काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐ तिहासिकरूपले शान्त र सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा ५८.५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो परिणाम २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचन र त्यसयताका आमनिर्वाचनहरूमा सबैभन्दा कम प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।
५८.५८ प्रतिशत खस्यो भोट
२०४८ यताका निर्वाचनमा सबैभन्दा कम २०६४ सालको संविधानसभा निर्वाचनमा ६१ दशमलव ७० प्रतिशत मत खसेको थियो भने २०७९ को आमनिर्वाचनमा ६१ दशमलव ८५ प्रतिशत प्रतिशत मतदान भएको थियो । सबैभन्दा बढी २०७० को संविधानसभा निर्वाचनमा ७८ दशमलव ७४ प्रतिशत मतदान भएको थियो भने सबैभन्दा कम २०१५ को आमनिर्वाचनमा ४२ दशमलव १८ प्रतिशत मतदान भएको थियो ।
देशभरि कुल २३ हजार १ सय १२ मतदान केन्द्र र १० हजार ९ सय ६७ मतदानस्थल तोकिएका थिए । यसपटक निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए । गत आमनिर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको थियो । यो मत कूल खसेको मतको ९४ दशमलव ९४ प्रतिशत हो ।
गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी पुस्ताद्वारा आह्वान गरिएको आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरी नागरिक सरकार गठन भएपछि भएको यो निर्वाचनमा जेनजी पुस्ताको सहभागिता अपेक्षाकृत नभएको विभिन्न मतदान केन्द्रहरूमा देखिएको मतदाताको सहभागिताले देखाएको छ । जेनजी आन्दोलनपश्चात् राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्ति भएकी सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको हो ।
प्रधानमन्त्री कार्कीले देशैभर कुनै पनि मतदान केन्द्रमा कुनै पनि अप्रिय घटना नभई शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा आङ्खनो कर्तव्य पूरा भएको बताइन् । प्रधानमन्त्री कार्कीले काठमाडौं–५ को धापासीस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गरी लोकतन्त्रलाई ट्र्याकमा ल्याउन नेपाली नागरिक सफल भएको प्रतिक्रिया दिएकी छन् ।
मूल दायित्वमा कार्कीलाई अभूतपूर्व सफलता
संसद्बाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवयुवाहरूले आह्वान गरेको जेनजी आन्दोलनले विस्थापित गर्दै निर्माण भएको कार्की नेतृत्वको सरकारले गरेको निर्वाचन अन्तिम सातासम्म पनि हुन्छ कि हुन्न भन्ने आशंका र बहिष्कारका अनेक प्रयासबीच पनि सफल भएको छ । विगतका निर्वाचनमा विभिन्न बहानामा हुने झडपका क्रममा मतदाताले ज्यानसमेत गुमाउने गरेकामा यसपटक एकजना घाइतेसमेत नभई निर्वाचन सम्पन्न भएको छ । विगतका निर्वाचनमा जस्तो यसपटक कुनै उम्मेदवारको निधनसमेत नभएका कारण मतदान स्थगित गर्नु परेन ।
दोलखालगायत केही स्थानमा सामान्य विवादका कारण केही समय मतदान स्थगित भए पनि बिहीबार नै ती स्थानमा समेत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तोकिएको कार्यभार पूरा गरी निर्वाचित नेतृत्वलाई सरकार हस्तान्तरण गर्ने अवसर प्राप्त भएकोमा प्रधानमन्त्री कार्की र मन्त्रीपरिषद् का सदस्यले आफूहरूको ऐतिहासिक सफलता भएको बताएका छन् ।
प्रधानमन्त्री र सरकारको भिजनअनुसार एक लाठी पनि नचलाई शान्तिपूर्ण रूपमा ऐतिहासिक ढंगले निर्वाचन सम्पन्न भएको गृहसचिव राजकुमार श्रेष्ठले दाबी गरे । विगतका निर्वाचनहरूमा कतिपय मतदान केन्द्रमा हुने झडप तथा मतदान अवरोधका घटना यसपटक कतै पनि नदेखिएको र सुरक्षा संयन्त्रले कतै पनि बल प्रयोग गर्न ु नपरेको ऐतिहासिक अवसर भएको श्रेष्ठले बताए ।
निर्वा चन आया ेगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजे सबै मतदान केन्द्रमा मतदान सुरु भई साँझ ५ बजे सम्पन्न भएको छ भने दोलखाको मालु मतदान केन्द्रमा विवादका कारण केही समय स्थगन भएको मतदान पनि साँझ सम्पन्न भएको छ । देशैभरका निर्वाचन क्षेत्रहरूमा शान्तिपूर्ण निर्वाचन भए पनि दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद भएको थियो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र एकजना छन् । प्रतिनिधिसभा निर्वाचनमा ६१ वटा निर्वाचन चिह्नका साथ ६५ वटा राजनीतिक दल सहभागी छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भएको थियो ।
