आधुनिक नेपाली चित्रकलाको संस्थागत र वैचारिक आधार २०औं शताब्दी मध्यदेखि स्थापित भएको मानिन्छ । यस सन्दर्भमा नेपालका अग्रज ललित कलाकार लैनसिंह वाङ्देलको भूमिका ऐतिहासिक देखिन्छ । उनले युरोपेली आधुनिकतावादी प्रवृत्तिलाई नेपाली कला क्षेत्रमा परिचित गराए ।
ललितकला अर्थात् चित्रकला मानव सभ्यताको सौन्दर्यबोध, आध्यात्मिकता, सामाजिक संरचना र वैचारिक चेतनाको ऐना मानिआएको छ । विश्व इतिहासमा चित्रकला दृश्य कलाको अभ्यासमात्र नभई सांस्कृतिक शक्ति, राजनीतिक प्रतिरोध र दार्शनिक अभिव्यक्तिको माध्यमका रूपमा विकसित हुन्दै आएको देखिन्छ । समसामयिक विश्व परिवेशमा चित्रकला बहुआयामिक, बहुसांस्कृतिक र विषयकेन्द्रित विमर्शको केन्द्रीय क्षेत्रसमेत बनेको छ । यस परिप्रेक्ष्यमा नेपाली चित्रकलाको ऐतिहासिक विकासक्रम, यसको विश्व कला परिदृश्यमा स्थिति र समसामयिक चित्रकलाको विषयगत प्रवृत्तिको बौद्धिक विश्लेषण गर्न जरुरी देखिन्छ ।
ऐतिहासिक आधार
नेपाली चित्रकलाको जरा प्राचीन धार्मिक र सांस्कृतिक परम्परामा निहित छ । विशेषतः मध्यकालीन नेपालमा विकसित पौभा चित्रकला परम्पराले यसलाई विशिष्ट पहिचान दिएको छ । पौभा चित्र बौद्ध तथा हिन्दू धार्मिक आख्यान, देवदेवी, मण्डल र तान्त्रिक प्रतीकमा आधारित थिए । लिच्छवि र मल्लकालमा विकसित हस्तलिखित ग्रन्थहरूको चित्रणले कलालाई सजावटी माध्यममात्रै नभई धार्मिक अनुष्ठानको अभिन्न अंगसमेत बनायो । यस परम्परामा प्रतीकात्मकता, रङको आध्यात्मिक अर्थ र सूक्ष्म रेखांकन प्रमुख विशेषता थिए । नेपाली पौभा चित्रकला दक्षिण एसियाली थाङ्का परम्परासँग सम्बन्धित भए पनि यसको मौलिकता संरचना, रङ प्रयोग र प्रतीकात्मक समन्वयमा निहित छ । १९औं शताब्दीमा राणा शासनकालसँगै पश्चिमी यथार्थवादी चित्रण शैली प्रवेश भएको मानिन्छ । परिप्रेक्ष्य (पर्सपेक्टिभ), छाया–प्रकाश (चियारोस्कुरो) र यथार्थपरक पोट्र्रेट चित्रण अभ्यास बढ््दै आयो । दरबारकेन्द्रित चित्रकलाले शक्ति र प्रतिष्ठाको प्रतिनिधित्व गर्दै आयो ।
आधुनिक नेपाली चित्रकलाको संस्थागत र वैचारिक आधार २०औं शताब्दी मध्यदेखि स्थापित भएको मानिन्छ । यस सन्दर्भमा नेपालका अग्रज ललित कलाकार लैनसिंह वाङ्देलको भूमिका ऐतिहासिक देखिन्छ । उनले युरोपेली आधुनिकतावादी प्रवृत्तिलाई नेपाली कला क्षेत्रमा परिचित गराए । अमूर्तता, अभिव्यक्तिवाद र प्रतीकात्मक संरचना प्रयोगमार्फत वाङ्देलले परम्परा र आधुनिकताको संवाद स्थापित गरे । यसपछि मनुजबाबु मिश्रले ‘मिथकीय आख्यान’लाई आधुनिक अभिव्यक्तिवादी शैलीमा पुनव्र्याख्या गरे भने शशीविक्रम शाहले संरचनात्मक प्रयोगमार्फत सामाजिक यथार्थ चित्रित गरेको पाइन्छ । नेपालका यी अग्रज कलाकारले नेपाली चित्रकलालाई धार्मिक सीमाभन्दा बाहिर ल्याएर सामाजिक र दार्शनिक विमर्शतर्फ उन्मुख गराए ।
