जनताले चिन्नुपर्दछ ‘बहुरूपी कम्युनिस्ट’ : RajdhaniDaily.com



साम्यवादी सिद्धान्त अवलम्बन गर्ने हरेक व्यक्तिका मुखमा झुण्डिने शब्द ‘शोषक, सामन्त, शोषित, पीडित, साम्यवाद, साम्यवादी, समाजवाद, समाजवादी’ नै हुन् । ‘कम्युनिज्म’ वा ‘साम्यवादी सिद्धान्त’का विज्ञ यी शब्दका व्याख्या र बेलिविस्तार पनि गर्दछन्, यसका आशय बताउँछन् । नजान्ने नबुझ्नेलाई प्रस्टसँग बुझाउँछन् । तर, त्यही साम्यवादी दर्शन सत्तामा पुगेर व्यवहारमा उतार्ने सक्कली साम्यवादी नेता भने नेपालमा देखिएका छैनन् । साम्यवादी सिद्धान्तमा अडिग विरलै नेता भने सत्तामा पुग्नै पाएका छैनन् । उनीहरूलाई नक्कली वा बहुरूपी कम्युनिस्टले नै दबाएरै राखेका छन् । बहुरूपी कम्युनिस्टले नै नाम लिने, सिद्धान्तमा अडिग अहिलेका सक्कली कम्युनिस्ट नेतामध्ये नन्दकुमार प्रसाई, मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे र चित्रबहादुर केसी अग्रस्थानमा पर्दछन् ।

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले संयुक्त रूपमा सन् १८४८ वा विसं १९०४ मा प्रतिपादित तथा भीआई लेनिनले सर्वप्रथम सन् १९१७ वा विसं १९७३ मा सफल प्रयोगमा ल्याएको राजनीतिक दर्शन साम्यवाद हो । साम्यवादको प्रमुख विशेषता नै सम्पत्तिमा व्यक्ति विशेषको अधिकार नभई समुदाय वा राज्यको अधिकार रहने आर्थिक तथा राजनीतिक दर्शन हो । जसले समाजमा शोषक र शोषितको भेदभाव हटाई, उत्पादन वितरण र उपभोगमा समता वा समानता हुनुपर्दछ भन्ने मान्यता राख्छ । त्यही आर्थिक एवं राजनीतिक दर्शनको अवलम्बनकर्तालाई ‘कम्युनिस्ट वा साम्यवादी’ भनिन्छ । ‘कम्युनिज्म’को प्रमुख उद्देश्य नै विभेदरहित समाज निर्माण हो ।

राज्य सञ्चालककै कारण समाजमा उत्पन्न हुँदै आएको असमानता र विभेदित व्यवहार अन्त्य गर्ने उपयुक्त दर्शन शास्त्रका रूपमा माक्र्स र लेखिननद्वारा प्रतिपादित यही सिद्धान्तकै पृष्ठभूमि बनेको ऐतिहासिक आधारतर्फ पनि हामीले स्मरण गर्नुपर्ने हुन्छ । किनकि साम्यवादी अवधारणाको प्रारम्भिक जग नै सर्वप्रथम इपू २५०० वा आजभन्दा करिब ४ हजार ५ सय वर्षअघि मध्यदेशमा स्थापित राज्य व्यवस्थासँगै जोडिएको थियो । तर त्यतिखेर उही आशयमा स्थापित गरिए पनि त्यसको नामकरण भएको थिएन । करिब ४५ सय वर्षअघि तत्कालीन भारत वर्षको गंगानदी किनारको मध्यदेशका जनता साम्यवादी सोचमै आधारित रही प्रथम मनुलाई देशको राजा छनोट गरेका थिए । यस’bout हालसम्म प्राप्त सबैभन्दा पुरानो त्यही दृष्टान्त यस्ता छ :

‘पौराणिक अनुश्रुतिअनुसार पहला आर्यराजा वैवस्वत मनु था । उस से पहले इस देश मै अराजक राजा थी । जिसप्रकार बढी मछली छोटी मछलीको खा जाति है, वै सेही बलवान लोग निर्बलोंको नस्ट करनेमे लगे रहते थे । मत्स्यन्यायकी इस दशा से परेसान हो कर लोगों ने मनुको अपना राजा चुना, और उसके आदेसों का पालन करना स्वीकार किया ।’

