अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना



प्रकाशित मिति : असार २६, २०८१ बुधबार

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना

अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने युएससीआईएसले योजना बनाएको छ । अप्रिल ८ मा   फेडरल रजिष्ट्ररमा प्रकाशित  अस्थायी अन्तिम नियमले म्याद सकिएका कैयन वर्क परमिटको अवधि १८० दिनबाट बढाएर ५४० दिन बनाएको थियो । यो नियमको म्याद सेप्टेम्बर २०, २०२७ मा सकिदैछ ।

यो नियमका लागि जुन ७ सम्म कमेन्ट अवधि तोकिएको थियो । अब यो नियमलाई स्थायी नियम बनाउनेगरी आगामी डिसेम्बरमा अन्तिम नियम प्रकाशित गर्ने युएससीआईएसको तयारी रहेको छ । यस्तै नियम सन् २०२२ को मे ४ मा पनि ल्याइएको थियो । उक्त नियम पनि अस्थायी अन्तिम नियम भएकाले अक्टोबर २०२५ सम्मकोमात्र म्याद थियो ।

योग्य गैर नागरिकहरूका लागि वर्क परमिटमा पहुँचलाई सुव्यवस्थित र आधुनिकीकरण यो नियम ल्याएको युएससीआईएसले जनाएको छ । वर्क परमिटको प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाएको अवस्थामा ल्याइएको यो नियमले आवेदकहरुलाई थप राहत प्रदान गरेको छ । यो नियमले पहिले नै वर्क परमिट प्राप्त गैर नागरिकहरूलाई पेन्डिङ वर्क परमिट नवीकरणको प्रतिक्षा गरिरहँदा वर्क परमिट ल्याप्स हुनबाट जोगाउनुका साथै गरिरहेको काममा निरन्तरता सुनिश्चित गर्दछ ।

सन् २०२३ को अक्टोबर २७ वा त्यसपछि समयमै र उचित रूपमा वर्क परमिटको नवीकरण आवेदन दिएका र आवेदन अप्रिल ८ सम्म पनि विचाराधीन रहेकाहरुको म्याद सकिएको पुरानो वर्क परमिटको अवधि स्वत डेढबर्ष थपिन्छ । नयाँ नियम प्रकाशित भइसकेपछि समयमै र उचित रूपमा वर्क परमिटको नवीकरण आवेदन दिनेहरुका हकमा पनि यो नियम लागु भएको छ ।

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना

यो नियम नल्याएको भए झण्डै ८ लाख एसाइलम स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु र ग्रिनकार्ड आवेदकहरु नविकरण आवेदन गरिएको वर्क परमिट नआउँदा र आफूसँग भएको म्याद सकिएको वर्क परमिटका कारण काम गुमाउने जोखिममा पर्ने सम्भावना थियो । जसमाबाट ६० देखि ८० हजार रोजगारदाताले कामदार गुमाउने सम्भावना थियो ।

सामान्यतया वर्क परमिटको अवधि स्वीकृत परोल अवधिसम्म कायम रहने भएतापनि यो नियमले परोलको अपधि भने थप गर्दैन । जसको अर्थ कोही व्यक्तिले ५४० भन्दा अगाडि नै अमेरिकामा काम गर्ने अधिकार गुमाएको खण्डमा स्वत थपिएको अवधि उसको हकमा पूरै दिन लागु हुँदैन ।

सन् २०२३ को मे १२ देखि सन् २०२४ को मार्च १३ सम्म अमेरिकी सरकारले ६ लाख १७ हजारलाई देशनिकाला गरिसकेको छ । उनीहरुमध्ये अधिकांश विना भिसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेहरु हुन् ।

अमेरिकामा म्याद सकिएका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम स्थायी बनाउने योजना





Source link

Leave a Comment