६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार


१० असार, काठमाडौं । मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।

महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् ।

६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ । सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ ।

संघीय राजधानी समेत रहेको काठमाडौं महनगरले आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको बताइन् ।

महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन भएको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।

पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन भएको छ ।

महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।

संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।

ढलरहित नदीनाला गौरवको योजना, स्वरोजगारमा जोड

आगामी आवका लागि महानगरको गौरवको योजना अन्तर्गत ‘ढलरहित नदीनाला’ लाई थप गरेको छ । ३ अर्ब ८० करोडको बजेट प्रस्ताव गरेको योजनामा महानगरले ठूलो लगानी गर्ने देखिएको छ ।

त्यस्तै ‘कपडा बैंक’, ‘थेमाटिक स्कुल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’ र ‘महानगर होमस्टे’ जस्ता स्वर्णिम योजनाहरू बजेटमा आएका छन् ।

काठमाडौंले आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने, समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरका आर्थिक गतिविधि मार्फत योगदान गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

यस्तै भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना, स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगार बनाउने, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिने महानगरको प्राथमिकता छ ।

ललितपुरको जोड सुशासन र दिगो विकासमा

ललितपुर महानगरपालिकाले ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्यले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगत खर्चतर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरिएको छ ।

ललितपुरले चालु आवका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार ल्याएकोमा आगामी आवका लागि १५ प्रतिशतले बढाएर ल्याएको हो । चालु आवका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार विनियोजन भएकोमा आगामी वर्ष सामाजिक सुरक्षा भत्ताबापत थप १५ करोड अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायत अनिवार्य दायित्वका रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्चतर्फ गत वर्षको तुलनामा करिव २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ। अर्थात्, यो रकम चालु वर्षको तुलनामा ११ प्रतिशत बढी हो।

६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार

ललितपुरले ल्याएको बजेटको प्राथमिकतामा सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास परेको छ । यस्तै कला, संस्कृति, सम्पदा संरक्षण र सम्बद्र्धनमा पनि महानगरले जोड दिएको छ ।

रोजगारमूलक शिक्षा, वातावरण संरक्षण, उद्यम–व्यवसाय प्रवर्द्धनमा महानगरको जोड रहेको बजेटमा उल्लेख छ । रोजगार प्रवर्द्धन, प्रविधियुक्त एवम् नागरिक मैत्री र जवाफदेही सेवा प्रवाहमा महानगरको जोड छ ।

निरन्तर घटेको वीरगञ्जको प्राथमिकता सामाजिक क्षेत्र

देशको आर्थिक नगरीका रूपमा रहेको मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाको भने बजेट निरन्तर घटिरहेको छ ।

६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार

चालु आव २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको वीरगञ्जले आगामी आवका लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार विनियोजन गरेको छ ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख ९ हजार अर्थात् ७०.७ प्रतिशत र पूँजीगततर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात् २८.१ प्रतिशत छ । वीरगञ्जले शिक्षा एवम् स्वास्थ्य, सरसफाइ व्यवस्थापन, वातावरण संरक्षणलाई प्राथमिकता दिएको छ । यस्तै पर्यटन, कृषि, भौतिक पूर्वाधार र डिजिटल मैत्री सेवामा जोड दिएको छ ।

भरतपुरको बजेट उत्पादन वृद्धिमा

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले १५औं नगर अधिवेशनमा सोमबार बजेट पेस गरेका हुन् । महानगरले चालु आवका लागि ६ अर्ब ४८ करोड ७९ लाखको बजेट ल्याएको थियो ।

आगामी बजेटमा महानगरले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख प्राप्त हुने बताएको छ ।

जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरेको छ ।

६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार

महानगरले आगामी आवको बजेटमा उत्पादन वृद्धिमार्फत आत्मनिर्भर महानगरपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि, उत्पादनमूलक रोजगारी सिर्जना, दिगो र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

पर्यटकीय केन्द्र दियालो बंगलाको पूर्वाधार निर्माणका लागि १ करोड, महानगरभित्रका सडकका खाल्डा नियमित मर्मत गर्न ५ करोड ७५ लाख विनियोजन गरिएको छ ।

महानगरले वैदेशिक रोजगारबाट फर्केकालाई कृषि पेसातर्फ आकर्षित गर्न व्यावसायिक खेतीका लागि कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायत कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६ करोड विनियोजन गरेको छ ।

दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रम निरन्तरता दिँदै मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान यथावत राखेको छ ।

