टेक्सासमा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ व्यक्ति बबी सिंह शाह, हत्या अभियोग दर्ता



प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार

टेक्सासमा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ व्यक्ति बबी सिंह शाह, हत्या अभियोग दर्ता

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाह रहेको प्रहरीले जानकारी दिएको छ । शाहविरुद्ध हत्या अभियोग दर्ता गरिएको ह्युस्टन प्रहरीले खसोखासलाई जानकारी दियो ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको छ । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनको विरुद्ध जघन्य हत्याको आरोप लगाइएको थियो ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो ।

टेक्सासमा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ व्यक्ति बबी सिंह शाह, हत्या अभियोग दर्ता

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

टेक्सासमा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ व्यक्ति बबी सिंह शाह, हत्या अभियोग दर्ता

उनी परिवारमा एकमात्र सन्तान हुन् । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।





Source link

Leave a Comment