इरानी राष्ट्रपतिको दाबी- अमेरिकाविरुद्ध हाम्रो जित विश्वले स्वीकार गरिसक्यो


५ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरान अमेरिकाको तुलनामा बलियो स्थितिमा रहेको बताउँदै अब युद्ध समाप्त गर्ने बेला आएको बताएका छन् । बीबीसी फारसीका अनुसार इरानी राष्ट्रपतिले इरानको जित पूरा विश्वले स्वीकार गरेको बताएका छन् ।

‘पूरा विश्व हाम्रो जित स्वीकार जित स्वीकार गर्छ,’ उनले भनेका छन्, ‘यस कुरामा जोड दिन्छ कि अमेरिकाले सबै नियमविपरीत हाम्रा विद्यालय, अस्पताल र आधारभूत संरचनामाथि हमला गरेको छ । विश्वभरि उसलाई घृणा गरिँदै छ ।’

राष्ट्रपति पेजेस्कियानले अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको सम्झौतालाई एक ठूलो उपलब्धी रहेको पनि बताएका छन् । उनले सम्भावित आक्रमणका अगाडि आत्मसमर्पण नगरिने पनि बताएका छन् ।

‘यसमा केही सन्देह छैन कि हामी कुनै पनि तवरले दादागिरीअगाडि झुक्नेछैनौं । हामी आफ्नो अन्तिम साससम्म उनीहरूविरुद्ध खडा रहन्छौं र जोडदार जवाफ दिनेछौं,’ पेजिस्कियानले भनेका छन् ।





Source link

Translate »