(‘प्राचीन भारतीय इतिहासका वैदिक युग’, पेनं १४८ ले. सत्यकेतु विध्यांलकार मध्य देशको यो दृष्टान्तभन्दा करिब हजार वर्षपछिकै वा वैदिक युगकै सामवेदमा उल्लेखित साम्यवादी सोचको यो अर्को दृष्टान्त पनि हेरौं ः

‘हे अग्नि ! संसारसित द्वैष गर्ने व्यक्ति र शत्रुबाट हाम्रो रक्षा गर तथा विषम परिस्थितिमा हामीलाई धैर्यवान् बनाऊ ।’

‘सामवेद संहिताको, आग्नेय पर्वको, पहिलो खण्डको श्लोक ६’ उल्लेखित दृष्टान्तले राज्य र राज्य प्रशासक वा राजाको उत्पति नै साम्यवादी सोचमा आधारित भएको प्रमाणित गर्दछ । प्राचीनकालकै मध्य देशकै राजधानी पछि अयोध्या तोकिएपछि, देशकै नाम अयोध्या रहँदै आएको थियो । मध्य देशका जनताको उल्लेखित मत्स्यन्यायको दृष्टिकोण र करिब चौवालीस सय वर्ष पछि माक्र्स र एंगेल्सद्वारा प्रतिपादित साम्यवादी परिमार्जित दर्शनको आशय एउटै देखिन्छ । वैदिक युगकै अन्य धेरै धार्मिक ग्रन्थहरूमा पनि साम्यवादी अवधारणा सम्बन्ध दृष्टान्त नभएका होइनन् । तथापि ती दृष्टिकोण दर्शनशास्त्रकै रूपमा भने विकसित भइसकेका थिएनन् । जनसंख्या वृद्धि सँगसँगै राज्य पनि विस्तार हुँदै आयो । जनताको पारस्परिक व्यवहार पनि समयानकुल परिवर्तन हुँदै आयो । साम्यवादी सोचमै स्थापित राज्यका जनताबिच पारस्परिक प्रतिस्पर्धा हुन थाल्यो । प्रतिस्पर्धाले नै पुँजीवादको पनि जन्म दियो, यो पृष्ठभूमिमा कलह, अशान्ति र थिचोमिचो बढ्दै आयो । राज्य सञ्चालक राजा महाराजाहरू पनि राज्य विस्तार गर्नेक्रममा एकअर्को राज्यउपर आक्रमण प्रत्याक्रमण गर्न लागे । समाजको अवस्था अस्थिर हुँदै आयो । त्यस्तै अस्थिर सामाजिक वतावरणलाई गहन अध्ययन विश्लेषण गरेरै कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा ‘साम्यवादी दर्शन’ प्रतिपादन गरेका थिए । यो दर्शन अपनाउने मुलुकलाई यसले व्यवस्थित गराएपछि यसको लोकप्रियता पनि बढ्दै आयो । राज्य सञ्चालकको दृष्टिकोण स्वच्छ र पारदर्शी एवं जनसेवीमात्रै भैदिए अझै पनि यो दर्शन लोकप्रिय हुन सक्छ ।

वास्तवमा राज्य सञ्चालनको सवालमा साम्यवादी दर्शन भन्नसाथ राज्यकै सम्पूर्ण अंग नै यसैभित्र समेटिन पुग्छन् । यो राज्य सञ्चालनको मेरुदण्ड नै हो । किनकि राज्यको समता वा समानताको क्षेत्र त अत्यन्त व्यापक हुन्छ । जस्तो प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, न्यायिक क्षेत्र, हक अधिकार क्षेत्र, जनजीविका क्षेत्र, काम कर्तव्य क्षेत्र, अवसरको क्षेत्र, रोजगारी क्षेत्र, सुरक्षा क्षेत्र तथा शिक्षा, संस्कृति एवं धार्मिक क्षेत्र आदि । यी त प्रतिनिधिपात्र मात्र हुन् ।

