पूर्व राष्ट्रपति बिल क्लिन्टनले गरे कमला ह्यारिसलाई समर्थन तर ओबामा प्रतिस्पर्धात्मक प्राइमरीका पक्षमा



प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

पूर्व राष्ट्रपति बिल क्लिन्टनले गरे कमला ह्यारिसलाई समर्थन तर ओबामा प्रतिस्पर्धात्मक प्राइमरीका पक्षमा

पूर्व राष्ट्रपति बिल क्लिन्टनले राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। तर पूर्व राष्ट्रपति बाराक ओबामा भने अर्को महिनाको अधिवेशनमा हुने खुला लोकतान्त्रिक प्राइमरी प्रक्रियाको पक्षमा देखिएका छन् ।

पार्टीका नेताहरूले एउटा प्रक्रिया सिर्जना गर्न सक्षम हुने र जसबाट एक उत्कृष्ट उम्मेदवार देखा पर्ने आफ्नो विश्वास रहेको ओबामाले एक विज्ञप्तिमा बताएका छन् । जसमा ह्यारिसको उल्लेख छैन। बाइडेनको उदार, समृद्ध र एकताबद्ध अमेरिकाको दृष्टिकोणले सबैलाई अवसर प्रदान गर्ने र अगस्टमा हुने डेमोक्रेटिक कन्भेन्सनमा पूर्ण प्रदर्शन हुने ओबामाले बताएका छन् ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले गरे कमला ह्यारिसलाई समर्थन तर ओबामा प्रतिस्पर्धात्मक प्राइमरीका पक्षमा
राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिस ह्वाइट हाउसमा । (आधिकारिक व्हाइट हाउस फोटो: क्यामरन स्मिथ)

यसअघि पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले संयुक्त वक्तव्य जारी गर्दै कमला ह्यारिसलाई समर्थन गरिरहेको बताएका थिए । उनीहरुले अब कमला ह्यारिसलाई समर्थन गर्ने र उनलाई चुन्न सबै कुरासँग लड्ने समय रहेको उनीहरुले बताएका थिए ।

राष्ट्रपति जो बाइडेनले आफू पुनः चुनाव लड्न नचाहेको घोषणा गरेपछि र ह्यारिसलाई राष्ट्रपति उम्मेदबारका लागि समर्थन गरेपछि क्लिन्टन दम्पत्तिको भनाई आएको हो । ह्यारिसले त्यसको लगत्तै राष्ट्रपतिका लागि उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । डेमोक्रेटिक नेशनल कन्भेन्सन अगस्ट १९ मा शिकागोमा सुरु हुँदैछ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनले गरे कमला ह्यारिसलाई समर्थन तर ओबामा प्रतिस्पर्धात्मक प्राइमरीका पक्षमा
ह्वाइट हाउसको पूर्वी कोठामा उपराष्ट्रपति कमला ह्यारिससँग ओबामा । (आधिकारिक व्हाइट हाउस फोटो:  एडम शुल्त्स)

दुबै पूर्व राष्ट्रपति ओबामा र क्लिन्टनले वर्तमान राष्ट्रपतिको सेवाको लागि बाइडेनलाई धन्यवाद दिएका छन् । धेरै डेमोक्रेटिक नेताहरु आइतवारदेखि उपराष्ट्रपति कमला ह्यारिसको नजिक गोलवद्ध भइसकेका छन् । ओबामाले भने आफूलाई पार्टीभित्रका गुटहरुभन्दा माथि एक निष्पक्ष राजनेताको रूपमा राखेका छन् । ह्यारिसलाई तुरुन्तै समर्थन नगर्ने निर्णय गर्दा कुनै वैकल्पिक उम्मेद्वार उनको दिमागमा नरहेको उनी निकटका व्यक्तिहरुको भनाई छ ।

प्रतिस्पर्धात्मक प्राइमरीबाट जाँदा पार्टीमा कमला ह्यारिसप्रतिको विश्वास अझ बलियो हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । यसो गर्दा उनीप्रतिका अविश्वासहरु अझ मेटिने र प्रतिस्पर्धात्मक तरिकाले चुनिएर जाँदा पार्टीलाई उनका वरिपरी गोलवद्ध हुन अझ मद्दत पुग्ने विश्वास गरिएको छ ।





Source link

Leave a Comment