अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको समिट एनएचएनसी कप–२०२४ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल टिमलाई १ का विरुद्ध ६ गोल गरेर उपाधि जितेको हो ।

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका थिए भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिन हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका थिए ।

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसरका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गर्नुभएको थियो ।

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने स्थानीय व्यबसायीहरुले पनि सह–प्रायोजन गरेका थिए ।
न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता जनाएको थियो ।

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भन्नुभयो ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताउनुभयो ।

‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उहाँले भन्नुभयो । थापाले खेलाडीहरुलाई नेपालसम्म लानको लागि ब्यबस्थापकीय कामको लागि समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रतियोगिता हेर्न न्यूह्यामसरलगायत छिमेकी राज्यहरुबाट उल्लेख्य संख्यामा नेपालीभाषी समुदायको उपस्थिति थियो ।

अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी

Source link

Leave a Comment