१० पटक सगरमाथा आरोही लाक्पा शेर्पाको बृत्तचित्र नेटफिल्क्समा, १५ भाषामा अडियो, नेपालीसहित ३४ भाषामा सबटाइटल



प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार

१० पटक सगरमाथा आरोही लाक्पा शेर्पाको बृत्तचित्र नेटफिल्क्समा, १५ भाषामा अडियो, नेपालीसहित ३४ भाषामा सबटाइटल

१० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी लाक्पा शेर्पाको सगरमाथा आरोहण र जीवनयात्राबारेको बृत्तचित्र ‘माउन्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ जुलाई ३१  देखि नेटफिल्क्समा आएको छ ।   २ पटकसम्म ओस्कार नोमिनेशनमा परेकी निर्देशक लुसी वाकरले निर्देशन गरेको यो बृत्तचित्र १५ भाषामा अडियो र नेपालीसहित ३४ भाषामा सबटाइटल सहित नेटफिल्क्समा आएको हो । नेटफिल्क्समा नेपाली सबटाइटल राखिएको यो पहिलोपटक हो ।

बृत्तचित्र प्रदर्शनपछि  खसोखासको प्रश्नको जवाफ दिदै लाक्पाले अर्को पटक पनि सगरमाथा आरोहणको प्रयास गर्ने बताएकी थिइन् । उनले भनिन् – ‘म इमान्दारिताका साथ भन्न चाहन्छु कि म मेरो सगरमाथा आरोहणको रेकर्ड सहजै अरुलाई तोड्न दिन्न । किनकी मैले अरुका घरमा भाँडा माझेर, घर सफा गरेर यी रेकर्डहरु कायम गरेकी हुँ । त्यसैले मैले अर्कोपटक पनि सगरमाथा आरोहणको प्रयास गर्नेछु ।’

 

१० पटक सगरमाथा आरोही लाक्पा शेर्पाको बृत्तचित्र नेटफिल्क्समा, १५ भाषामा अडियो, नेपालीसहित ३४ भाषामा सबटाइटल
फोटो श्रोत: नेटफिल्क्स

बृत्तचित्रमा २० बर्षभन्दा लामो समयदेखि अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पाको सगरमाथा आरोहणको कथामात्र नभई उनको जीवन संघर्षको आरोह अवरोहलाई पनि जीवन्त तरिकाले प्रस्तुत गरिएको छ ।  नेपालमा छँदा उनले गरेको संघर्ष र रोमानियन अमेरिकनसँग विवाह गरेर अमेरिका आइसकेपछि उनले गरेको संघर्षलाईमात्र होइन, आफ्ना रोमानियन अमेरिकन पतिबाट भोग्नुपरेको घरेलु हिंशा, उक्त हिंशा देखेकी छोरीले भोगेको मानसिक आघात लगायतलाई पनि बृत्तचित्रमा जीवन्त तरिकाले देखाइएको छ । बृत्तचित्रमा लाक्पाले नेपाली महिला र विश्वभरका महिलाहरुलाई बारम्बार एउटै सन्देश दिएकी छिन् – ‘कहिले पनि हार नमान्नुहोस् ।’

१० पटक सगरमाथा आरोही लाक्पा शेर्पाको बृत्तचित्र नेटफिल्क्समा, १५ भाषामा अडियो, नेपालीसहित ३४ भाषामा सबटाइटल
बृत्तचित्रमा लाक्पा शेर्पा । फोटो सौजन्य:  क्रिस्टोफर न्यूम्यान/ नेटफ्लिक्स

लाक्पा शेर्पा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिलामा विश्वमा नै पहिलो हुन् । उनले सन् २०२२ को मे १२ मा दशौंपटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनी सन् २००० मा सगरमाथा आरोहण गरेर सफलताका साथ फर्कने पहिलो नेपाली महिला बनेकी थिइन् । पासाङ ल्हामु शेर्पा सन् १९९३ को अप्रिलमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेपनि उनी सकुशल फर्कन सकेकी थिइनन् । फर्कने क्रममा उनको निधन भएको थियो ।

लाक्पा शेर्पाको बाल्यकाल संखुवासभाको मकालु गाउँमा बितेको हो । उनी परिवारको एघारौ सन्तान हुन । लाक्पाले सन् २००२ मा रोमानियाली जन्म अमेरिकी नागरिक जर्ज डिजमारेस्कुसँग विवाह गरेकी थिइन् । सन् २००१ देखि सन् २००६ सम्म यी दुई जोडीले पटकपटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । लाक्पा दुई छोरीहरु र एक छोराकी आमा पनि हुन् । पर्वतारोही हुनुभन्दा पहिले लाक्पाले ट्रेकर गाइडहरुको लागि भान्छाका कामदारका रूपमा काम गर्न थालेकी थिइन् । उनका आफन्तहरु पनि पर्वतारोहण गरिरहने भएकाले उनी अरु पर्वतारोहीसँगै सामान बोक्दै हिड्ने काम गर्दागर्दै पर्वतारोही बन्ने प्रेरणा मिलेको थियो ।





Source link

Leave a Comment