युद्धबिरामको प्रस्तावप्रति हमास सकारात्मक , दिगो बनाउन इजरायलको प्रतिबद्धता आवश्यक



प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार

हमासले गाजामा अमेरिकी समर्थित युद्धविराम प्रस्तावलाई प्रतिक्रिया दिएको छ । बीबीसीका अनुसार हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको छ ।

एक विज्ञप्तिमा, हमास र यसको सहयोगी प्यालेस्टाइन इस्लामिक जिहाद ले सम्झौतामा पुग्ने दिशामा “सकारात्मकता“ व्यक्त गरेको छ ।

यो प्रस्तावलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि समर्थन गरेको छ । जसमा सुरुमा ६ साता युद्धविराम हुने र दोस्रो चरणमा यो युद्धविरामलाई स्थायी बनाइने बताइएको छ ।

यसबाहेक गाजामा निर्माण कार्य पुनः सुरु गर्ने कुरा पनि भएको छ । अमेरिकासँगै हमास र इजरायलबीच मध्यस्थता गरिरहेका कतार र इजिप्टले पनि हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया दिएको बताएको छ ।

मंगलबार साँझ एक विज्ञप्तिमा, हमासले गाजामा युद्ध “पूर्ण रूपमा रोक्न“ को लागी आह्वान गरेको छ ।

हमास र पीआईजेले भने, “यो प्रतिक्रियाले हाम्रा प्यालेस्टिनी जनताको हितलाई प्राथमिकता दिन्छ र हामी गाजामा जारी आक्रमणलाई पूर्ण रूपमा रोक्न जोड दिन्छौ ं।“ दुवै समूहले भने कि उनीहरू “यो युद्ध अन्त्य गर्ने सहमतिमा पुग्न सकारात्मक रूपमा वार्ता गर्न तयार छन् ।“

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले हमासले प्रतिक्रिया दिएको र अमेरिकी अधिकारीहरूले उनीहरूको प्रतिक्रियाको “मूल्याङ्कन“ गरिरहनु “उपयोगी“ भएको बताउनु भएको छ ।

गाजामा चलिरहेको युद्धमा अहिले सम्म ३७ हजार बढिको मृत्यु भइसकेको छ ।

युद्धबिरामको प्रस्तावप्रति हमास सकारात्मक , दिगो बनाउन इजरायलको प्रतिबद्धता आवश्यक





Source link

Leave a Comment