हाम्रोजस्तो कृषिप्रधान देशमा ग्रामीण अर्थतन्त्र सबलीकरण नगरी आमजनताको आर्थिक अवस्थामा सुधार हुन नसक्ने देखिन्छ । ग्रामीण अर्थतन्त्र गाउँको माटो, किसानको पसिना र उत्पादनस“ग जोडिएको हुन्छ । कृषि उत्पादन ग्रामीण समाजको आय, रोजगारी र जीवनस्तरस“ग प्रत्यक्ष रूपमा जाडिन्छ । थियोडोर डब्ल्यू. शुल्ट्ज भन्छन्, ‘कृषि क्षेत्रमा लगानी नगरी गरिबी हटाउने सपना अधुरो रहन्छ ।’
नेपालको सन्दर्भमा थियोडोरको भनाइ अझै मेल खान्छ । ६० प्रतिसतभन्दा बढी मानिस कृषिमा संलग्न भएकाले किसान परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कृषि आधुनिकीकरण, यान्त्रीकीकरण र बजारीकरण अनिवार्य सर्त हुन आउँछन् ।
नेपालको ग्रामीण अर्थतन्त्र आज पनि कृषिमा नै आधारित छ । तुलनात्मक रूपमा कृषि पेसामा संलग्न मानिसको आर्थिक अवस्था कमजोर छ । परम्परागत रूपमा चल्दै आएको कृषि पेसाले किसान परिवारलाई आर्थिक सवालमा सहयोग गर्न सकेको छैन ।
जमिन खण्डीकरण, परम्परागत कृषि प्रणाली, सिंचाई, बजार अभाव, राज्यको कमजोर नीतिलगायत कारण कृषि क्षेत्रबाट किसान परिवारले फाइदा लिन सकेको अवस्था छैन । अमत्र्य सेन भन्छन्, ‘विकासशील देशमा कृषि नै रोजगारी, आम्दानी र खाद्य सुरक्षाको प्रमुख आधार हो ।’ कृषि क्षेत्रको विकास हुन नसक्दा देशमा बेरोजगारी ठुलो समस्याका रूपमा देखिएको छ । मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । खाद्य सुरक्षा दिन प्रतिदिन जोखिममा पर्दै गएको छ ।
कृषि पेसाप्रति शिक्षित युवा आकर्षक हुन सकिरहेका छैनन् । यसको मुख्य कारण हाम्रो शिक्षा प्रणालीमा कृषि शिक्षाको विषयवस्तु समावेश नगरिनु हो । पढेलेखेको जनशक्तिमा कृषि पेसालाई आधुनिकीकरण, यान्त्रीकीकरण,बजारीकरण र व्यापारीकरण गर्ने ज्ञान तथा सीप अभाव छ । बरु, शिक्षित युवा कोरिया, इजरायल, रोमानियालगायता देशमा गएर कृषि क्षेत्रमै श्रमिकका रूपमा काम गरिरहेका छन् । अहिले विदेशबाट चामल, गहुँ, दाल, तरकारी, फलपूmल आदिमा देश परनिर्भर हुनुपरेको छ । यस परनिर्भरताले व्यापार घाटामात्र बढाइरहेको छैन, खाद्य सुरक्षामाथि नै प्रश्न उठाएको छ । यसर्थ, कृषि क्षेत्रलाई आयआर्जनको स्रोत बनाउन जरुरी छ ।
गुन्नार मिर्डलका शब्दमा ‘ग्रामीण विकासको मेरुदण्ड कृषि हो र कृषिको सुधारबिना औध्यागिक विकास पनि टिकाउ हुँदैन ।’ हाम्रोजस्तो कृषिप्रधान देशमा यो क्षेत्र उपेक्षित हुनु आर्थिक रूपमा सुखद संकेत होइन । कृषिलाई जीविकोपार्जनमात्र होइन, सम्मानजनक र नाफामूलक व्यवसायका रूपमा रूपान्तरण नगरेसम्म न ग्रामीण अर्थतन्त्रको विकास हुन सक्दछ, न त कृषि उत्पादनमा आधारित उद्योग फस्टाउन सक्दछन् । न त रोजगारी सिर्जना नै हुन सक्छ ।
थियोडोर डब्ल्यू. शुल्ट्जकै कृषिसम्बन्धी अर्को भनाई पनि अत्यन्त महŒवपूर्ण मानिन्छ । उनले भनेका छन्, ‘कृषकको उत्पादकŒवमा वृद्धि नै ग्रामीण अर्थतन्त्रको सदृढीकरणको मूल सूत्र हो ।’ थियोडोरले भनेजस्तो राज्यले कृषकको उत्पादकŒव बढाउनका लागि पहिलो चरणमा प्रत्येक स्थानीय तहमा आधुनिक कृषि तालिम स्थापना गरी स्थानीय युवा तथा किसानलाई आधुनिक कृषि उत्पादन, पशुपन्छी पालन, तरकारी, फलफूल खेती, माहुरी पालन, रेशम खेती आदिमा पर्याप्त ज्ञान तथा सीप सिकाउने तालिम व्यवस्था गर्नुपर्दछ । तर, राज्यको ध्यान यसप्रति जान सकिरहेको छैन ।