‘अभिव्यक्तिवाद’ विशेष कला आन्दोलन हो, जसको प्रतिनिधित्व युरोपमा एडवर्ड मुन्च र वासिली कैंडिंस्कीजस्ता कलाकारले पनि प्रयोग गरेका थिए । यसमा यथार्थभन्दा बढी भित्री मनोभाव, विकृत आकृति र तीव्र रङ प्रयोग भएका देखिन्छन् । त्यसो त, विश्व चित्रकला २०औं शताब्दीमा आधुनिकतावाद (मोडर्निज्म)बाट उत्तरआधुनिकतावाद (पोस्टमोडर्निज्म) हुँदै समसामयिक कलातर्फ उन्मुख भएको पाइन्छ । आधुनिकतावादले शैलीगत नवप्रयोग र व्यक्तिवादी चेतनालाई प्राथमिकता दियो । विख्यात पाब्लो पिकासोजस्ता कलाकारले रूप विखण्डन र बहुआयामिक दृष्टिकोणमार्फत यथार्थलाई पुनर्परिभाषित गरेको देखिन्छ ।
आधुनिक नेपाली चित्रकलाको संस्थागत र वैचारिक आधार २०औं शताब्दी मध्यदेखि स्थापित भएको मानिन्छ । यस सन्दर्भमा नेपालका अग्रज ललित कलाकार लैनसिंह वाङ्देलको भूमिका ऐतिहासिक देखिन्छ । उनले युरोपेली आधुनिकतावादी प्रवृत्तिलाई नेपाली कला क्षेत्रमा परिचित गराए ।
उत्तरआधुनिकतावादले ‘महाआख्यान’ (ग्रान्ड न्याराटीभ्स)माथि प्रश्न उठाउँदै बहुलता, विखण्डन र सांस्कृतिक सापेक्षतालाई स्वीकार ग¥यो । यसपछि समसामयिक कला विचार र सन्देशकेन्द्रित हुन गयो । समसामयिक विश्व चित्रकला विभिन्न विशेषताले परिचालित देखिन्छ । वैश्वीकरण (ग्लोबोलाइजेसन)अन्तर्गत सांस्कृतिक सीमा कमजोर हुँदै अन्तर्राष्ट्रिय संवाद बढेको छ । अन्तरविषयगतता चित्रकला डिजिटल मिडिया, इन्स्टलेसन र भिडियो कलासँग समाहित हुँदै छ । आप्रवासन, युद्ध, नस्लीय विभेद, लैंगिक असमानताजस्ता विषय ‘राजनीतिक संलग्नता’का रूपमा प्रमुख बनेका छन् । जलवायु परिवर्तन र पारिस्थितिक संकट कला विमर्शको केन्द्रमा पर्यावरणीय चेतना चित्रित हुँदै छन् । यस्तो परिवेशमा कला बजार, संग्रहालय, बिएनाले र अन्तर्राष्ट्रिय प्रदर्शनीले समसामयिक कला संरचनालाई प्रभाव पारिरहेका छन् ।
यता, नेपाली चित्रकलाको उपस्थिति विश्व कला बजारमा सीमित भए पनि दक्षिण एसियाली कला परिदृश्यमा भने मौलिक पहिचानसहित उभिएको छ । यसको प्रमुख विशेषता सांस्कृतिक प्रतीक र आध्यात्मिकता हुन् । नेपाली कलाकारले अन्तर्राष्ट्रिय प्रदर्शनी, बिएनाले र कला कार्यशालामा सहभागिता जनाइरहेका छन् । तर, संरचनागत कमजोरी, सीमित कला बजार र राज्यस्तरीय नीतिगत अस्पष्टताका कारण हाम्रासामु चुनौतीका थुप्रो पनि ठडिएको छ । यसमा निराश भइहाल्ने अवस्था भने देखिँदैन । हामी आशावादी बन्दै छौं र बन्नु पनि पर्छ । डिजिटल प्रविधि र सामाजिक सञ्जालले नेपाली कलाकारलाई विश्व कलापारखीसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि प्रदान गरेका छन् । डायस्पोरा कलाकारको योगदान पनि उल्लेखनीय रहँदै आएको देखिन्छ । यसबाट नेपाली पहिचानलाई विश्व मञ्चमा पुनस्र्थापित गर्न सहयोग पुगिरहेको छ । यस विश्लेषणबाट के देखिन्छ भने नेपाली चित्रकला ‘परिधीय कला’बाट ‘वैश्विक संवादमा सहभागी कला’तर्फ उन्मुख भइरहेको अवस्था छ । हाम्रो मौलिकता नै शक्ति हो, तर यसमा संस्थागत सुदृढीकरण भने अपरिहार्य देखिन्छ ।
