चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई पेलोसीको सुझाव



प्रकाशित मिति : असार २६, २०८१ बुधबार

चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई पेलोसीको सुझाव

लामो समयदेखि बाइडेनको सहयोगी र पूर्व सभामुख समेत रहेकी सांसद तथा डेमोक्रेटिक पार्टीकी सबैभन्दा वरिष्ठ सदस्य न्यान्सी पेलोसीले चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई सुझाव दिएकी छिन् । बाइडेनले राष्ट्रपति पदको दौडमा रहनेबारे आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने पेलोसीको सुझावलाई उम्मेदबारी छोड्ने मूल्यांकनका लागि सबैभन्दा कडा सार्वजनिक धक्का भएको विश्लेषण गरिएको छ ।

बाइडेनको उम्मेदवारीले डेमोक्र्याटलाई ह्वाइटहाउस मात्र नभई संसदका दुबै सदनमा समेत घाटा पुराउन सक्ने चिन्ताको बाबजुद बाइडेनले भने दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदबारी नछाड्ने बताउँदै आएका छन् । उनले सोमबार आफ्नो पार्टीका सांसदहरुलाई पत्र लेख्दै चुनावी दौडमा रहन दृढतापूर्वक प्रतिबद्ध रहेको बताएका थिए । बुधवार पेलोसीले एक टेलिभिजन अन्तरवार्तामा बाइडेनलाई उम्मेदबारीबारे पुनर्विचार गर्न सुझाव दिएकी हुन् ।

चुनाव लड्ने हो कि होइन भन्ने निर्णय बाइडेनले नै गर्ने र आफूहरु सबैले उनलाई त्यो निर्णय गर्न प्रोत्साहित गरिरहेको तथा समय निकै कम भएको पेलोसीले बताइन् । उनी बाइडेनको उम्मेदबारीको पक्षमा भए नभएकोबारे प्रश्न गर्दा पेलोसीले चुनावी मैदानमा रहने वा नरहनेबारे बाइडेनले जे निर्णय गर्छन्, त्यसमा आफूहरुले साथ दिने बताइन् । पेलोसीले बाइडेनको भविष्यको बारेमा कुराकानी नेटो शिखर सम्मेलन पछि गर्न चाहेको बताइन् । ट्रम्पसँगको बहसमा कमजोर प्रस्तुतीपछि बिहीबार राष्ट्रपति बाइडेनको पहिलो पत्रकार सम्मेलन हुँदैछ ।

धेरैजसो शीर्ष डेमोक्र्याटहरू राष्ट्रपतिको सम्भाव्यताका बारेमा तत्कालका लागि आफ्नो शंका लुकाएर राख्ने र केही नगर्ने रणनीतिमा बसेका छन्उ । नीहरूमध्ये धेरैको विश्वास छ कि बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन सक्दैनन् । साथै यसले गर्दा सिनेट र प्रतिनिधिसभामा समेत हार्ने सम्भावना रहेको छ । पेलोसीले डेमोक्रेटिक नेताहरूबाट थप दवावका लागि ठाउँ जोगाइरहेकी देखिन्छन् । कोर्श परिवर्तन गर्न अझै समय बाँकी रहेको उनको तर्क छ ।

पेलोसीले मंगलबार क्यापिटल हिलमा पत्रकारहरूसमक्ष आफू सधैँ बाइडेनप्रति प्रतिबद्ध रहेको बताएकी थिइन् । यद्यपि उनले डेमोक्रेटिक टिकटका लागि बाइडेन सबैभन्दा राम्रो व्यक्ति भएको बताउन भने अस्वीकार गरिन् । ८१ वर्षीय बाइडेनका लामो समयदेखि सहयोगी र सदनमा सबैभन्दा अनुभवी राजनीतिज्ञ मध्ये एक ८४ वर्षीया पेलोसी अन्य पार्टी नेताहरूको तुलनामा राष्ट्रपतिको उम्मेदवारीको बारेमा आफ्नो सार्वजनिक टिप्पणीमा बढी आक्रामक छिन्। अरु नेताहरुले सार्वजनिक रूपमा बाइडेनले जे निर्णय गरेपनि साथ दिनेमात्र बताउँदै आएका छन् ।

चुनावी दौडमा रहनेबारे पुनर्विचार गर्न बाइडेनलाई पेलोसीको सुझाव





Source link

Leave a Comment