वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आज देशभर नेपाल संवत् ११४७ विविध कार्यक्रमसहित मनाइँदैछ, र नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा ग्रहण गर्दै म्हः पूजा पनि गर्दैछन्।
  • काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन्।
  • राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् शुरू गराएका थिए।

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् ।

काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा यो पर्व मनाउने गरिन्छ ।

तस्वीरहरू–

 





Source link

Translate »