गाजाको खान युनिसबाट १ लाख ५० हजार भन्दा बढी मानिस भागेको संयुक्त राष्ट्र संघको भनाई

गाजाको खान युनिसबाट १ लाख ५० हजार भन्दा बढी मानिस भागेको संयुक्त राष्ट्र संघको भनाई



प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार

संयुक्त राष्ट्र संघका दुई संस्थाले गाजाको खान युनिसबाट १ लाख ५० हजार भन्दा बढी मानिस भागेको बताएका छन् ।

गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस इजरायली आक्रमणको केन्द्र बनेको छ ।

इजरायलका अनुसार हमासले खान युनिसमा आफ्नो सेनालाई पुन : संगठित गर्ने प्रयास गरिरहेको थियो । जसलाई ध्यानमा राखेर यो हमला गरिएको हो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको छ ।

हमास लडाकुहरूले यो क्षेत्र आतंकवादी गतिविधि र रकेट आक्रमणका लागि प्रयोग गरिरहेको इजरायलको दाबी छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले अभियान सुरु गरेदेखि कम्तीमा ८० प्यालेस्टाइनी मारिएको जनाएको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय UNRWA का एक अधिकारीले बीबीसीलाई बताएअनुसार सोमबारको नयाँ आदेश घोषणा भएदेखि करिब १ लाख ५० हजार मानिस भागेका छन ।

इजरायली सेनाले गाजा पट्टीको ८०% भन्दा बढी भाग खाली गर्न आदेश दिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School