वास्तवमा राज्य सञ्चालनको सवालमा साम्यवादी दर्शन भन्नसाथ राज्यकै सम्पूर्ण अंग नै यसैभित्र समेटिन पुग्छन् । यो राज्य सञ्चालनको मेरुदण्ड नै हो । किनकि राज्यको समता वा समानताको क्षेत्र त अत्यन्त व्यापक हुन्छ । जस्तो प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, न्यायिक क्षेत्र, हक अधिकार क्षेत्र, जनजीविका क्षेत्र, काम कर्तव्य क्षेत्र, अवसरको क्षेत्र, रोजगारी क्षेत्र, सुरक्षा क्षेत्र तथा शिक्षा, संस्कृति एवं धार्मिक क्षेत्र आदि । यी त प्रतिनिधिपात्र मात्र हुन् । मानिसले जन्मेदेखि मृत्युसम्मको समय गर्ने विविध क्रियाकलाप सबैले समान रूपमै, काम कर्तव्य र अधिकार प्रयोग पनि समान रूपमा गर्न पाउने, व्यक्तिको इज्जत प्रतिष्ठादेखि जीवनयापनका निम्ति आवश्यक सम्पूर्ण कामकार्यमा समानता हुनुपर्दछ भन्ने मान्यता साम्यवादी दर्शनको हो । यसले मानिसबीच कुनै प्रकारको भेदभाव गर्नु हुँदैन भन्ने महŒव दिन्छ । यो दर्शन आफैंमा नराम्रो छैन सञ्चालकको वदनियतले नै यसलाई नराम्रो बनाएको हो ।

हुन त, साम्यवादी दर्शनका नकारात्मक पक्ष पनि नभएका होइनन् । यसले व्यक्तिलाई पुँजीवादमा जस्तो स्वैच्छिक रूपकै जागरुक गराउँदैन । सबै व्यक्ति लाभको समान हिस्सेदार बन्ने अवस्थाले एकअर्काको मुख हेर्ने प्रवृत्ति विकसित हुन्छ । राज्य सञ्चालक वा कार्यकारी प्रमुख जागरुक र सक्रिय रहेसम्म यो उपलबिधमूलक बन्छ । तर कार्यकारी प्रमुखकै नियत ठीक नभए, इमानदार नभए तथा जनसेवी नभए यो सिद्धान्तका आफैंमा थलिन पुग्छ । साम्यवादी सिद्धान्तका यी नकारात्मक पक्ष हुन् । साम्यवादी सिद्धान्तका अरु पनि धेरै नकारात्मक पक्ष छन् । त्यस’bout अहिले विभिन्न मुलुकमा बहस र पैरवी पनि हुँदै आएका छन् । नेपालको सन्दर्भ हेर्ने हो भने यहाँ साम्यवादी सिद्धान्त अपनाउने धेरै छन् । राष्ट्रिय राजनीतिकै निर्णायक शक्ति मानिएका राजनीतिक दल छन् । माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई नै भर¥याङ बनाएर सत्ता सञ्चालित गरिसकेका व्यक्ति धेरै छन् । तर, तिनै साम्यवादी भनिएका नेता व्यवहारका सक्कली साम्यवादी देखिएनन् । यो उनीहरूउपर लगाइएको अनर्गल आक्षेप होइन । उनीहरूबाटै सञ्चालित हुँदै आएको कम्युनिस्ट पार्टीभित्रबाटै तथा आमनेपाली नागरिकले व्यक्त गरेको प्रतिक्रिया हो ।

स्मरण रहोस्, राजाकै शासनकालमा कम्युनिस्ट नेता मनमोहन अधिकारी २०५१ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए । तथापि, राजाकै शासनकाल भएका कारण उनले आफ्नो दृष्टिकोण प्रशाकका रूपमा व्यवहारमा प्रयोगमा ल्याउन सकेनन् भन्ने पनि आमनागरिकले नै अनुभूति गरेका छन् ।

