News Summary
Generated by OK AI. Editorially reviewed.
- विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपित व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ ।
- अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बयान र थुनछेक बहसपछि दुवै अभियुक्तलाई थुनामा पठाउने निर्णय गरेको हो ।
- पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोही मुद्दामा साधारण तारिखमा छाड्न आदेश दिइए पनि अन्य दुई आरोपितलाई भने थुनामा राखिएको छ ।
२७ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।
दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।
पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अरु दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो ।