अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो


१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ ।

युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको भाउ भने घटेको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा तोकेको थियो ।

आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा छ । हिजो युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा थियो ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा तोकिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ०७ पैसा तोकिएको थियो ।

अष्ट्रेलियन डलरको भाउ आज भने बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा थियो ।

क्यानेडियन डलरको भाउ आज घटेको छ । राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तोकेको थियो ।

आज सिंगापुर डलरको भाउ बढेको छ । आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको थियो ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर





Source link

Translate »