News Summary
Generated by OK AI. Editorially reviewed.
- मौसम सफा भएपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फुलेका सयपत्रीले तिहारको रौनक बढाएको छ।
- पहेँलो र सुन्तला रङका सयपत्रीले सहरमा चाडपर्व नजिकिएको आभास गराएका छन्।
- तिहारमा घर सजाउन, माला बनाउन र पूजाआजामा सयपत्रीको प्रयोग हुने भएकाले यसको आकर्षण बढेको छ।
९ कात्तिक, काठमाडौं । ढकमक्क सयपत्री फूल फुलेको छ। लहरै हिमाल सेताम्मै छ। सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ। मौसम सफा भएपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लगाइएको सयपत्री फूलले वातावरणलाई थप सुन्दर बनाएका छन्। पहेँलो र सुन्तला रङका फूलहरूले तिहार नजिकिएको आभास गराएका छन्।
तिहारमा घर सजाउन, माला बनाउन र पूजाआजामा प्रयोग गरिने सयपत्री फूलको आकर्षण बढ्दै जाँदा सहरमा चाडपर्वको माहोल देखिन थालेको छ। हेरौं काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट खिचिएको तस्वीरहरू।
