रास्वपाप्रति ओलीको टिप्पणी: नयाँ पार्टी विचारले नयाँ छैन


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विचार नभएको पार्टीका रुपमा चित्रण गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए। ‘नयाँ पार्टी विचारले नयाँ छैन,बरु नेकपा एमालेले गरेका कामहरु चोरी गर्ने काममा लाग्या छन्।’ उनले भने।

उनले चित्रकलाको प्रतिस्पर्धालाई उदाहरण बनाउँदै नयाँ भनिएकाहरू प्रतिष्पर्धामा आएको तर क्यान्भास् खालि रहेको उल्लेख गरे। ‘नयाँ पार्टीहरूलाई आफ्नो चित्र (विचार) माग्दा पुरानाहरू छोडिदिन र नयाँ चित्र बनाउँछौ मात्रै भन्ने गरेको तर चित्र के बनाउने भन्ने नै अनविज्ञ छ’ उनले भने।

अध्यक्ष ओलीले नयाँ पार्टीका प्रतिवद्धताहरु पनि उस्तै रहेको जिकिर गरे। पुराना पार्टीहरूको विचार हेरेर नयाँ कोर्ने प्रयास गरिरहेको पनि उनको भनाइ थियो। उनले नेपाली कांग्रेसलाई थोत्रो पार्टीको रुपमा चित्रण गरे।

प्रकाशित: १३ चैत्र २०८० २०:५९ मंगलबार





Source link

Leave a Comment