विषयकेन्द्रित प्रवृत्ति
समसामयिक चित्रकला शैलीभन्दा बढी विषयवस्तुमा केन्द्रित छ । यसका प्रमुख विषयअन्र्तगत जातीयता, राष्ट्रियता, लैंगिकता र सांस्कृतिक स्मृतिको प्रश्न आजको चित्रकलामा प्रमुख छ । नेपाली सन्दर्भमा जनजातीय पहिचान, मधेशी विमर्श र बहुसांस्कृतिक सहअस्तित्वको प्रश्न चित्रकलामा अभिव्यक्त भइरहेका छन् । विभिन्न जनआन्दोलन, सशस्त्र द्वन्द्व र संक्रमणकालीन अवस्थाले कलाकारलाई गहन रूपमा प्रभाव पारेको लाग्छ । हिंसा, विस्थापन र शान्ति खोज उनीहरूका चित्रहरूको प्रमुख विषय बनेका छन् । हिमालयी क्षेत्रको जलवायु परिवर्तन, हिमनदी पग्लिनु र जैविक विविधताको संकट चित्रकलामा दृश्य प्रतीकका रूपमा देखा परिरहेका छन् ।
त्यस्तै, महिला शरीर, लैंगिक समानता, सामाजिक संरचनामा महिलाको स्थानजस्ता विषयले समसामयिक चित्रकलालाई गहिरो वैचारिक आधार दिएका छन् । परम्परागत धार्मिक प्रतीकलाई पनि आधुनिक शैलीमा पुनर्संरचना गर्ने प्रवृत्ति बलियो छ । यसले परम्परा र आधुनिकताको द्वन्द्वलाई सिर्जनात्मक संवादमा रूपान्तरण गरेको छ । नेपाली चित्रकला ऐतिहासिक रूपमा धार्मिक–सांस्कृतिक परम्परामा आधारित भए पनि आधुनिक र समसामयिक कालमा यसले वैचारिक, सामाजिक र राजनीतिक विमर्शलाई आत्मसात् गरेको देखिन्छ । हुन त, विश्व चित्रकला आज बहुलता, अन्तरविषयगतता र विषयकेन्द्रित विमर्शमा आधारित छ । यो परिवेशमा नेपाली चित्रकलाको शक्ति यसको मौलिक सांस्कृतिक गहिराइ र प्रतीकात्मक परम्परा हो । हाम्रो कमजोरी संस्थागत संरचना र अन्तर्राष्ट्रिय पहुँचको सीमितता देखिन्छ । समसामयिक चित्रकला विशेषतः पहिचान, राजनीति, पर्यावरण, लैंगिकता र प्रविधिकेन्द्रित छ । यस परिवेशमा नेपाली चित्रकलाले आफ्नो परम्परागत मौलिकता जोगाउँदै विश्व संवादमा सक्रिय सहभागिता जनाएमा हाम्रो स्थान अझ सुदृढ र प्रभावशाली बन्ने सम्भावना प्रबल छ ।
नेपाली चित्रकलाको ऐतिहासिक विकासक्रम, विश्व कला परिवेशमा स्थिति तथा समसामयिक चित्रकलाको विषयकेन्द्रित प्रवृत्ति विश्लेषण गर्न जरुरी छ । यस्ता अध्ययनबाट मध्यकालीन पौभा परम्पराबाट आधुनिकतावाद र समसामयिक कलासम्मको रूपान्तरणलाई सैद्धान्तिक ढाँचा बुझ्ने अवसर मिल्छ र हाम्रा सिर्जना अझ परिस्कृत र गहन बन्नेमा आशंका छैन । विशेषतः वैश्वीकरण, पहिचान राजनीति, पर्यावरणीय संकट, लैंगिक विमर्श तथा डिजिटल प्रविधिको प्रभाव केन्द्रमा राखेर नेपाली चित्रकलाको समकालीन अवस्था विश्लेषणमा जोड दिइनुपर्छ ।