विश्व वंैकका अनुसार कृषि नै त्यो क्षेत्र हो, जहाँ गरिबी उन्मुलन र समृद्धिको बाटो भेटिन्छ । राज्यले ‘समृद्ध नेपाल सुखी नेपाली’को राजनितिक नारा लगाउँछ । समाजमा रहेको गरिबी उन्मुलन गर्नुपर्ने भाषण पनि गर्दछ । तर, राज्य कृषि क्षेत्रको विकासमा उदासिन छ । खाद्यान्नमा नेपालको बढ्दो परनिर्भरता बढ्दो छ । यसलाई विश्व बैंकले पनि गम्भीर चुनौतीका रूपमा लिएको पाइन्छ । हाम्रोजस्तो देशमा कृषिमा लगानी, उत्पादकŒवमा वृद्धि तथा ग्रामीण अर्थतन्त्र सदृढीकरणबिना गरिबी न्यूनीकरण र खाद्य सुरक्षा सम्भव हुँदैन । खाद्यान्नमा परनिर्भरता दिगो विकास लागि पनि ठुलो चुनौती हो ।
कृषि उत्पादनको एउटा अर्को महत्वपूर्ण शाखा हो– हल्टीकल्चर अथवा वागवानी । यसअन्तर्गत फलपूmल, तरकारी, मसला, औषधिजन्य तथा सजावटी बोटविरुवा पर्दछन् । आधुनिक बागवानी खेती कम जग्गामा बढी उत्पादन लिन सकिने र छिटो नगद प्रवाह हुने व्यवसाय हो । हाम्रोजस्तो भौगोलिक विविधता भएको देशमा ठाउँअनुसार स्याउ, सुन्तला, केरा, मेवा, अलैंची, अदुवा, अम्रिसोजस्ता खेतीबाट ग्रामीण अर्थतन्त्र सजिलै सदृढ बनाउन सकिन्छ ।
ग्रामीण अर्थतन्त्र सबलीकरणमा पशुपालन क्षेत्र अत्यन्त महŒवपूर्ण आधार हो । पशुपालन क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिक तथा उन्नत तरिकामा बदलेर आयआर्जनको माध्यम बनाउन सकिन्छ । यसोगर्दा उन्नत जातका गाई भैंसी, भेंडा, बाख्रा, पन्छीलगायत क्षेत्रलाई समेट्न सकिन्छ । उन्नत जातका पशुपन्छीमा उच्च उत्पादन क्षमता, रोग प्रतिरोधी शक्ति, वातावरण अनुकुलता तथा छिटो वृद्धि हुने गुण हुन्छन् ।
नेपालजस्तो जैविक विविधता भएको मुलुकमा हावा, पानी, माटोको आधारमा कृषि तथा पशुपन्छी प्रणाली अपनाउनुपर्दछ । तराई, पहाड, हिमाल, नदी तट, टार, भित्री मदेशलगायत ठाउँमा त्यहाँको हावापानी, माटो र उत्पादन सम्भावनाको अनुसन्धान गरी तत्अनुरूपको कृषि प्रणाली अवलम्बन गर्नुपर्दछ ।
अहिले बजार नश्ल सुधार गरिएका उन्नत जातका पशुपन्छी पाइन्छन् । उन्नत जर्सी, होस्टिन, फ्रजियन, ब्राउन स्विस जातका गाईले प्रशस्त दुध दिन्छन् भने भैंसीतर्फ मुर्रा, निली तथा रवि जातका उन्नत नश्लमा पर्दछन् । यसैगरी, बोयर र जमुनापारी वर्गका बाख्राबाट अत्यन्त फाइदा लिन सकिने कृषि विज्ञ बताउँछन् । मरिनो र डार्सेट जातका भेंडा तथा लेयर र बोइलर जातका कुखरा उन्नत नश्लका उदाहरण हुन् । उल्लेखित जातका उन्नत पशुपन्छीका आधुनिक फर्म स्थापना गर्न राज्यले राष्ट्रिय आयोजना तर्जमा गर्नुपर्दछ ।
राज्यले हरेक स्थानीय पालिकामा आधुनिक पशुपन्छी पालनसम्बन्धी तालिम केन्द्र स्थापना गर्नुपर्दछ । किसान परिवारले आप्mना गाउँठाउँको हावापानी र उत्पादनको सम्भावनाका आधारमा आधुनिक कृषि उत्पादन तथा पशुपन्छी पालनका तालिम दिएर दक्ष कृषक जनशक्ति उत्पादन गर्नुपर्दछ ।
साथै, युवालाई कृषि क्षेत्रमा आकषिर्त गर्नका लागि हरेक पालिकामा स्थानीय जातस“ग क्रसब्रिडिङ, कृत्रिम गर्वाधान व्यवस्था, पोषण व्यवस्थापन, नियमित पशु स्वास्थ्य चेकजाँचलगायत सुविधा उपलब्ध हुने प्रबन्ध मिलाउनुपर्दछ । यसो हुनसके किसानले आधुनिक फर्म सञ्चालन गरी प्रशस्त आयआर्जन गर्न सक्दछन् ।
मत्स्य पालन एउटा आयआर्जनको व्यवसाय हो । नेपालको बजारमा भारतबाट ठुलो परिणाममा माछा आयात हुने गरेको छ । नेपाल उन्नत जातका माछा पालनका लागि ठुलो सम्भावना क्षेत्र हो ।
माछा पालनअन्तर्गत छिटो बढ्ने, रोग प्रतिरोधी, कम लागतमा बढि उत्पादन दिने, बजारमा उच्च माग भएका माछाका प्रकार छनाट गरी माछा पालन व्यवसायलाई आयआर्जनको आधार बनाउन सकिन्छ । नेपालमा प्रचलित उन्नत जातका माछामा रोहु, नैन, भाकुर, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, तिलापिया तथा पगासलगायत माछा पर्दछन् ।
उल्लेखित जातका माछा वैज्ञानिक तरिकाले तयार गरिएको पोखरी, सन्तुलित दाना, पानीको गुणस्तर आदिलाई ध्यान दिएर पाल्दा कम समयमै राम्रो उत्पादन हुनसक्छ । उन्नत जातका माछा पालन व्यवसायले पोषण सुरक्षामा योगदान पु¥याउनुका साथै ग्रामीण रोजगारी, आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा महŒवपूर्ण भूमिका खेल्द छ ।
कृषि उत्पादनको एउटा अर्को महŒवपूर्ण शाखा हो– हल्टीकल्चर अथवा वागवानी । यसअन्तर्गत फलपूmल, तरकारी, मसला, औषधिजन्य तथा सजावटी बोटविरुवा पर्दछन् । आधुनिक बागवानी खेती कम जग्गामा बढी उत्पादन लिन सकिने र छिटो नगद प्रवाह हुने व्यवसाय हो । हाम्रोजस्तो भौगोलिक विविधता भएको देशमा ठाउँअनुसार स्याउ, सुन्तला, केरा, मेवा, अलैंची, अदुवा, अम्रिसोजस्ता खेतीबाट ग्रामीण अर्थतन्त्र सजिलै सदृढ बनाउन सकिन्छ ।
यसैगरी ‘फ्लोरी कल्चर’ अर्थात् पुष्पखेती पनि एउटा बलियो आयआर्जनको स्रोत बन्न सक्दछ । पुष्प धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा नभई नहुने बस्तु हो । समाजमा पूmल, मालाको माग बढिरहेको अवस्था छ । दसंै– तिहारजस्ता पर्वमा यसको अत्यधिक माग हुन्छ भने अन्य सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यमा पूmलको प्रयोग हुने गर्दछ ।
सहरीकरणस“गै सजावटी पूmलको माग पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । यस कोणबाट हेर्दा पुष्प खेती पनि ग्रमीण अर्थतन्त्रकोे महŒवपूर्ण स्रोत हो ।
कृषि, पशुपालन, माछा पालन, फलपूmल तथा पुष्प खेती एकअर्काका परिपुरक हुन् । यिनीहरूको आधुनिक उत्पादनले किसान परिवारको आयआर्जनमा ठुलो परिवर्तन ल्याउन सक्छ । किसान आर्थिक रूपमा सम्पन्न हुन सक्दछन् ।
ग्रामीण अर्थतन्त्र सबल हुन सक्दछ । यी सबै क्षेत्रलाई वैज्ञानिक प्रविधि, उन्नत जात, सिंचाई, प्रशोधन र बजारस“ग जोड्नसके ग्रामीण अर्थतन्त्रको जग हाल्न सकिन्छ । यसका लागि राज्यले नीतिगत प्रतिबद्धता, प्राविधिक जनशक्ति उत्पादन, सहुलियत वित्त, कृषक केन्द्रीत योजना, लगानी, बिमा, बजार व्यवस्थापनलगायत क्षेत्रमा व्यवहारमुखी कार्ययोजना र परिणाममुखी कार्यान्वयन गर्नु आवश्यकमात्र होइन, अनिवार्य सर्त हो । कृषिमा आधारित ग्रामीण अर्थतन्त्र विकास गर्न राज्यले यसै गर्न जरुरी पनि छ ।
(लेखकको यो निजी विचार हो ।)
(Visited 7 times, 1 visits today)
