लागूऔषध सहित देशका विभिन्न स्थानबाट २५ जना समातिए


अवैध लागूऔषध सहित प्रहरिले देशका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत सिलगुडी चम्पासरी दार्लिङ बस्ने ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ५३०४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने ३८ वर्षीय माधव केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९७ ग्राम ८ सय १० मिलिग्राम सहित मायादेवी गाउँपालिका-६ दुर्गौलिया घर भएका ३४ वर्षीय जगदिश यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय राहुल तिरूवा र १९ वर्षीय सुरेश खनाल रहेका छन्। प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-६ बस्ने २३ वर्षीय प्रमेश थारूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय अर्जुन ऐडी रहेका छन्। प्रहरी चौकी कालाकुण्डा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २ किलो ९५ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका संचालक सोही ठाउँ बस्ने डडेल्धुरा घर भएका ४५ वर्षीय शंकर कुमार शाही र धनगढी उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर घर भएका ५२ वर्षीय मिन राज भट्ट रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सेकुवा सेन्टर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

गोरखा, गण्डकी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ जट्टार बस्ने २२ वर्षीय गोविन्द चेपाङ र चितवन इच्छाकामना गाउँपालिका-३ चुमखोला बस्ने ४० वर्षीय उत्तर कुमार गुरूङ रहेका छन्। प्रहरी चौकी भुम्लिचोकबाट खटिएको प्रहरीले बा.८४ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

बाँके, डुडुवा गाउँपालिका-२ बाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५ ग्राम ७ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय राजेन्द्र लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दार्चुला, महाकाली नगरपालिका-९ बेतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित मालिकार्जुन गाउँपालिका-१ भर्तोला बस्ने २६ वर्षीय मनिष सामन्तलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम २ सय मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ शिवधारा घर भएका ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबाज सिदी रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटा, सहिदभूमि गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सोही गाउँपालिका-६ बस्ने २९ वर्षीय पर्वत कार्की, सोही गाउँपालिका-३ बस्ने २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राई रहेका छन्। इलाका प्रहरी कार्यालय छिन्ताङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८९ ग्राम ७ सय २० मिलिग्राम सहित भारत पश्‍चिम बंगाल बनिहारी दक्षिण दिनाजपुर गंगारामपुर बस्ने ३२ वर्षीय चंचल सिकदारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित झापा कमल गाउँपालिका-५ बस्ने २८ वर्षीय पुजन थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २९६५ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: १४ असार २०८३ १९:४५ आइतबार





Source link

Leave a Comment