राजाको शासनकालपछि नै वा लोकतान्त्रिक गणतन्त्र स्थापित भएयताकै कुरा गर्ने हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा, माधवकुमार नेपाल २०६६ मा, झलनाथ खनाल २०६७ मा, बाबुराम भट्टराई २०६८ मा तथा केपी शर्मा ओली २०७२ मा क्रमशः पाँच कम्युनिस्ट नेताले नै मुलुकको कार्यकारी प्रमुख भई देश सञ्चालन गरेको विदितै छ । त्यसमध्येका प्रचण्ड र ओली त पटकपटक दोहो¥याएरै प्रधानमन्त्री बने । कार्यकारी प्रमुख भई राज्य सञ्चालित गर्दा उनीहरूले ‘समतावादी साम्यवादी सिद्धान्त’ नै व्यवहारमा उतारे ? वा त्यही लोकप्रिय ठानिएको सिद्धान्तका प्रवर्तक कार्लमाक्र्स, एंगेल्स, लेनिन र माओत्सेतुङको नाम बेचेर स्वैच्छाचारी शासन चलाए ? भन्ने त आमनागरिकले नै अनुभूति गरेकै छन् । यदि उनीहरूमा नैतिकता भए विगतको त्यो क्षण सम्झँदा लज्जित होलान् तर नैतिकता नै उतिखेरै गुमाइसकेको भए पौरखिलो कार्य गरे भनेर अझै गर्व नै गर्लान् । त्यो उनीहरूको स्वइच्छाकै कुरा हो । तथापि उल्लेखित कम्युनिस्ट नेता ‘समतावादी सिद्धान्त’मा आधारित सक्कली कम्युनिस्ट थिएनन्, नक्कली बहुरूपी कम्युनिस्टमात्रै थिए भन्ने उनीहरूद्वारा सञ्चालित राज्य व्यवस्था आफैंले पदर्शित गर्दछ ।

कार्यकारी प्रमुख बनेका समतावादी कम्युनिस्ट नेताले सत्तासिन राजनीतिलाई समता दिलाएरै स्वार्थको साझेदार बनाए, निजी एवं दलीय स्वार्थलाई पनि बढावा दिए, पारस्परिक लाभ पनि कमाए तर जनतालाई समताबाटै वञ्चित गराए । यसैगरी उनीहरूले राज्य प्रशासनकै पदाधिकारी पनि भागबण्डामै नियुक्ति गरे, प्रशासनलाई आ–आफ्नो पक्षमा खण्डिकृत गराए, राष्ट्रसेवक उच्च पदस्थ पदाधिकारीलाई दलीय स्वार्थमा परिचालित पनि गराए तर जनताको निम्ति प्रशासनिक समता दिलाउन सकेनन् । समतावादी नेताले मुलुकको आर्थिक अवस्था ठेक्कापट्टामा चलाए, देश र देशवासीलाई लुटेरै आफ्नो आर्थिक हैसियत चुल्याए, मुलुकलाई भ्रष्टाचारकै दलदलमा डुबाए, दल र आफन्तलाई नै सम्पन्नशाली बनाए, मुलुकलाई ‘ग्रे लिस्ट’कै दलदलमा फसाए तर जनताको समानतालाई तिरस्कारै गरे ।

यसैगरी, समतावादी नेताले समाजमा समता स्थापित गराउन त परैजाओस् समाजलाई नै खसान, जडान, खुम्बुवान, लिम्बुवान, ताम्सालिङ, भोजपुरी, मैथिली, थरुहट, मुस्लिम अनेकौं समूहमा विभाजित गराए, वर्गीय विभेद पराकाष्टामा पु¥याए । विपन्न सम्भ्रान्तको खाडल बढाउँदै गए । त्यसैलाई समानताको पौरख ठाने । यस अतिरिक्त मुलुकको जनजीविकाको क्षेत्र, हक अधिकारको क्षेत्र, कानुनको क्षेत्र, अवसर र रोजगारीलगायत विविध क्षेत्रको अवस्था त झन् तहसनहसै बनाए । समष्टिगत रूपमा मुलुकलाई नै परावलम्बी र भिखारी बनाए । त्यस्ता नेता समतावादी नै हुन् ? वा बहुरूपी समतावादी ? आममतदाताले पहिचान गर्नुपर्दछ । समतावाद मुलुकमा राजनीतिक ‘चेक ब्यालेन्स’का लागि आवश्यक छ तर बहुरूपी व्यक्ति आवश्यक छैन । यसर्थ, आममतदाताले ‘डेटएस्कपायर’ बहुरूपी नक्कली समतावादीलाई छानीछानी पाखा लगाई सक्कली समतावादी दोस्रो, तेस्रो पुस्ताको युवा नेतृत्वमात्रै आगामी २१ फागुनको आमनिर्वाचनमा छनोट गर्ने हो भने नेपालमा सक्कली कम्युनिस्ट उदय हुने छ । त्यो अवस्थामा राष्ट्रहित हुने छ । यसतर्फ आमदाताले ध्यान दिनु जरुरी छ ।
(लेखकको यो निजी विचार हो ।)

The post जनताले चिन्नुपर्दछ ‘बहुरूपी कम्युनिस्ट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment