काठमाडौं । शपथग्रहण गरेको १२ दिन बितिसक्दासमे त प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले संसद्लाई सम्बोधन गरेका छैनन् । आगामी २९ चैतमा जारी अधिवेशन अन्त्य गरी बजेट अधिवेशन डाक्ने तयारीमा सरकार छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ चैतमा संसद्लाई सम्बोधन गर्ने कार्यतालिका छ ।
तर, अहिलेसम्म शाहले प्रधानमन्त्रीका हैसियतमा संसद्लाई सम्बोधन गर्ने र प्रश्नोत्तर गर्ने तालिका सार्वजनिक भएको छैन । विगतमा प्रधानमन्त्री नियुक्ति भएलगत्तै संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन थियो । त्यसो त, प्रधानमन्त्री शाहले सातवटै प्रदेशका सांसदसँगको भेटमा समेत आफ्ना कुरा राखेनन् । उनले संसद् र रास्वपा संसदीय दलको बैठकमा पनि सम्बोधन गरेका छैनन् ।
जुन संसदीय दलले उनलाई दलको नेता बनायो, त्यही संसदीय दलमा उनले सम्बोधन गरेका छैनन् । गत १२ चैतमा सांसद र १३ चैतमा प्रधानमन्त्रीको शपथ लिएका शाहले यसबीच पटकपटक मन्त्रिपरिषद् बैठक राखेर विभिन्न निर्णय गराइसकेका छन् । संसद्को जारी अधिवेशन अन्त्य हुँदै छ । बजेट अधिवेशन बोलाउन ढिलाइ हुने कारण देखाउँदै सरकारले अधिवेशन अन्त्य गर्न लागेको हो ।
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै सरकारको काम, गतिविधि, आउने दिनमा सरकारले गर्न खोजेको विविध कामलगायत’bout जानकारी दिने चलन रहँदै आएको छ । सरकारले २९ चैतभित्र संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । त्यसअघि २७ चैतमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
अधिवेशन अन्त्यअघि संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले बुधवार सूचना जारी गर्दै राष्ट्रपति पौडेलले सम्बोधन गर्ने’bout जानकारी गराएका छन् ।
उपसभामुख निर्वाचन कार्यतालिका
प्रतिनिधिसभा उपसभामुख पदको निर्वाचन शुक्रबार हुँदै छ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा नियमावलीबमोजिम उपसभामुख पदको निर्वाचन शुक्रबारका लागि तोकेका हुन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन् ।
उनले उपसभामुख निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् । त्यसअनुसार उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २७ चैतमा बोलाइएको छ ।
सभामुखमा रास्वपा उपाध्यक्ष (अहिले राजीनामा) अर्याल निर्विरोध निर्वाचित भएका थिए । संविधानअनुसार सभामुख र उपसभामुख फरकफरक लिंग र फरकफरक दलको हुनुपर्ने व्यवस्था भएकाले ‘कसले पाउने हो म संस्कृति पार्टीलाई ?’ भन्ने विवाद देखिएको छ ।
त्यसो त, संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाले समेत उपसभामुखमा दाबी गरिरहेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शाह श्रम संस्कृति पार्टीलाई र रास्वपा सभापति रवि लामिछानेले राप्रपालाई उपसभामुख दिनुपर्ने पक्षमा उभिएका कारण निर्णय गर्नमा ढिलाइ भएको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रधानमन्त्री शाहको तर्फबाट कृषि तथा पशुपक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गरिन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गरेका थिए ।
रास्वपा–एमाले टसल
बैठकमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विषयमा रास्वपा र एमालेबीच नोकझोक चलेको छ । रास्वपाका सांसद पुरुषोत्तम यादवले राखेको धारणालाई एमाले सांसद गुरु बरालले नियमापत्ति जनाए । ‘आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दिएको’ उनले बताए । ‘हाम्रो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेर अपराधीको संज्ञा दर्ज गर्नुभयो ।
