Bee Propolis 30ml प्रोपोलिस (मौरी चोप)
Original price was: ₨ 2,470.00.₨ 2,265.00Current price is: ₨ 2,265.00.
Bee Propolis 30ml प्रोपोलिस (मौरी चोप) विभिन्न वनस्पतिहरूको रस, चोप र मौरीले आफ्नो ग्रन्थी (Gland) बाट निस्कने तत्वहरू मिसाएर तयार पारेको एक विशिष्ट खाद्य वस्तु हो। मौरीले यसको प्रयोग आफ्नो घारलाई संक्रामक जीवाणु, ब्याक्टेरिया, वर्षा र चिसोबाट बचाउनुका साथै घारलाई मजबुत बनाउन गर्दछ। यसमा प्रचुर मात्रामा प्राकृतिक एन्टिबायोटिक, एन्टिब्याक्टेरियल, एन्टिफङ्गस, एन्टिट्युमर र एन्टिअक्सिडेन्ट गुणहरू पाइन्छन्।
(Propolis (bee pollen) is a unique food product prepared by mixing the sap of various plants, pollen, and substances secreted by bees from their glands. Bees use it to protect their hive from infectious germs, bacteria, rain, and cold, as well as to strengthen the hive. It is rich in natural antibiotic, antibacterial, antifungal, antitumor, and antioxidant properties.)
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
- रक्त कोषिका र शरीरका कोषहरूको सुरक्षा गर्छ
- रुघाखोकी, सर्दी र विभिन्न संक्रमणबाट बचाउँछ
- मुख, दाँत, गिजा र घाँटीको स्वास्थ्यमा सहयोग गर्छ
- क्यान्सरको जोखिम कम गर्न सहयोग पुर्याउँछ
- ग्यास्ट्रिक, अल्सर र पाचन समस्यामा राहत दिन्छ
- मधुमेह, रक्तचाप, बाथ र पक्षघातमा सहयोगी
- घाउ छिटो निको पार्न र छालाको सुरक्षा गर्न मद्दत गर्छ
- प्राकृतिक एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण
- समग्र स्वास्थ्य र तन्दुरुस्तीलाई प्राकृतिक रूपमा समर्थन गर्छ
Description
Bee Propolis 30ml प्रोपोलिस (मौरी चोप) मौरीले विभिन्न वनस्पतिका कली, बोक्रा तथा पातबाट संकलन गरेको प्राकृतिक रस (रेजिन) लाई आफ्नै ग्रन्थिबाट निस्कने तत्व र मौरीको मोमसँग मिसाई तयार गर्ने एक विशेष प्राकृतिक पदार्थ हो। मौरीले यसलाई आफ्नो घारलाई मजबुत बनाउन तथा जीवाणु, ब्याक्टेरिया, फङ्गस, वर्षा, चिसो र अन्य बाह्य संक्रमणबाट सुरक्षित राख्न प्रयोग गर्छ।
प्रोपोलिसमा प्राकृतिक एन्टिबायोटिक, एन्टिब्याक्टेरियल, एन्टिफङ्गल, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट तथा एन्टिट्युमरजस्ता जैविक सक्रिय गुणहरू प्रशस्त मात्रामा पाइन्छन्। यही कारणले यसलाई स्वास्थ्य संरक्षण र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी प्राकृतिक पदार्थका रूपमा व्यापक रूपमा चिनिन्छ।
Bee Propolis 30ml प्रोपोलिस (मौरी चोप)
प्रोपोलिस सेवनका मुख्य फाइदाहरू:
- रोग प्रतिरोधात्मक क्षमता र कोषिका सुरक्षा: यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ, रक्त कोषिकालाई मजबुत बनाउँछ र ‘स्टिम सेल’ (Stem Cell) लाई नष्ट हुनबाट बचाउँछ।
- संक्रमण विरुद्ध सुरक्षा: चिसो, सर्दी, रुघाखोकी, टन्सिल, र कान तथा आँखाको इन्फेक्सनमा निकै प्रभावकारी छ।
- मुख र दाँतको स्वास्थ्य: मुखका घाउ, दाँतको समस्या, घाँटीको खसखस र गिजाको रक्षा गर्दछ।
- क्यान्सर रोकथाम: यसले प्रोस्टेट, स्तन, फोक्सो, कोलन र पेटको क्यान्सर जस्ता घातक रोगहरू रोक्न मद्दत गर्दछ।
- पाचन र पेटको स्वास्थ्य: ग्यास्ट्रिक, अल्सर, फुड प्वाइजनिङ र झाडापखालामा राहत दिन्छ।
- दीर्घरोगमा सहयोगी: सुगर (मधुमेह), रक्तचाप, बाथ रोग र पक्षघात (Paralysis) भएका बिरामीहरूका लागि फाइदाजनक छ।
- घाउ र छालाको उपचार: शरीरका घाउहरू छिटो निको पार्न र छाला सम्बन्धी विभिन्न रोगहरूबाट बचाउन मद्दत गर्दछ।
प्रयोग गर्ने विधि:
- दैनिक प्रयोग: एक गिलास मनतातो पानीमा १० देखि १२ थोपा प्रोपोलिस मिसाउनुहोस्।
- सेवन गर्ने तरिका: यसलाई चिया जस्तै चुस्की लिएर पिउनुहोस् वा स्वास्थ्य विज्ञको सल्लाह अनुसार प्रयोग गर्नुहोस्।
विशेष ध्यान दिनुपर्ने कुराहरू (सावधानी):
- रगत पातलो बनाउने औषधि: यदि तपाईंले रगत पातलो बनाउने औषधि (Blood Thinners) खाइरहनुभएको छ भने यसको सेवन नगर्नुहोस्।
- निम्न रक्तचाप (Low BP): रक्तचाप कम हुने व्यक्तिहरूले यसलाई थोरै मात्रामा र खाना खाएपछि मात्र सेवन गर्नुहोस्।
- मिर्गौला सम्बन्धी समस्या: यसको सेवनपछि पानी बढी पिउनुपर्ने हुन्छ, त्यसैले मिर्गौला फेल भएका वा ट्रान्सप्लान्ट गरेका व्यक्तिहरूले यसको प्रयोग नगर्नुहोला।
- अन्य अवस्था: शरीरमा कुनै पनि विद्युतीय वा अन्य उपकरण जडान गरेका व्यक्तिहरूलाई यो नदिनुहोस्। Read More
नोट: यो कुनै औषधि होइन, यो मौरीजन्य एक विशिष्ट प्राकृतिक पोषक आहार (Nutritional Supplement) मात्र हो।
You must be logged in to post a review.







Reviews
There are no reviews yet.