समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यक: मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजवाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छिन्।

समाजवादी मोर्चा नेपाल घोराही उपमहागरपालिका–१७ र १८ को संयुक्त वडा भेलालाई आज सम्बोधन गर्दै उनले  मुलुकमा राजनीतिक स्थिरता कायम गरी संविधान तथा राजनीतिक व्यवस्था सुदृढ बनाउन आग्रह गरिन्।

‘देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निर्माण भएको समाजवादी मोर्चालाई स्थापित गराइने छ।’ उनले भनिन्।

उनले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणतर्फ अगाडि बढ्नेमा जोड दिइन्।

‘समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो छ।’ उनले भनिन्।

भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उनले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई माओवादी पार्टीले प्राथमिकतामा राखेकाले जिकिर गरिन्।

प्रकाशित: १३ चैत्र २०८० २३:०१ मंगलबार





Source link

Leave a Comment