न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एस्केलेटरमा आगो लाग्दा १० घाइते, दर्जनौं उडान प्रभावित

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एस्केलेटरमा आगो लाग्दा १० घाइते, दर्जनौं उडान प्रभावित



प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एस्केलेटरमा आगो लाग्दा १० घाइते, दर्जनौं उडान प्रभावित

बुधबार न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको कन्कोर्स सी मा रहेको एस्केलेटरमा आगो लाग्दा कम्तीमा १० जना घाइते भएका छन् भने दर्जनौं उडानहरूमा ढिलाइ भएको छ। विमानस्थलको टर्मिनल ८ मा आगलागी सुरु भएपछि अग्नी नियन्त्रकहरु र पोर्ट अथोरिटी प्रहरी घटनास्थलमा पुगेको थियो ।

त्यहाँ रहेका करिब ९९० जनालाई विमानस्थलको अर्को भागमा सारिएको थियो । घाइते १० जनाको अवस्था ज्यानै जोखिममा पर्ने खालको नरहेको अधिकारीहरूले बताएका छन्। आठ जनालाई थप मूल्याङ्कनका लागि अस्पताल लगिएको थियो।

अमेरिकन एयरलाइन्स, ब्रिटिश एयरवेज र जापान एयरवेज लगायत ११ अमेरिकी र अन्तर्राष्ट्रिय एयरलाइन्सले टर्मिनल ८ प्रयोग गर्छन्। यो टर्मिनलबाट सबैभन्दा धृरै अमेरिकी एयरलाइन्सको उडान हुदै आएको छ । अमेरिकी एयरलाइन्सले बुधबार एयरपोर्टबाट आफ्ना ८९ वटा कुल प्रस्थान उडानमध्ये तीन उडान रद्द गरेको बताएको छ।

बुधबार साँझको मौसमका कारण एयरपोर्टबाट प्रस्थान एक घण्टा ३० मिनेट ढिलो भएको थियो । दिउसोसम्म उक्त विमानस्थलबाट २२० उडानहरू ढिलाइ भएका थिए भने १० वटा उडान रद्द गरिएका थिए । कुनै ढिलाइ पहिलेको आगोसँग सम्बन्धित भए नभएको भने प्रष्ट छैन ।

आगलागीको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । आगलागी भएको केही घण्टामा नै टर्मिनलमा कामकाज सुचारु गरिएको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School