महामन्त्री थापाको सुदूरपश्चिम तराईकेन्द्रित ‘संवाद यात्रा’ आजबाट


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत गरिरहेको ‘संवाद यात्रा’आजबाट चार दिन (वैशाख १–४ गते) पुनः सुरु गरिरहेका छन्। थापाले आज बाँकेदेखि यात्राको थालनी गर्दै पश्चिम तराईका बर्दिया, कैलाली र कञ्चनपुरसम्म यात्रा गर्ने जनाएका छन्।

यात्रामा क्रममा थापाले नयाँ वर्षको शुभकामना साटासाट गर्दै जनता र पार्टीका नेताकार्यकर्तासँग संवाद र भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट सुरु गरेको संवाद यात्रा पहिलो चरणमा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म आएर रोकिएको थियो। त्यसपछि दोस्रो चरणमा गएको चैत १५ देखि १७ सम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेसम्म पुगेका थिए।

प्रकाशित: १ वैशाख २०८१ १४:१९ शनिबार





Source link

Leave a Comment