शिक्षातर्फ व्यावहारिक शुक्रबार कार्यक्रम सञ्चालन, विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम, विद्यालय कलर कोड अनुसार सबै विद्यालयको रङरोगनका लागि महानगरले बजेट व्यवस्थापन गरेको छ ।

फोहोरमैलाको दीर्घकालीन समाधानका लागि ल्यान्डफिल साइट निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापन गर्न ५ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पूरा गर्न संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्दै पूर्वाधारका काम थप अगाडि बढाउन ४ करोड ३० लाख विनियोजन गरिएको छ ।

महानगरवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन भन्दै महत्त्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान कार्यका लागि ८ करोड बजेट विनियोजन गरेको छ ।

नयाँ बन्दै गरेको प्रशासकीय भवन निर्माण र इन्टेरियरका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्न १ करोड बजेट छुट्याइएको छ ।

विराटनगरले ल्यायो २ करोड माथिका योजना छनोट गरिएको बजेट

विरानटगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । विराटनगरले वडाहरूलाई २ करोडभन्दा माथिका योजना छनोट गरी बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आवमा जनसंख्या र क्षेत्रफलका आधारमा वडालाई न्यूनतम २ करोडदेखि अधिकतम २ करोड ६४ लाख बजेट उपलब्ध गराउने भएको छ ।

१९ वटा वडा रहेको महानगरले आगामी आवका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको हो ।

महानगरले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिने नीति लिएको छ । यसअघि ८० वर्षका ज्येष्ठ नागरिकलाई मात्रै घरदैलोमा स्वास्थ्य जाँच गरिरहेको थियो । महानगरले मोतियाबिन्दु मुक्त महानगर बनाउने अभियान पनि सञ्चालन गरेको छ ।

महानगरले आगामी आवका लागि हरेक शुक्रबार पुस्तकरहित दिनका रूपमा मनाउन ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार

शैक्षिक विकासतर्फ महानगरले ‘प्रदेश राजधानी साझा सहर, गुणस्तरीय शिक्षाको हब विराटनगर’ अभियान सुरु गरेको छ । यसका लागि भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने महानगरले जनाएको छ ।

महानगरले ‘स्कुलभित्र सबै नानी, धारो खोल्दा शुद्ध पानी’ को नारासहित सामुदायिक विद्यालयमा फिल्टर प्लान्टसहित शुद्ध पिउने पानीको व्यवस्थापन गर्ने नीति लिएको छ ।

विराटनगरले ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमा २५ जना लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा डिप्लोमा तहको प्राविधिक विषय पढाउने भएको छ । ‘उपमेयर किशोरी आत्मरक्षा कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको महानगरले विद्यालयलाई खेलाडी उत्पादन गर्ने कारखानाका रूपमा विकास गर्ने नीति बनाएको छ ।

बजेटमा नगरबस सञ्चालन, स्मार्ट सिटी निर्माण, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण र फोहोरमैला व्यवस्थापनको काम अघि बढाउने जनाइएको छ ।

सडकमा ट्राफिक लाइट जडान गर्ने, प्रादेशिक बसपार्क, रिङरोड निर्माण, बाइपास सडक निर्माणका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने महानगरको बजेटमा उल्लेख छ ।

सडक सुरक्षाका लागि महानगरले रिङरोड कोसी राजमार्ग र बाइपास सडक बाहेक अन्य सडकमा ठूला सवारीसाधनबाट हुने ढुवानी रोक्ने बताएको छ भने भौतिक संरचना मर्मत सम्भारका लागि मोबाइल इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालन गर्ने योजना ल्याएको छ ।

पोखराको बजेट ७ अर्ब ५१ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार १५औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरिन् ।

चालु आवभन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजारले बढेको छ । चालु आवका लागि पोखराले ७ अर्ब १५ करोड रूपैयाँको बजेट ल्याएको थियो ।

आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार प्राप्त हुने अनुमान छ ।

६ महानगरको बजेट ५४ अर्ब, प्राथमिकतामा सेवा र पूर्वाधार

संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार बेहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी दिइन् ।

नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।

पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनमा ५६ करोड विनियोजन गरेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनका लागि २६ करोड १६ लाख विनियोजन भएको छ ।

पूर्वाधारतर्फ विश्व बैंकको सहयोगमा सञ्चालित तालचोकदेखि बेगनास, सिसुवादेखि सिसाघाट र बिरौटा दोबिल्ला हुँदै बाघमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, बीपीमार्ग सडक स्तरोन्नतिमा ८ करोड विनियोजन भएको छ ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School