हुप्सेकोटको स्थानीय सरकार : छोरीलाई बैङ्क खाता उपहार

हुप्सेकोटको स्थानीय सरकार : छोरीलाई बैङ्क खाता उपहार



प्रकाशित मिति : भाद्र ४, २०८१ मंगलबार

नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाले २ सय ५६ जना बालिकालाई ५ हजारसहितको बैङ्क खाता उपहार दिएको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत ४ वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो ।

आर्थिक वर्ष २०७७।७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो ।

वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले ५ हजार र अभिभावकलाई पनि ५ हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ उहाँले भन्नुभयो । छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुने व्यबस्था गरिएको छ ।

जम्मा गरिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School