६१ निर्वाचनस्थलका मतपेटिका हेलिकोप्टरबाट संकलन
निर्वाचन आयोगले १५ वटा जिल्लाका ६१ मतदानस्थलका मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थलको मतपेटिका हेलिकोप्टरमार्फत संकलन गरिएको छ । बागमतीका रसुवा, दोलखा र धादिङका गण्डकीका गोरखा र मनाङका हिमाली क्षेत्रका मतपेटिका संकलनमा हेलिकोप्टर प्रयोग गरिएको छ ।
लुम्बिनीको रुकुमपूर्वका ७ वटा मतदानस्थल, कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका ४० वटा मतदानस्थल र सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट संकलन गर्ने आयोगको निर्णय छ ।
कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६ सय ८९
यी स्थानमा हुँदैछ, उपत्यकाको मतगणना
काठमाडौं क्षेत्र
नम्बर १ः सहकारी विभाग
क्षेत्र नम्बर २ः कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नम्बर ३ः चामुण्डा माध्यमिक विद्यालय नारायणटार
क्षेत्र नम्बर ४ः बूढानीलकण्ठ–२ ज्येष्ठ नागरिक
कार्यालय क्षेत्र नम्बर ५ः श्री समाज भवन, टोखा नगरपालिका–५
क्षेत्र नम्बर ६ः तारकेश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नम्बर ७ः जुडो हल नयाँबजार
क्षेत्र नम्बर ८ः जनउद्धार मावि हरिसिद्धी,
काठमाडौं क्षेत्र नम्बर ९ः चन्द्रागिरी नगरपालिका, बलम्बु
क्षेत्र नम्बर १०ः त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुर
भक्तपुर
क्षेत्र नम्बर १ः विद्युत् प्राधीकरण तालिम केन्द्र खरिपाटी
क्षेत्र नम्बर २ः कृषि तालिम केन्द्र बोडे
ललितपुर
क्षेत्र नम्बर १ः गोदावरी नगरपालिका भवन बज्रबाराही
क्षेत्र नम्बर २ः नार्क भवन खुमलटार
क्षेत्र नम्बर ३ः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल
४ स्थानमा मतदान बहिष्कार
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेलको निर्वाचन केन्द्रमा स्थानीयवासीले मतदान बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रूम्दानीका अनुसार विकास निर्माणमा धोका पाएको भन्दै स्थानीयले मतदान बहिष्कार गरेका हुन् । यो मतदान केन्द्रमा ७ सय १ जना मतदाता छन् । प्रदेश सरकारले यो क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने निर्णय गरेर पनि काम सुरु नगरेको विरोधमा मतदाता भोट खसाल्न केन्द्र नगएका हुन् । ‘प्रदेश सरकारले मागेको १ सय ६५ रोपनी जग्गा स्थानीयले सामूहिक रूपमा उपलब्ध गराएको अवस्थामा पछिल्लो समय काम नै बन्द भएपछि स्थानीय रुष्ट भएका हुन्,’ अध्यक्ष रुम्दालीले भने ।
दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा पनि स्थानीयले मतदान बहिष्कार गरेका छन् । दार्चुलाको अपिदुदिला आवासीय विद्यालय, मतदानस्थल र नौगाड गाउँपालिकाको गौरीशंकर माध्यमिक विद्यालय मतदानस्थलमा पनि मतदाताले मतदान बहिष्कार गरेका छन् । यी क्षेत्रमा खटिएका कर्मचारीले मात्र समानुपातिकमा मतदान गरेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिले हालेनन् मत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिले मत हालेनन् । संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नभएको उनीहरूको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पौडेलले यसअघिका गृहजिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको उनका प्रेस सल्लाहकार दिनेश यादवले बताए ।
उनले अघिल्ला निर्वाचनमा बाराको बसबरियास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए । प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू, निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त र आयुक्तहरूसहित सबै संवैधानिक अंग र निकायका प्रमुख तथा पदाधिकारीहरूले पनि आ–आङ्खना मतदान केन्द्रबाट र अस्थायी मतदान केन्द्रबाट मतदान गरेका छन् । निर्वाचनमा प्रतिस्पर्धामा रहेका सबै दलका शीर्षसहितका सबै नेतासहित अधिकांश नेताले पनि आफ्नो मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।
(Visited 168 times, 1 visits today)