अपराधी करार गर्ने संसद् होइन । अपराधी न्यायालयले करार गर्छ । न्यायालय प्रभावित हुन्छ,’ उनले भने, ‘धामीझाँक्रीको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्धविश्वासको विश्वास गर्ने ठाउँ होइन ।’ उनले एमाले संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’प्रति पनि अपमान गरेकाले शब्द रेकर्डबाट हटाउन माग गरे ।
एमाले सांसदको नियमापत्तिपछि आफ्नो ध्यानाकर्षण भएको सभामुख अर्यालले जानकारी गराए । रास्वपा सांसद यादवले एमाले संसदीय दलका नेता बादललाई भूतले छलेको भन्दै झाँक्री व्यवस्था गर्न सरकारसँग माग गरे । बैठकको शून्य समयमा बोल्दै सांसद यादवले ‘ओलीलाई छलेको भूतले बादललाई पनि छलेको’ भन्दै झाँक्री व्यवस्था गर्न माग गरे । ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई छलेको देखिन्छ ।
त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, भूत झार्ने झाँक्री व्यवस्था गरियोस्,’ उनले भने, ‘जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने, अस्पतालको बेडमा छ । कुविचार यो संसद्मा पठाउँदै छ ।’ जेनजी आन्दोलनबाट उदाएका सांसद यादवले जेनजी आन्दोलन न्यायका लागि भएको दाबी गरे । यादव र बरालको यस्तै अभिव्यक्तिले संसद्मा ठाउँ पाएका हुन् ।
विशेष समयमा दलीय आधारमा बोल्दै रास्वपा सांसद लीमा अधिकारीले नयाँ सरकारले चालेका सुधारात्मक कामको प्रशंसा गर्दै समग्र आर्थिक विकासको नयाँ आयाम दिन सरकार सफल हुनुपर्ने बताइन् । उनले ‘अब जनतालाई आश्वासन र भागभण्डा होइन, डेलिभरी चाहिने भएकाले त्यसअनुसार सबैले काम गर्नुपर्ने’मा जोड दिइन् । रास्वपाका अर्का सांसद जगदीश खरेलले सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच भएको सम्झौता अक्षरशः पालना हुनुपर्नेमा जोड दिए ।
रास्वपाकै समीक्षा बास्कोटाले उच्चसम्भावना भएको कर्णाली प्रदेशलाई उपेक्षामा नराख्न आग्रह गरिन् । कांग्रेसका जनकराज गिरीले जमुनादेखि हिल्सा हुँदै मानसरोवरसम्मको त्रिदेशीय मार्ग स्तरोन्नति गर्नसके बाजुराको पर्यटन, रोजगारी र स्थानीय उत्पादन वृद्धि हुने बताए । सेती लोकमार्ग निर्माण अलपत्र परेकाले उनले सिघ्र निर्माणमा जोड दिए । कांग्रेसकै सन्दीप रानाले खेतीयोग्य जमिनमा सिँचाइ अभाव हुने समस्या समाधान गर्न आग्रह गरे ।
एमालेका यज्ञबहादुर बोगटीले राज्यले अछामलाई पिछडिएको क्षेत्र घोषणा गरे पनि त्यहाँका जनता शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या खेपिरहेको बताए । विदेशमा गएर रोजगारी गर्न बाध्य नागरिकलाई फर्काएर स्वदेशमै रोजगारी दिन र पहाडी जिल्लाका सडक स्तरोन्नति र निर्माण ध्यान दिन आग्रह गरे ।
एमालेका साजिदा खातुन सिद्धिकीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको र एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई विधिविपरीत हिरासतमा लिइएको आरोप लगाइन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रमा बिचौलिया र नवउदारवाद हाबी भएको र वैदेशिक ऋणमा निर्भरता कायम रहेकाले आत्मनिर्भर अर्थतन्त्र विकासको जोड दिए ।
सबै भ्रष्टाचार प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न उनले आग्रह गरिन् । श्रम संस्कृति पार्टीका रुवी कुमारीले मधेश प्रदेशमा ‘दहेज’, युवाको बेरोजगारीको समस्या समाधान र किसानका लागि सिँचाइ, मल र उचित सुविधा दिन आग्रह गरिन् । राप्रपाका भरत गिरीले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माणका लागि भारतसँग भएको सम्झौताबमो जिम स्थानीय सरकारको करको बाधा हटाएर छिटो कार्य प्रारम्भ गर्नुपर्ने माग गरे ।
(Visited 58 times, 1 visits today)
