सीमा बसिरहेको थिएँ। अर्काे एक हुल यौन व्यवसायी जस्ता देखिने युवती आइपुगे। होटेल सञ्चालिकासँग कुरा गरेँ। दिदी म यहाँ यस्तो उस्तो कामले आएको होइन। बाध्यताले यस पेसामा लागेकी एउटा महिलासँग भेट्नु छ। म पत्रकार हुँ। तपाईं भेटाइदिन सक्नुहुन्छ ?

उनले जवाफ दिइन्, ‘त्यस्ता महिला त कसरी पत्ता लगाउनु। यहाँ मसँग त्यस्ता महिला हुँदैनन्। ऊ तिनीहरू (यौन व्यवसायका लागि भर्खर होटेलभित्र पसेका युवती) हुन्। तिनीहरू बाध्यताभन्दा यस्तै परिबन्धले यस्तो काम गरिरहेका छन्।’ उनले मलाई सुझाउन पनि भ्याइन्। भनिन्, ‘बाबु, एउटा अहिले यस्तो युवतीको समूह आउँछ जसले, यहाँ बसेका पुरुषका सामान लिदिन्छन्। नदिने हो भने मलाई जबरजस्ती गर्न खोज्यो भन्दै प्रहरीसम्म पुग्छु भन्दै धम्की दिन्छन्। विचरा पुरुष, नाजवाफ हुँदै निस्कन्छन्। उनीहरूबाट बच्नु होला।’

उनले कुरा सुनाइनसक्नै सोही युवती त्यहाँ टुप्लुक्क आइपुगिन्। कालो टिसर्ट, पाइन्ट लगाएकी करिब १८–२० वर्षसम्मकी ती युवती म बसेको होटेलभित्र पसे र म बसेको कुर्सीनजिकै दायाँबायाँ बसे। होटेल साहुनीले उनीहरू भित्र पस्नासाथ मलाई आँखाको इसाराले संकेत गरिसकेकी थिइन्। मैले सहजै अनुमान गरिसकेँ कि यिनीहरू यौनकर्मका नाममा बदनाम बनाउने युवती हुन्। नजिकै छेउमै आएर बस्दा मलाई मनमा थोरै डर लाग्यो, ‘एउटा कामले आएको मान्छे, अर्काे काममा फस्छु कि।’ उनीहरूले मसँग संवाद गर्न खोजे तर मैले वास्तै गरिनँ।

होटेलको भित्र पाँच/सातजना युवक पनि छिरेका थिए। मैले बोल्न नखोजेपछि दुई मिनेटभित्र उनीहरू ती युवकहरू भएको ठाउँमा पुगे र उनीहरूसँग जिस्कन सुरु गरे। त्यहाँ मदिरा खानपान चल्यो। त्यही बिचमा एउटा करिब ६० वर्षभन्दा माथिका वृद्ध झुल्किए। उनीसँगै १९ वर्षकी जस्तो देखिने युवती पनि आइन्। गाला चाउरी परिसकेका थिए। उनी त्यहाँ खाजा खान होइन, यौन प्यास मेटाउन युवती ल्याएर आएका थिए। ती वृद्ध पुरुष साहुनीसँग कुराकानी गरी आफ्नो उद्देश्य पूरा गरे। बाहिर निस्केपछि ती युवतीले वृद्धका अश्लील अंग छुँदै भनिन्, ‘बाजे कस्तो लाग्यो ?’ ती वृद्ध लजाउँदै निस्किए।

मैले साहुनीलाई चाउचाउ र अन्डा बनाउन लगाएँ। पाक्दै गर्दा अर्का एक महिला र पुरुष भित्रिए । ती महिला निर्दाेष जस्तो देखिन्थिन्। उनी पनि आफ्नो व्यवसायका लागि आएकी थिइन् । व्यवसाय गरिन्। ती जोसँग आएकी थिइन् उनै पुरुषसँग खानपिन गरिन्। पैसा लिइन्, गइन्। ती महिला मेरा लागि उपयुक्त पात्र हुन सक्छिन् भन्ठानें र साहुनीलाई सोधें। तर, ती महिलाका पति परिवार पालनपोषणका लागि वैदेशिक रोजगारीका लागि गएका रहेछन्। पैसा पनि पठाउँदा रहेछन् तर पत्नी भने पतिका सबथोक बिर्सिएर यौन व्यवसायमा। उनी पनि मेरा लागि उपयुक्त पात्र भइनन्।

