रास्वपाको काउन्टर मागः २०४७ यताका सबै सांसद माथि छानबिन गर्न उच्चस्तरीय समिती


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग राखेर नेपाली कांग्रेसलाई काउन्टर दिएका छ।

रास्वपाले २०४७ यताका सबै सांसदहरु माथि छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र छानबिन समिति’ गठनको माग गरेको हो।

रास्वपा संसदीय दलको मंगलबारको बैठकले उक्त माग राखेको हो। ‘२०४७ सात यताका सबै सांसदहरुको छानबिन गर्न यो समितिको माग गरेका हौं’, रास्वपाका सह–प्रवक्ता मनिष झाले नागरिकन्यूजसँग भने।

नेपाली कांग्रेस रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि रास्वपाले यस्तो माग राखेका हो।

सांसद झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई इंगित गर्दै भने, ‘क्याम्पस बढ्दा र युनियनमा छँदादेखि हिनामिना गरेको पैसाको पनि हिसाब किताब हुनुपर्छ।’ मंगलबारको बैठकले कांग्रेसले राखेको संसदीय छानबिन समितिको मागलाई बिना आधारको रुपमा व्याख्या गरेको छ। 

प्रकाशित: २७ चैत्र २०८० १५:०२ मंगलबार





Source link

Leave a Comment