नेपाली चित्रकला मौलिक सांस्कृतिक जरा बोकेको भए पनि संस्थागत संरचना, कला बजार र अन्तर्राष्ट्रिय पहुँचका सीमितताले यसको विश्वस्तरीय उपस्थितिलाई प्रभावित गरेको देखिन्छ । तथापि, समसामयिक विमर्शमा यसको सक्रिय सहभागिताले भविष्यमा विश्व कला परिदृश्यमा सुदृढ स्थान बनाउने सम्भावना भने बलियो छ । वैश्वीकरण, समसामयिक कला, पहिचान राजनीति, पर्यावरणीय कला, आधुनिकतावाद चित्रकला मानव सभ्यताको सांस्कृतिक अभिलेखमात्र नभई सामाजिक संरचना र वैचारिक परिवर्तनको संवाहक पनि हो । विश्व कला इतिहासले कला सधैं समयसापेक्ष विमर्शसँग अन्तरसम्बन्धित रहेको देखाउँछ । आधुनिक युगमा चित्रकला शैलीगत प्रयोगकेन्द्रित थियो भने समसामयिक युगमा विषयवस्तु र वैचारिक सन्देशकेन्द्रित देखिन्छ ।
नेपालको सन्दर्भमा चित्रकला धार्मिक परम्परासँग गाँसिएर विकसित भएको देखिए पनि आधुनिककालदेखि सामाजिक यथार्थ र वैचारिक विमर्शतर्फ उन्मुख भएको छ । नेपाली चित्रकलाको ऐतिहासिक आधार, विश्व कला परिवेशसँगको अन्तर्सम्बन्ध र समसामयिक विषयगत प्रवृत्तिलाई समालोचनात्मक दृष्टिले विश्लेषण गर्छ । सैद्धान्तिक रूपरेखाअन्तर्गत यसको आधार आधुनिकतावाद, उत्तरआधुनिकतावाद तथा सांस्कृतिक अध्ययनमा आधारित छ । आधुनिकतावादले व्यक्तिवाद, नवप्रयोग र रूपगत स्वतन्त्रतालाई प्राथमिकता दिएको थियो । उत्तरआधुनिकतावादले ‘महाआख्यान’लाई प्रश्न गर्दै बहुलता र सापेक्षता स्वीकार ग¥यो । यही सन्दर्भमा समसामयिक कला पहिचान, शक्ति संरचना र विमर्शका माध्यमका रूपमा विकसित हुँदै आयो ।
त्यसो त, सांस्कृतिक अध्ययनले कला र समाजबीचको सम्बन्ध अझ बढी गहन रूपमा विश्लेषण गर्छ । यसले कलालाई सामाजिक उत्पादनका रूपमा व्याख्या गर्दै शक्ति, वर्ग, जातीयता र लैंगिक संरचनासँग जोड्छ । नेपालको परिप्रेक्ष्यमा कलाप्रति युवारुचि जागृत हुँदै देखिन्छ । यसको अध्ययन गुणात्मक प्रकृतितिर लम्कँदै छ । ऐतिहासिक दस्तावेज, प्रकाशित कला समालोचना, कलाकारका कृति तथा सैद्धान्तिक साहित्य समीक्षामा विश्लेषण गरिएका कला अझ गहन बन्दै गएको छ । यही रफ्तार र तुलनात्मक पद्दतिमार्फत नेपाली चित्रकला विश्व कलासँग जोडिँदै गएको छ ।
‘चियारोस्कुरो’ प्रयोगमा उदाहरणीय
इटालियन कलाकार कारवागियोले १६औं अन्त्य र १७औं शताब्ती सुरूवातीतिर (१५७१–१६१०) ‘चियारोस्कुरो’ शक्तिशाली रूपमा प्रयोग गरे । उनका चित्रमा पात्र अँध्यारो पृष्ठभूमिबाट उज्यालोतर्फ निस्किएजस्तो देखिन्छन् । कारवागिया ‘बोरक शैली’मा विश्व कलाको सबैभन्दा प्रभावशाली चित्रकारमध्ये एक मानिन्छन् । उनले पनि अनुहारको मनोभाव उज्यालो–छाया सन्तुलनबाट गहिरो बनाएको पाइन्छ । जसमा चियारोस्कुरो (प्रकाश र छाया)को उत्कृष्ट नाटकीय शैलीमा प्रयोग भएको छ । ‘चियारोस्कुरो’ इटालियन शब्द हो । ‘चियारो’ भन्नाले उज्यालो र ‘स्कुरो’ भन्नाले अँध्यारो बुझिन्छ ।
(लेखकको यो निजी विचार हो)
(Visited 7 times, 1 visits today)
