बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त



प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार

बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त

नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।

राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार, नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्दै शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो। नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार नै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६ को उपधारा (१) प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो। मधेसी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो।

काठमाडौं महानगरको प्रमुख (मेयर) पदबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नं. ५ बाट एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका थिए।





Source link

Leave a Comment