एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो


शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएपछि चितवन राइनोज नेपाल प्रिमियर लिग सिजन ३ को प्लेअफमा पुगेको छ।
  • लुम्बिनीले १६७ रनको लक्ष्य अन्तिम बलमा छक्का प्रहार गर्दै ६ विकेट गुमाएर पूरा गरेको छ र ७ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा पुगेको छ।
  • विराटनगर ७ खेलबाट ६ अंक जोडेर लिग चरणबाट बाहिरिएको छ भने सुदूरपश्चिम रोएल्स र काठमान्डु गोर्खाज पनि प्लेअफमा पुगेका छन्।

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो ।

रुबेन ट्रमपलम्यानले दवस्रो अन्तिम बलमा रुपेश सिंहलाई छक्का प्रहार गरेपछि लुम्बिनीले १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीसँगै सुदूरपश्चिम रोएल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो ।

आज लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभएपनि प्लेअफमा स्थान बनाउन सफल भएको छ । हारपछि ७ खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ ।

चितवनले आइतबार कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ । चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन ।

अन्तिम खेलमा जितपछि लुम्बिनी ७ खेलबा६ ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । अब लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो आइतबारको खेलपछि हुनेछ ।

सुदूरपश्चिमले पनि ७ खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले आफ्नो अन्तिम लिग खेल आइतबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । यदी काठमान्डुले उक्त खेल जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र पहिलो क्वालिफायर खेल्नेछ ।

एनपीएलको दोस्रो संस्करणमा प्लेअफ खेलेका चार मध्ये तीन टोली लुम्बिनी, सुदूरपश्चिम र काठमान्डुले तेस्रो संस्करणमा पनि प्लेअफमा स्थान बनाउँदा चितवन दोस्रो पटक प्लेअफ पुगेको हो । चितनवले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो । यस्तै सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टिम बनेको छ ।





Source link

Translate »