आईपीएलमा आज पञ्जाब र बैङ्गलोर भिड्दै


१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। बैङ्गलोर र पञ्जाबबीचको खेल राति ७ः४५ बजे बैङ्गलोरस्थित एक चिन्नास्वामी स्टेडियममा हुनेछ।

जारी सिजनमा बैङ्गलोर आफ्नो पहिलो खेलमा पराजित भएको थियो भने पञ्जाबले विजयी सुरुआत गरिसकेको छ। 

फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोर आजको खेलमा भने जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ भने शिखर धवनको कप्तानीमा रहेको पञ्जाबले आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ।

प्रकाशित: १२ चैत्र २०८० ०८:२८ सोमबार





Source link

Leave a Comment