प्रकाशित मिति : २४ असार २०८३, बुधबार
Photo:Dan Dennis/ Unsplash
फ्लोरिडाका एक संघीय न्यायाधीशले डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीलाई मतदाता नामावलीमा रहेका मानिसहरूको नागरिकता स्थिति जाँच गर्न चारवटा रिपब्लिकन नेतृत्वका राज्यहरूलाई एउटा आप्रवासन डेटाबेसको पहुँच पुनः उपलब्ध गराउन आदेश दिएका छन्। यसअघि अर्का एक न्यायाधीशले सो डेटाबेसको देशव्यापी प्रयोगमा रोक लगाएका थिए।
पेन्साकोलाका अमेरिकी जिल्ला न्यायाधीश टी. केन्ट वेथरेल द्वितीयले मंगलबार एक फैसला सुनाउँदै वासिङ्टन डी.सी.की जिल्ला न्यायाधीश स्पार्कल सुकनाननको जुन २२ को निर्णयबारे आफू सचेत रहेको बताए। न्यायाधीश सुकनाननले देशव्यापी रूपमा सामाजिक सुरक्षा नम्बर र नागरिकताको स्थिति समावेश भएको परिमार्जित डेटाबेसको प्रयोग रोक्न आदेश दिएकी थिइन्।
तर, ट्रम्प प्रशासनद्वारा नियुक्त न्यायाधीश वेथरेलले सुकनाननको आदेशको पालना गर्ने बहानामा फ्लोरिडा, ओहायो, आयोवा र इन्डियाना राज्यहरूको पहुँच बन्द गरेर होमल्यान्ड सेकुरिटीले पुरानो सम्झौता उल्लंघन गरेको जिकिर गरे। ट्रम्प प्रशासनले ती राज्यहरूसँग प्रणालीलाई आधुनिक बनाउन सम्झौता गरेको थियो।
यता, बाइडेन प्रशासनद्वारा नियुक्त न्यायाधीश सुकनाननले भने यो प्रणाली त्रुटिपूर्ण रहेको र यसले वैध मतदाताहरूको अधिकार खोस्ने जोखिम रहेको भन्दै यसको प्रयोगमा रोक लगाएकी थिइन्।
दुई न्यायाधीशका विरोधाभासी आदेशले गर्दा अमेरिकी होमल्यान्ड सेकुरिटी कुन आदेश पालना गर्ने भन्ने धर्मसंकटमा परेको छ।