डढेलो निभाउने क्रममा घाइते भएका एक सैनिकको मृत्यु


हिमाली जिल्ला डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ।

ठूलीभेरी नगरपालिका– ३ मा स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका जुम्ला तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावतको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले पुष्टि गरे।

प्रजिअ दाहालका अनुसार गम्भीर घाइते भएका जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको थियो।

यसअघि आगलागीमा परेका देवीदक्त गण ‘क’ का प्यूठ विजय कोइराला र सिपाही आशिष् बुढालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगन्ज पठाइएको थियो।

डोल्पाको सामुदायिक वनमा केही दिनदेखि डढेलो लागिरहेको छ। आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका थिए।

त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो। तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासि हावा चलेर आगो फैलिँदा उनीहरु निस्किन सकेका थिएनन्।

आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो।

प्रकाशित: २६ चैत्र २०८० २३:०९ सोमबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School