टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले जित्यो टस



प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले जित्यो टस

आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत केहीबेरमा नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले टस जितेको छ । नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ गर्नेछ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु हुनेछ ।

टस हारेपछि  नेपालका कप्तान रोहित भने, ‘यो हाम्रा लागि सबैभन्दा ठूलो अवसर हो र १० वर्षपछि हामी यहाँ खेलिरहेका छौं । यो हाम्रो लागि सपना साकार हुने क्षण हो। हाम्रो पहिलो लक्ष्य आजको खेल जित्नु र त्यसपछि एक पटकमा एक खेल लिनु हो। टसले धेरै फरक पर्दैन, यदि हामीले राम्रो क्रिकेट खेल्यौं भने हामी जुनसुकै पक्षलाई हराउन सक्छौं।”

डलासमा रातभर भारी वर्षा भएकाले टस केहीबेर ढिलो भएको हो । वर्षा रोकिएपनि मैदान भिजेकाले अम्पायरहरू ग्राउन्ड स्टाफलाई तयारीका लागि अलि बढी समय दिन चाहेकाले खेल ढिलो भएको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको थियो । त्यसकारण मंगलबार नेपाल भिड्दा १० वर्षपछि विश्वकपमा फर्कनेछ ।समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । सुपर ८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ ।

समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ । ग्राण्ड प्रेरीमा जारी टी २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ । डालास क्षेत्रमा नेपाली समुदायको बस्ती रहेकाले ग्रान्ड प्रियरी मैदानमा नेपालका हजारौं समर्थक आउने अनुमान गरिएको छ।

नेदरल्यान्ड्स ७ महिनाअघि भारतमा भएको एकदिवसीय विश्वकप खेल्ने एक्लो एसोसिएट टोली हो । दुई वर्षअघि उसले टी २० विश्वकप पनि खेलेको थियो । तीन महिनाअघि नेदरल्यान्ड्स, नेपाल र नामिबियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा टी २० सिरिज र लिग २ अन्तर्गतको एकदिवसीय सिरिज खेलेका थिए ।

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले जित्यो टस

नेदरल्याण्ड्सका प्रशिक्षक रयान कुकले वर्तमान समयमा नेपाल राम्रो टिम भएको बताउँदै विश्वकपका हरेक खेल ठुलो र महत्वपुर्ण खेल हुने बताएका छन् । नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताएका छन ।

नेपाल र नेदरल्यान्ड्सबीच टी २० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

रोहित पौडेल (कप्तान) , आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी ।





Source link

Leave a Comment