अमेरिकामा आज खोलिने मेगा मिलियन ज्याकपट पुग्यो ६२७ मिलियन डलर



प्रकाशित मिति : भाद्र १४, २०८१ शुक्रबार

Khasokhas

अमेरिकामा शुक्रबार खोलिने मेगा मिलियन ज्याकपट ६२७ मिलियन डलर पुगेको छ । मंगलबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब यो ६२७ मिलियन डलर पुगेको हो । यो अमेरिकी इतिहासमा नवौं ठूलो मेगा मिलियन ज्याकपट हो । यस अगाडि जुन ४ मा इलिनोयका विजेताले ५५२ मिलियनको र मार्च २६ मा न्युजर्सीका विजेताले ११२८ मिलियनको मेगा मिलियन ज्याकपट जितेका थिए ।

ज्याकपट जित्नका लागि सबै छ बलहरू मिलाउनुपर्छ । भाग्यशाली विजेताले ३० वार्षिक किस्तामा वा एकमुष्ठ ३०९ मिलियन डलर नगद लिने विकल्प हुनेछ । यद्यपि संघीय करहरूले यो रकमलाई केही घटाउँछ । एकमुष्ट रकम लिंदा अनिवार्य २४ प्रतिशत संघीय कर तिर्नुपर्छ । ३७ प्रतिशत सम्मको संघीय सीमान्त दरले यसलाई अझ कम बनाउछ । केही राज्यहरुमा राज्यको कर समेत तिर्नुपर्छ ।

अमेरिकामा आज खोलिने मेगा मिलियन ज्याकपट पुग्यो ६२७ मिलियन डलर

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

तर लामो अनुसन्धानले देखाउँछ कि स्टक बजार लोटरी किन्नुभन्दा राम्रो विकल्प हो। लोटरीको सपना देख्ने कुनै व्यक्तिले सन् २००२ देखि लोटरी टिकटहरूमा प्रत्येक महिना ४० डलर खर्च गरेमा यो रकम प्रत्येक वर्ष ४८० डलर हुन आउँछ । त्यो सबै रकम प्राय हार्ने सम्भावनामा नै पर्छ । यसरी हिसाब गर्दा २२ बर्षमा तपाईले झण्डै ११ हजार डलर गुमाउनुहुन्छ ।

लोटरी सपना देख्नुको सट्टा त्यो व्यक्ति स्टक मार्केटमा लगानी गरेको खण्डमा बढी नाफा कमाउन सक्ने विज्ञहरु बताउँछन् । उक्त व्यक्ति हरेक महिना ४० डलर एस एण्ड पी ५०० मा हालेको भएमा उक्त व्यक्तिले २० बर्षमा झण्डै २२ हजार डलर नाफा कमाउन सक्थ्यो । उक्त स्टकको बार्षिक बृद्धिदर सन् २००२ देखि २०२२ सम्म ८ प्रतिशत रहेको थियो ।





Source link

Leave a Comment