खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु


भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।

मृत्य हुनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए।

भैरबी –३ का वडा सदस्य कल्पना विकले भैरबी –३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधन भएको बताए।

प्रकाशित: १५ चैत्र २०८० २०:४८ बिहीबार





Source link

Leave a Comment