न्युयोर्कमा हराएका बृद्धलाई एक नेपालीले यसरी गरे उद्दार, बुबाआमाका खल्तीमा ठेगाना राख्न सुझाव



प्रकाशित मिति : असार ४, २०८१ सोमबार

न्युयोर्कमा हराएका बृद्धलाई एक नेपालीले यसरी गरे उद्दार, बुबाआमाका खल्तीमा ठेगाना राख्न सुझाव

न्युयोर्कमा आप्रवासी परिवारका बृद्ध बाबुआमाहरु बेलाबेलामा हराउने घटना नयाँ होइन । नेपाली बुबाआमाहरु भने न्युयोर्क सिटीमा हराउने घटनाहरु बेलाबेलामा सामने आइरहेका हुन्छन् । हालैमात्र न्युयोर्क सिटीको साउथ रिचमण्ड हिलमा बस्ने नेपाली बुबाआमा बाहिर निस्कदा बाटो बिराएपछि धेरै टाढा पुगेर हराएको घटना अझै ताजै छ । ती नेपाली बुबाआमालाई उक्त क्षेत्रमा बस्ने नेपाली समुदायको व्यापक खोजीपछि गुरुद्वारामा फेला पारिएको थियो ।

यस्तै घटना शुक्रबार पनि भएको छ । यसपटक हराएका बृद्ध बंगालादेशी रहेका थिए भने उनलाई उद्दार गरेका थिए एकजना नेपालीले । ७० बर्ष काटिसकेका ती बृद्ध उनको घरबाट बाहिर निस्कदा हराएपछि साउथ रिचमण्ड हिलमा रहेको राजेन्द्र गौतमको घरनेर आइपुगे । हराएर आत्तिएका ती बृद्धलाई देखेपछि गौतमले सोधीखोजी गरे । गौतमलाई बंगालादेशी भाषा समेत केहीमात्रामा बोल्न आउने भएकाले ती बृद्धसँग कुराकानी गर्न केही सहज भयो ।

न्युयोर्कमा हराएका बृद्धलाई एक नेपालीले यसरी गरे उद्दार, बुबाआमाका खल्तीमा ठेगाना राख्न सुझाव
हराएका बृद्धलाई उद्दार गरेर घरमा लगिदिने क्रममा राजेन्द्र गौतम

जमैकाको पाइन गु्रभमा छोराछोरीसँग बस्दै आएका ती बृद्ध हराएको अवस्थामा पाएपछि गौतमले उनलाई आफन्तको नम्बर र ठेगानाबारे सोधे । ती बृद्धले एउटा कागजमा घरको नम्बर लेखेर खल्तीमा राखेका रहेछन् । उक्त कागजमा फोन नम्बर भने बृद्धले आफ्नै राखेकाले गौतमले उनका परिवारलाई सम्पर्क गर्न भने सकेनन् । बरु आफै घरसम्म लगिदिने विचार गरे । त्यसपछि ती बृद्धलाई गौतमले आफ्नो गाडीमा राखेर उनको ठेगानामा लगेर छाडिदिए ।

बृद्धको उद्दारपछि राजेन्द्र गौतमले खसोखाससँग भने – ‘हाम्रा नेपाली बुबाआमाहरु पनि यसरी न्युयोर्कमा बेलाबेलामा हराउने घटना हुने गरेका छन् । यदि ती बृद्धको जस्तै नेपाली बुबाआमाका खल्तीमा पनि घरको ठेगाना र परिवारका सदस्को फोन नम्बर राखिदिने हो भने हराएको खण्डमा समेत बुबाआमालाई भेट्टाउन सहज हुने भएकाले अमेरिकामा रहेका आफ्ना अँगेजी नबोल्ने बुबाआमालाई बाहिर निस्कदा खल्तीमा सधै घरको ठेगाना र परिवारका सदस्यहरुको फोन नम्बर रहेको कागज राखिदिन सुझाव दिन चाहन्छु । ती बृद्धको पनि खल्तीमा ठेगाना नभएको भए उद्दारमा निकै कठिन हुनेथियो ।’

 





Source link

Leave a Comment