चाउचाउ पाक्यो । खाएँ र १२ः१५ बजे उक्त होटेलमा पसेको म १ः१५ मा निस्किएँ । त्यहाँ बस्दा यौन व्यवसायका यस्ता रूप देखिए जो भयानक थिए। पति वैदेशिक रोजगारीमा गएको र पत्नी कुलतमा फसेका छन्। यसले भोलि समाजमा पार्ने असर सामान्य छैन। अनि, अनाहकमा पुरुषलाई फसाउने समूह सक्रिय छ। यहाँ आउने अधिकांश यौनकर्मी महिला पुरुषसँग सम्बन्धविच्छेद भएका छन्। केही युवती पैसाको प्रलोभनमा फसेका छन्। यति मात्र होइन, आसपास समाज छ। त्यस समाजका बालबालिका, किशोरकिशोरीले पाउने शिक्षा कस्तो ? यसले भोलिको समाजलाई धमिल्याउने अवश्य छ।

युवकदेखि वृद्धसम्मका पुरुष धाउँछन्। चाउचाउ खाँदै गर्दा एकजना ३५ वर्ष बताउने पुरुष भेटिए। उनले भने, ‘सर, मेरो भाइ अस्पतालमा भर्ना छ। उपचारका लागि आएको छु। तनाव छ।’ भाइ अस्पतालको शड्ढयामा हुँदा पनि उनी यौन प्यास मेटाउन ‘अड्डा’ मा आइपुगेका रहेछन्। त्यहाँबाट निस्किएर न्युरोड जाँदै थिएँ। अर्काे एक होटेलमा साहुनी बाहिर थिइन्। भनिन्, ‘बसौं सर।’ 

मैले नसुने झै गरी लम्किएँ। फेरि सोचें, ‘ओहो ! मेरो पात्र।’ फर्किएर उनको होटेलभित्र पसें। होटेलमा एक युवती हुक्का तान्दै थिइन् । सुकिलिमुकिली थिइन्। हरियो प्लास्टिकको कुर्सी तानेर बसें। यहीँ बस्ने हो ? अहँ नबस्ने। आफूले खोजेको पात्र पाउने संकेत नदेखिएपछि दुई मिनेटमा त्यहाँबाट निस्किएँ। यहाँका होटेलसँग सुरक्षाको कुरा गरेँ। प्रहरी आउँदैन ? एक साहुनीले हाँस्दै भनिन्, ‘पुलिस !’ हो पुलिस।

प्रहरीप्रति उनी दिक्क छिन्। भन्छिन्, ‘प्रहरी आउँछन् भाग खोज्छन् जान्छन्। कति प्रहरीलाई भाग पु¥याउनु ।’ उनको यो भनाइमा प्रहरी यहाँ चेकजाँच र शान्तिसुरक्षाका लागि होइन, असुलीका लागि पुग्छन्। 

यहाँका होटेल व्यवसायको एउटै कुरा थियो, ‘हामी मान्छे राख्दैनौं। उनीहरू आउँछन्। खान्छन्, जान्छन्।’ जसले गर्दा हाम्रो व्यवसाय चलेको छ।’ दुई सयदेखि पाँच सयसम्म कोठाको भाडा लिन्छन् होटेलले । यहाँका होटेलमा आउने यौनकर्मीले पनि दुई सयदेखि एक हजार पाँच सयसम्म रूपैयाँ लिँदा रहेछन्। 

उनीहरू दैनिक चार/पाँचजना पुरुषसँग सम्बन्ध राख्ने गरेको देखिन्छ। यहाँका होटेल त्यस्ता छैनन्। जहाँ यौनकर्मीलाई निषेध गरेको होस्। ती होटेलमा मान्छे हुँदैनन्। व्यवसायीलाई मासिक भाडा नै तिर्न हम्मेहम्मे हुने सुनाउँछन्। 

यति मात्र होइन, कोहलपुरमा पछिल्लो समय यौन व्यवसाय बढ्न थालेको छ। सुरक्षाकर्मीको निगरानी नहुँदा पनि यस पेसाले प्रश्रय पाइरहेको छ। विकसित हुँदै गएको कोहलपुरमा यसले एउटा नकारात्मक सन्देश जानसक्ने भएकाले यसलाई न्यूनीकरण गर्नुपर्ने यहाँका बासिन्दाको भनाइ छ।

प्रकाशित: ३० भाद्र २०८१ ०८:५३ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School