इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद


२५ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यावसायी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहिबार सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा तामाङलाई कैद सजाय र जरिवाना तोकेको हो।

उनलाई ५० हजार रुपैया्ँ जरिवाना तोकेको अदालतले जनाएको छ।

अदालतले तामाङसहित १७ जनालाई दोषी ठहर गरेको हो। जसमा प्रवीणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल र मीना गुरुङ छन्। कसुर अनुसार उनीहरूको सजाय र जरिवाना भने फरक फरक छ ।





Source link

Translate »